Thursday, May 14, 2026
Home Blog Page 747

राष्ट्रपतीय बहसमा खराब प्रदर्शनपछि चन्दादातालाई फकाउँदै अमेरिकी राष्ट्रपति बाइडेन

0

काठमाडौं । नोभेम्बरमा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदको बहसमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार र राष्ट्रपति जो बाइडेनको प्रदर्शन राम्रो रहेन ।

बहसमा कमजोर प्रदर्शन गरेपछि उनको उम्मेदवारीको चिन्ता बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो पार्टीका चन्दादाताहरूलाई आफू अझै पनि डोनाल्ड ट्रम्पसँग चुनाव जित्न सक्ने आश्वासन दिएका छन्।

८१ वर्षीय राष्ट्रपतिले शनिबार न्यूयोर्क र न्यु जर्सीमा चुनावी कार्यक्रममा भाग लिए र सीएनएनको राष्ट्रपतीय बहसमा आफ्नो प्रदर्शनको बचाउ गरे।

एक कार्यक्रममा बाइडेनले भने, “बिहीबारको रात मेरो लागि राम्रो थिएन, तर ट्रम्पको प्रदर्शन पनि राम्रो थिएन।” उनले भने, ‘म यो चुनाव जित्छु भन्ने वाचा गर्छु ।’

राष्ट्रपतिको बहसमा बाइडेनको प्रदर्शन खराब थियो। उनले दिएका जवाफ प्रभावकारी भएनन् । यसपछि केही डेमोक्र्याटहरूमा उनी यो चुनाव लड्ने उपयुक्त उम्मेदवार हुन् कि होइनन् भन्ने डर पैदा भयो ।

राष्ट्रपतिले यी चिन्ताहरू बुझेको बताउँछन्, तर चुनाब लड्ने निर्णय गरेका छन् ।

उत्तर प्रदेशको सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु

0

काठमाडौं। भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ। भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन्।

हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ। घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको छ।

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिएका छन्।


पोखरीमा डुबेर दुई बालकको मृत्यु

0

सिरहा : सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका छ वर्षीय छोरा राहुल मण्डल र उहाँका भाञ्जा करिब आठ वर्षीय आशिष मण्डल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले हिजो दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिनुभयो ।

भरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान

0

चितवन: राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ ।

आज यहाँ एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु एक लाखसहित सम्मान गरिएको हो । लामिछानेलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरेका थिए।

त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन्। भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको बताइन् ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु

0

झापा : मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो”, घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।” जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ ।

सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट ग¥यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !” डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताउनुभयो ।

सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उहाँले जानकारी दिनुभयो । यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्धन नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन । गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् ।

वर्र्षौदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि रु डेढलाख ऋण काड्नुपर्ने अवस्थाले उहाँलाई थप समस्यामा पारेको छ । यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको मृत्यु र एक घाइते भए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो । वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफा बसिरहेका बेला विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उहाँको मृत्यु भयो ।

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

0

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै देउवाले गिरिजाबाबुको योगदानको चर्चा गर्दै यस्तो बताएका हुन्।

सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनर्स्थापना हुनुका साथै गणतन्त्र प्राप्त भएको उल्लेख गरे।
“गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,” उनले भने। विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको पनि उनले स्मरण गराए।

गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उनले बताउँदै प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा गिरिजाबाबु भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गरेका थिए।

भ्रष्टाचार समाजको नियति बनेकामा सांसदहरू चिन्तित

0

काठमाडौँ: प्रतिनिधिसभा सदस्यहरूले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालय मानव संसाधन विकास महाशाखाद्वारा आज यहाँ आयोजित ‘नेपालमा भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्था: समस्या र सुझाव’ कार्यक्रका वक्ताले कानुन कार्यान्वयनको अवस्था, व्यावहारिकता र वर्तमानमा भइरहेका अभ्यासले कोही गम्भीर प्रकृतिका अनियमिततामा पनि उम्किने र कोही सामान्य त्रुटिका कारण जीवनभर अप्ठेरोमा परेका दृष्टान्त सुनाउनुभयो ।

केही वक्ताले विद्यालय पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइएपछि भ्रष्टाचार अझ मौलाएको बताउनुभयो । । सांसद रञ्जुकुमारी झाले कानुन निर्माणको जिम्मेवारीमा रहेका सांसद सदनमा अनुपस्थित हुनु पनि भ्रष्टाचारकै एउटा रुप भएको तर्क गर्नुभयो । अर्का सांसद नारायणी शर्माले पहुँच र प्रभावका आधारमा मुद्दाको छिनोफानो हुने आम बुझाइ रहेको बताउनुभयो ।

सांसद रणेन्द्र बराइलीले भ्रष्टाचारमा संलग्नमाथि भएका कारबाही र उन्मुक्तिको अवस्था विश्लेषण गर्दा यो वर्गीय, सत्तापक्ष र प्रतिपक्षमा विभाजित देखिएकाले राज्य सञ्चालकलाई प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । अर्का सांसद उर्मिला माझीले भ्रष्टाचार समाजको शत्रु भएकोले त्यसलाई घटाउन कठिन छ भन्नुभयोे । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले भ्रष्टाचार व्यक्तिको आचरणसँग सम्बन्धित भएकाले कानुनभन्दामाथि कोही छैन भन्ने संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सांसद दीपा शर्माले देशमा भ्रष्टाचार मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो ।

सांसद किरण साहले राजनीतिक हस्तक्षेप र कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा भ्रष्टाचार बढेको बताउनुभयो । त्यस अवसरमा नेपाल ल क्याम्पसका सहप्राध्यापक बलरामप्रसाद राउतले दण्ड वा जरिवाना बढाउँदैमा भ्रष्टाचार घट्ने वा बढ्ने नभई भ्रष्टाचार नगर्ने मानसिकताको विकास गर्नेतर्फ समाज जागरुक हुनुपर्नेमा जोड दिनुभयो । सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले भ्रष्टाचार नियन्त्रणका लागि कानुनलाई समयानुकूल तुल्याउन जनप्रतिनिधिले कानुन निर्माणका बखत ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

0
फाइल फोटो

काठमाडौँ । नेपालको ‘कानुन देवले जानून्’ भनेजस्तै छ राजनीति पनि। नेपाली राजनीतिमा सबै सम्भव हुने रहेछ तर पनि कहाँ, कहिले, कसरी, के हुन्छ कसैले अनुमानै गर्न नसकिने खालको छ नेपालको राजनीति।

अहिले रानजीति वृत्तमा वर्तमान सरकार ढालेर कांग्रेस, एमालेको सत्ता समीकरणको चर्चा चलिरहँदा प्रधानमंत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने राजीनामा नदिने घोषणा गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

 

कांग्रेसद्वारा निर्देशक समिति गठन

0

काठमाडौँ: नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ । पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ र नेपाल थारू सङ्घको हकमा लागू हुने उहाँले जानकारी गराउनुभयो ।