Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 744

आफन्तले आमाछोरीलाई जिउँदै भित्तामा गारो लगाइदिए बन्द गरिदिए, प्रहरीले भित्ता फुटाएर गर्यो उद्धार

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं । पाकिस्तानको हैदरावादमा आमा छोरीलाई आफ्नै आफन्तले भित्तामा गाडेर बाहिरबाट गारो लगाइदिएका छन् ।

पाकिस्तानी समाचार च्यानल एआरवाईका अनुसार स्थानीय मानिसहरूले बालिकाको चिच्याहट सुनेपछि तुरुन्तै प्रहरीलाई बोलाए। जनताको सहयोगमा प्रहरीले पर्खाल भत्काएर आमा छोरीको उद्धार गरेको थियो । दुवैको अवस्था गम्भीर छ ।

स्थानीय बासिन्दाका अनुसार महिलालाई जबरजस्ती भित्तामा हाल्ने व्यक्ति उनकै देवर सोहेल हुन् । सोहेलले आफ्ना छोराहरूसँग मिलेर महिलालाई कोठामा थुनेर वरिपरि भित्ता बनाएका थिए ।

सोहेलले आफूलाई सम्पत्तिका लागि धेरै वर्षदेखि दुर्व्यवहार गर्दै आएको महिलाले आरोप लगाएकी छन् । सोहेलकी श्रीमतीले पनि आफूमाथि कुटपिट गरेको महिलाले आरोप लगाएकी छन् । प्रहरीले घटनास्थलबाट घरको सम्पत्तिको कागजात बरामद गरेको छ ।

महिलाका श्रीमानको २० वर्षअघि मृत्यु भएको थियो । उनका श्रीमान् अब्दुल हकको २० वर्षअघि मृत्यु भएको पीडित तस्लीमले प्रहरीलाई बताइन् । उनी छोरीसँग घरको बीचमा बस्दै आएकी थिइन् । सोहेल पूरै घर कब्जा गर्न चाहन्थे।

पहिले सोहेलले तस्लीमलाई घरका अन्य महत्त्वपूर्ण कुराहरूबाट वञ्चित गरे। त्यसपछि शुक्रबार (जुन २८) दिउँसो उनकी श्रीमती साइमा र साला वसिमले तस्लीम र छोरीलाई धकेल्दै कोठामा थुनेर लगेका थिए ।

यसपछि उनीहरुले वरिपरी भित्ताको गारो लगाए । प्रहरीले आरोपीलाई छिट्टै पक्राउ गर्ने विश्वास दिलाएको छ । तर, उनीमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

यसभन्दा १० दिनअघि कुरानको अपमान गरेको आरोपमा आक्रोशित भीडले एक व्यक्तिलाई जिउँदै जलाएको थियो । पाकिस्तानी अखबार डनका अनुसार घटना खैबर पख्तुनख्वाको स्वात जिल्लाको मदायन क्षेत्रमा भएको हो। स्थानीय प्रहरीका अनुसार झडपमा ८ जना घाइते भएका छन् ।

शिक्षक कस्तो हुनुपर्छ ? शिक्षकको सरूवा भएपछि १३३ विद्यार्थीले स्कुल छोडी शिक्षक गएकै स्कुलमा भर्ना भए

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं । भारतको तेलंगना राज्यको पोनाक्कलको प्राथमिक विद्यालयका शिक्षकलाई तेलंगानाको मनचेरियलमा सरुवा गरिएको थियो तर उनका विद्यार्थीहरूले यो सहन सकेनन्। त्यसैले १३३ विद्यार्थीहरूले त्यो विद्यालय छोडे र तिनीहरू सबैले अक्कापेल्ली गुडाको त्यही विद्यालयमा भर्ना भए जहाँ उनीहरूको शिक्षकको सरुवा गरिएको थियो।

यी बालबालिकाको मनपर्ने शिक्षक जजला श्रीनिवास हुन्। उनी २०१२ देखि पोनाक्कल प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए । श्रीनिवासको सरुवा जुलाइ १ मा भएको थियो । जुन ३० मा अक्कापेल्ली विद्यालयमा २१ जना मात्र विद्यार्थी थिए । अहिले उनीहरुको संख्या बढेर १५४ पुगेको छ । तर, यहाँ श्रीनिवास मात्र एक्ला शिक्षक हुन्।

श्रीनिवास जन्नाराम मण्डलको यस विद्यालयमा जुलाई २०१२ मा आएका थिए। त्यतिबेला स्कुलमा ५ कक्षा, २ शिक्षक र ३२ विद्यार्थी मात्र थिए । श्रीनिवासको खेलकुद मार्फत पढाउने शैलीका कारण गाउँका मानिसहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पठाउने निर्णय गरे। १३३ बालबालिकाले विद्यालय छोड्नुअघि यहाँ २५० बालबालिका थिए ।

अहिले जिपल्ली, गोदगुडा, कमनपल्ली, किष्टपुर, इन्दनपल्ली, गान्धीनगर, जुविगुडा र जन्नाराम गाउँका विद्यार्थीहरू अटोमा नयाँ विद्यालय जान्छन्। यो विद्यालय उनीहरूको अघिल्लो विद्यालयबाट ३ किलोमिटर टाढा छ ।

 

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं। लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

बिहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ।

सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ। जुन २०१९ को भन्दा २११ सिटले बढी हो। त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ। जुन २०१९ को भन्दा २५० ले कम हो।

यसअघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन्।

भुटानी शरणार्थी प्रकरण: नेता मिलाउने जिम्मा लिएका थिए बेचन झाले: समातिएपछि ढल्यो सरकार

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा पक्राउ परेसंगै सरकार ढल्ने निश्चित प्राय: भएको छ।
पक्राउ परेका थापा पुर्पक्षका लागि जेल चलान भैसकेका छन् भने झा अझै अनुसन्धानकै क्रममा छन्।

झालाई राजनीतिको माथिल्लो ‘नेक्सस’ का रुपमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै झालाई पक्राउ गरी नेपाल ल्याएको थियो।
उनीविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुले झाले कुनै पनि कुरा खुलाउन नमानेपछि थप अनुसन्धान गर्नुपर्ने बताइरहेका छन्। उनले लिएको रकम र अरु प्रमाण जुटाउनुपर्ने आवश्यकता रहेको बताइरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका भएपनि झा पक्राउ पर्न सकेका थिएनन् । ‘जब पक्राउ परे तब बोल्दै बोल्दैनन्,आफूलाई यसबारे कुनै पनि जानकारी नभएको मात्र बताउँछन’, अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे नै पक्राउ परेका थिए । जिल्ला अदालतले पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। गएको मंसिरमा उच्च अदालत पाटनले भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका, उनकै स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई थुनामुक्त गर्ने आदेश गरेको थियो।

टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्यआरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी र रामबहादुर थापाका छोरा प्रतीक थापा पुर्पक्षमै रहेका छन्।

अनुसन्धानका खटिएका प्रहरीका अनुसार बेचन झाको सम्पर्क राजनीतिक दलका माथिल्लो तहका नेताहरुसँग सम्पर्क देखिएको थियो । त्यसबाहेक शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँगसमेत उनको निकट सम्बन्ध देखिएको थियो।

प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो। बयानमा केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको बताएका थिए।

झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो। उनी त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो। पक्राउ परेका झाले कोही कसैसँगको सम्बन्ध पनि नखुलाएपछि अहिले झाले बोकेका दुई वटा मोवाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ बताउँदै आएका छन्।

रामशरण केसीले दिएको बयानलाई आधार मान्ने हो भने मन्त्रिपरिषदबाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्। त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको थियो।

तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन्। चेक लिएसँगै उनी शरणार्थी प्रकरणबाट बाहिरिएका थिए। रामशरण केसी रङसम्बन्धी काम गर्दागर्दै ‘अमेरिका सपना’ देखेर ठगीधन्दामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। २०७४ मा चिनजान भएका जनक कार्की र गोकुल थापामार्फत शरणार्थी नेता टेकनाथ रिजालसम्म रामशरण पुगेका हुन्।

रामशरणले सानु भण्डारीलाई बैंक मार्फत १ करोड ३४ लाख, केशव दुलाल मार्फत पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख र टेकनाथ रिजाललाई ११ लाख बुझाएको बयान दिएका छन्। गोकुल थापालाई ६० लाख दिएको बयानमा खुलाएको बुधवार अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार रामशरण दोस्रो लेयरका आरोपी हुन् ।

बेचन झा बारे रामशरण केसीको बयान

मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ। उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैकमा रहेको खाताबाट बेचन झाको नाममा रु २,००,००,०००।–(दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौँ स्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०ः०० बजे तिर भेटी दिएको हुँ।

उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थी लाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो।

बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यको लागी मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन्। उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी बनाएर पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ।

 

सरकार परिवर्तनको कदम दक्षिणपन्थी अवसरवाद: नेकपा एस

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद भएको ठहर गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट समसामयीक प्रस्ताव पारित गर्दै नेकपा एकीकृत समाजवादीले सत्तास्वार्थका लागि जोसँग जतिखेरपनि जस्तोसुकै सम्झौता गरि अस्थिरता कायम गर्नु दक्षिणपन्थी अवसरवाद रहेको जनाएको हो।

महाधिवेशनले वर्गसंघर्षलाई सहि दिशा दिनुका साथै समाजवादी क्रान्तिका लागि वामपन्थीबीच सहकार्य र एकताका लागि वामपन्थी शक्तिलाई आह्वान गरेको छ।

त्यस्तै महाधिवेशनले व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचारबिरोधी आन्दोलनमा जुट्न पार्टीपङ्तीलाई निर्देशन दिएको छ भने भ्रष्टाचारीलाई कारवाही गर्न माग गरिएको नेता गंगालाल तुलाधरले जानकारी दिए।

त्यस्तै प्राकृतिक प्रकोपको जोखिमको पूर्वतयारीलाई बलियो बनाउन र जोखिमबाट नागरिकलाई मुक्त गर्ने गरि काम गर्न सरकारलाई आग्रह गरेको उनले बताए।

महाधिवेशनले ९३ सदस्स्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन्।

उनले बाँकी केन्द्रीय सदस्यहरुको नाम कलष्टर योगदानका आधारमा छिटै सार्वजनिक गरिने बताए।

पूर्ण पाठ

Mahadhibesan-bata-पारित-प्रस्तावहरु

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौं। अशोक राई नेतृत्व जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन्।

जसपाका प्रतिनिधिसभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य, नवल किशोर शाह वनमन्त्री र हसिना खान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका छन्।

विराटनगर महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

By
Himalayan Tribune
-
July 5, 2024
0

विराटनगर: विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ ।

कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ ।

महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभित्र वडाका कृषक समूह, कृषि सहकारी र कृषि फार्मलाई रु १९ लाख १० हजार छ सय मूल्य बराबरका कृषिऔजार वितरण गरेको हो । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरले औजार वितरण गरेको जनाउनुभयो ।

कृषि पेसालाई सम्मान नगरेसम्म युवावर्ग कृषिमा सहभागी नहुने भन्दै प्रमुख कोइरालाले कृषकले सम्मान पाएमा यो पेसाबाट राज्यले लाभ लिन सक्ने कुरामा जोड दिनुभयो ।

महानगरले विराटनगर–१८ स्थित महिला बीउ उत्पादन कृषक समूहलाई मकैको थ्रेसर, १६ नं वडाको दरैया कृषि सहकारीलाई गहुँ थ्रेसर, विराटनगर–४ को इक्राही बहुउद्देश्यीय कृषि फर्मलाई धान थ्रेसर वितरण गरिएको कृषि शाखाका प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै, न्यू लक्ष्मी कृषक समूह विराटनगर–१८ लाई धान काट्ने मेसिन (रिपर), रामजानकी कृषक समूह विराटनगर–१४ र आदर्श कृषक समूह विराटनगर–१८ लाई रोटाभेटर वितरण गरिएको छ । विराटनगर–१८ कै न्यू जागृति कृषक समूहलाई कल्टी, शिव कृषक समूह विराटनगर–६ लाई मिनिटिलरसहित विभिन्न समूहलाई २० वटा स्प्रे मेसिन वितरण गरिएको तिम्सिनाले जानकारी दिनुभयो । महानगरले यसअघि ५० प्रतिशत अनुदानमा विभिन्न बीउबिजनका साथै ढुवानी अनुदानको मलसमेत व्यवस्थापन गरेको छ ।

 

संविधान संशोधनमा सबै दलको सहयोग जरुरीः महामन्त्री थापा

By
Himalayan Tribune
-
July 5, 2024
0

इनरुवा (सुनसरी): नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताएका छन्।

थापाले नेपाली कांग्रेस ८४ सम्म प्रतिपक्षमै बस्ने, सरकार ढाल्ने खेलमा नलाग्ने बताएको २४ घण्टा पनि बित्न नपाउँदै नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति गरेका हुन्।

बिहीबार नेपाली कांग्रेस इटहरीको दोस्रो नगर सम्मेलनमा उहाँले नयाँ सरकार गठनपछि संविधान संशोधन हुने र यसका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायतका दलको सहयोग आवश्यक हुने बताए।

उनले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्री पनि फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरे। उनले सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल सुरु हुने बताए ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य राजिव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीलगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

 

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

By
Himalayan Tribune
-
July 5, 2024
0

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोसँगै विभिन्न स्थानमा छिटफुटदेखि भारी वर्षासमेत हुन थालेको छ।

मौसम विभागका अनुसार आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा

By
Himalayan Tribune
-
July 5, 2024
0
कास्की: कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । “एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ”, स्वास्थ्य कार्यलयका प्रमुख नेपालीले भन्नुभयो ।
कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको पाएको उहाँले बताउनुभयो । स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा घरपरिवार सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालबालिकालाई खोप लगाइएको थियो । यसैगरी १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ ।
कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हँुदै आएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणापछि छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो । यसअघि जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई गत वैशाख र जेठमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिसकिएको थियो ।
1...743744745...1,303Page 744 of 1,303

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune