Wednesday, June 10, 2026
Home Blog Page 714

गुजरातमा भारी वर्षापछि वडोदरा, जामनगर र पोरबन्दरका धेरै क्षेत्र जलमग्न, २६ जनाको मृत्यु

0

काठनाडौं । गुजरातमा लगातारको भारी वर्षाका कारण धेरै जिल्लामा बाढीको अवस्था छ । भारी वर्षाका कारण प्रभावित वडोदरा, मोरबी र पोरबंदर जिल्लामा जनजीवन ठप्प भएको छ ।

यद्यपि, मध्य गुजरातमा वर्षा रोकिएको छ र पछिल्लो तीन दिनदेखि पानीमा डुबेको वडोदरा सहरमा बाढीको पानी कम हुन थालेको छ।

तर सौराष्ट्र र कच्छमा भारी वर्षाका कारण अवस्था गम्भीर छ।

बिहीबार द्वारका, जामनगर, जुनागढ, पोरबन्दर, अमरेली र सुरेन्द्रनगर जिल्लामा भारी वर्षा भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार गुजरातमा यी तीन दिनमा २६ जनाको ज्यान गएको छ ।

कच्छमा भारी वर्षाका कारण मांडवी तालुकमा जताततै पानी जमेको छ । यहाँ ठूलो रेलिङमा फसेका मजदुरको उद्धार गरिएको छ ।

बिहीबार पनि राज्यका धेरै ठाउँमा उद्धार कार्य सञ्चालन गरी मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याइयो।

गुजरात सूचना विभागका अनुसार पछिल्लो २४ घण्टामा गुजरातमा १ हजार ७ सय ८५ नागरिकको उद्धार गरिएको छ भने १३ हजार १८३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यसैबीच मुख्यमन्त्री भूपेन्द्र पटेलले जामनगरको बाढी प्रभावित क्षेत्रको भ्रमण गरे भने अर्कोतर्फ गृह राज्यमन्त्री हर्ष संघवीले वडोदराको बाढी प्रभावित क्षेत्रको भ्रमण गरे।

प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग फोनमा कुरा गरी बाढीको अवस्थाबारे जानकारी लिएका छन् ।

टेलिग्रामका मालिक पावेल दुरोभलाई फ्रान्सबाट बाहिरिन प्रतिबन्ध

0

काठमाडौं: मेसेजिङ एप टेलिग्रामका मालिक र संस्थापक पावेल दुरोभलाई फ्रान्स छोड्न प्रतिबन्ध लगाइएको छ।

पेरिसका अभियोजकहरूले म्यासेजिङ एपमा संगठित अपराधको अनुसन्धानको भागको रूपमा पावेल दुरोभलाई फ्रान्समा औपचारिक अनुसन्धान अन्तर्गत राखिएको बताएका छन्।

३९ वर्षीय दुरोभलाई हिरासतमा राखिएको छैन। उनलाई न्यायिक निगरानीमा राखिएको छ । उनले पाँच मिलियन युरो जम्मा गर्नुपर्नेछ।

रुसी मुलका अर्बपति दुरोभ पनि फ्रान्सेली नागरिक हुन् । उनी हप्तामा दुई पटक फ्रान्सेली प्रहरी चौकीमा हाजिर हुनुपर्नेछ । उनलाई फ्रान्सबाट बाहिर जान अनुमति छैन।

गत शनिबार, पावेल दुरोभलाई पहिलो पटक पेरिसको उत्तरमा रहेको ले बोर्जेट विमानस्थलमा एपसँग सम्बन्धित अपराधको वारेन्ट अन्तर्गत पक्राउ गरिएको थियो।

बुधवार, पेरिस अभियोजकले एक विज्ञप्तिमा भनेअनुसार दुरोभलाई कथित अपराधको लागि औपचारिक अनुसन्धान अन्तर्गत राखिएको थियो।

दुरोभ विरुद्धको आरोपमा संगठित गिरोहको तर्फबाट लेनदेनको लागि अनलाइन प्लेटफर्म चलाउनमा संलग्नता, अधिकारीहरूसँग वार्ता गर्न अस्वीकार र बालबालिकाका अश्लील छविहरूको संगठित वितरणमा संलग्नता समावेश छ।

शाहरुख खानको नाम पहिलो पटक ‘हुरुन इण्डिया रिच लिस्ट’मा समावेश

0

काठमाडौं । हिन्दी फिल्मका सुपरस्टार शाहरुख खान पहिलो पटक हुरुन इन्डिया रिच लिस्टमा परेका छन् ।

उनी हुरुन इन्डिया रिच लिस्ट २०२४ मा ५८ औं स्थानमा छन्। उनको कुल सम्पत्ति ७ हजार ३ सय करोड रुपैयाँ छ ।

यो सूचीमा बलिउडबाट जुही चावला, ऋतिक रोशन, करण जोहर र अमिताभ बच्चनको नाम पनि परेको छ ।

यो सूची अनुसार यी चलचित्रकर्मीहरुको सम्पत्ति विवरण यस्तो छ ।

शाहरुख खान र परिवार – ७३०० करोड

कम्पनी- रेड चिलीज, कोलकाता नाइट राइडर्स

जुही चावला र परिवार – ४,६०० करोड

नाइट राइडर्स स्पोर्टस

ऋतिक रोशन – २००० करोड

कम्पनी – एचआरएक्स

अमिताभ बच्चन र परिवार – १६०० करोड

रणनीतिक लगानी

करण जोहर – १४०० करोड

अडानी इन्टरप्राइजका मालिक गौतम अडानी र उनको परिवार हुरुन इन्डिया रिच लिस्ट २०२४ मा पहिलो स्थानमा छन्। यो वर्ष उनको सम्पत्ति ९५ प्रतिशतले बढेर उनको कुल सम्पत्ति ११,६१,८०० करोड रुपैयाँ पुगेको छ।

रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी २०२४ को हुरुन इन्डिया रिच लिस्टमा दोस्रो स्थानमा छन्, जसको सम्पत्ति १०,१४,७०० करोड रुपैयाँ छ।

एचसीएल टेक्नोलोजीका शिव नाडर र उनको परिवार यस वर्ष तेस्रो स्थानमा छन्। उनको सम्पत्ति ३ लाख १४ हजार करोड रुपैयाँ छ ।

भ्याक्सिन निर्माता सीरम इन्स्टिच्युट अफ इन्डियाका साइरस एस पूनावाला र उनको परिवार सूचीमा चौथो स्थानमा छन्।

पाँचौं स्थानमा सन फार्मास्युटिकल इन्डस्ट्रिजका मालिक दिलीप सांघवीको नाम छ ।

प्रहरीकाे ३० वर्षे सेवा अवधिविरुद्धको अन्तरिम आदेश खारेज

0

काठमाडौं: सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ।

शुक्रबार न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले उक्त आदेश खारेज गरेको हो।

यसअघि न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेशको खारेजीको माग गर्दै गृह मन्त्रालयले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो। सोही निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश खारेज गरेको हो। योसँगै यही भदौं १६ गते २१ जना प्रहरी अधिकृत अवकाशमा जाने भएका छन्।

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेको रिटमा यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो।

आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

0

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । चौतीस वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो ।”

सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा हुनुहुन्छ । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्नुहुने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिनुहुनेछ भने बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

महको बजारीकरणका लागि कृषिमन्त्रीसंग किसानको आग्रह

0

भरतपुर (चितवन): किसानले स्थानीय स्तरमा उत्पादन भएको महको बजारीकरण गरिदिन कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई समक्ष आग्रह गरेका छन्।
किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन् ।”

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेकोे हुनाले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष नगरप्रमुख रेग्मीले अनुरोध गर्नुभयो ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, नगरप्रमुख रेग्मीले भन्नुभयो, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो । चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले महको बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गर्नुभयो ।

पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने

0

लिस्बन (पोर्चुगल): युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो । वडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ ।

नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो । प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उहाँले बताउनुभयो ।

रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

0

कास्की: जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ ।

साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले रु २४ करोड ३५ लाख लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले सम्झौताअनुसार सडक निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार नालाबाहेक साढे पाँच मिटर फराकिलो सडक निर्माण भएको छ । “सम्झौताको मितिले ३० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भए पनि सुरुमा बजेट अभावमा काममा ढिलाइ भएको थियो । अहिले सम्झौताअनुसारको सबै काम सम्पन्न भएर निर्माण कम्पनीलाई अन्तिम बिल भुक्तानीसमेत गरिसकेका छौँ ।”

सम्झौताअनुसार अन्तिम बिल भुक्तानीको १३ महिनाभित्रमा सडकका कुनै संरचनामा क्षति पुगेमा निर्माण कम्पनीले नै बनाउनुपर्ने उल्लेख छ । विसं २०५९ मा सो सडकको ट्रयाक खोलिएको हो । रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारीले आफ्नै लगानीमा सडक निर्माण सुरु गरेको थियो ।

सडक निर्माणसँगै स्थानीयवासीलाई सहज भएको छ । बेगनासतालबाट सुन्दरीडाँडा, तालबेँसी हुँदै लमजुङको भोर्लेटार जाने हालको सडक साँघुरो र जीर्ण भएको अवस्थामा रुपातालको किनार हुँदै बनेको यो सडक वैकिल्पक सडकका रुपमा प्रयोगमा आइसकेको स्थानीयवासी विश्वराज पौडेलले बताउनुभयो ।

रुपा गाउँपालिकाका थुम्की, तालबेँसी, हंशपुर तथा सौरवासलगायत क्षेत्रका स्थानीयवासीलाई समेत सडक निर्माणले सहज भएको छ । “सडक निर्माणले हामीलाई धेरै सजिलो बनाएको छ । यसबाट तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि भएको छ”, पौडेलले भन्नुभयो । रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविकको लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भाग तालले छोएको छ ।

अमेरिकी डलर र युरोको भाउ घट्यो

0

काठमाडौँ: बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको घटेको छ ।

नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो ।

हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ । बिहीबार एक युरोको खरिददर एक सय ४९ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ७८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २५ पैसा कामय भएको छ ।

आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि घटेको छ । एकको खरिददर एक सय ७६ रुपैयाँ ६६ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७७ रुपैयाँ ४५ पैसा कायम भएको छ । बिहीबार यस मुद्राको एकको खरिददर एक सय ७७ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९२ पैसा रहेको थियो ।

त्यस्तै, आज स्वीस फ्याङ्क एकको खरिददर एक रुपैयाँ ५८ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ३९ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ४० पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ सात पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९२ पैसा र बिक्रीदर २० रुपैयाँ एक पैसा रहेको छ ।

आज हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ र बिक्रीदर चार सय ४० रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।

टुंडिखेलमा नाराबाजी किन भयो भनेर खोज्ने कि दमनमा उत्रिने? – भीम रावल

0

काठमाडौ: नेकपा एमालेका नेता भीम रावलले टुँडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत नेता रावलले जनताले विरोध र आलोचना किन गरेछ भनी आफूलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी हुने बताएका छन् ।

उनले भनेका छन्-

टुंडिखेलमा नाराबाजी गरेको भनी नेताले मञ्चबाटै गाली गर्नु र पछि गिरफ्तार गराउनु संविधानले दिएको मौलिक अधिकारको उल्लंघन हो। जनताले विरोध र आलोचना किन गरेछ भनी आफुलाई बुझ्ने जनमुखी ठहरिन्छ भने दमनमा उत्रिने निरंकुश स्वेच्छाचारी। जनआक्रोशको कारण र समाधान खोज्नु जिम्मेवारको कर्तब्य हो।