Thursday, July 30, 2026
Home Blog Page 1383

इटलीमा भेटियाे दुई हजार वर्ष पुरानो रथ

0

पुरातत्त्वविद्ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ सार्वजनिक गरेका छन् । एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको हो जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए । त्यो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ ।

अपवादको रूपमा र राम्ररी संरक्षित अवस्थामा रथ फेला पारिएको उनीहरूको भनाइ छ । पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो । उक्त नगरलाई पुरातात्त्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ । ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन् ।

फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्थामा फेला पारिएको एउटा वक्तव्यमार्फत् जनाइएको छ।

पुरातत्त्विद्हरूका अनुसार उत्खननका क्रममा ज्यानवरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो । अधिकारीहरूले इटलीमा अहिलेसम्म गरिएका खोजभन्दा यो फरक रहेको बताएका छन्।

‘यो एउटा खोज असाधारण खोज हो जसले प्राचीन जगत् बारेको हाम्रो ज्ञान थप गरेको छ,’ खोज गरिएको स्थानका निर्देशक मासिमो ओसानाले प्रेस विज्ञप्तिमा भनेका छन्।

रथमा प्रयोग भएका सजावटका कतिपय सामान वैवाहिक समारोह लगायतका सामुदायिक समारोहहरूमा प्रयोग गरिने रहेको उनले उल्लेख गरेका छन्।

इटलीका संस्कृतिमन्त्री डारिओ फ्रान्चेस्किनले भनेका छन् कि पोम्पेईले आश्चर्यचकित बनाउने क्रम जारी राखेको र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकोले धेरै वर्ष त्यसो गरिरहनेछ।

नेपल्सको दक्षिण–पूर्वमा करिब २३ किलोकिलोमिटर फैलिएको उक्त प्राचीन शहर संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सम्पदा क्षेत्रमा सूचीकृत छ। उक्त स्थान इटलीका अति लोकप्रिय पर्यटकीय क्षेत्रमा पर्छ। तर कोरोनाभाइरस महामारीका कारण अहिले बन्द छ।

रानीको ‘मर्दानी–३’

0

बलिउड अभिनेत्री रानी मुखर्जीले ‘मर्दानी–२’मा एकबहादुर र निडर प्रहरी अधिकारी शिवानी शिवाजीको भूमिका निर्वाह गरेर सबैको ध्यान खिचेकी थिइन्।

अहिले यही फिल्मको अर्को भाग बन्ने खबरले बलिउड गर्माएको छ। रानीको जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले ‘मर्दानी–३’ घोषणा गर्न लागेको खबर सार्वजनिक भएको हो। २१ मार्चमा रानी आफ्नो ४२औं जन्मदिन मनाउँदै छिन्। फिल्मको निर्देशन गोपी पुत्रनले गर्नेछन्।

‘मर्दानी’ फ्रेन्चाइजीको फिल्मले रानीको करिअरमा नयाँ आयाम दिएको छ। २०१४ मा रिलिज भएको फिल्म ‘मर्दानी’ बालक तस्करी र ड्रग्सको वरिपरि घुमेको छ। फिल्मको निर्देशन प्रदीप सरकारले गरेका थिए। फिल्ममा जिसु सेनगुप्ता, ताहिर राज भसिन र सानन्द बर्माले अभिनय गरेका थिए। ‘मर्दानी–२’ २०१९ मा रिलिज भएको थियो। यसको निर्देशन गोपीले गरेका थिए। ‘मर्दानी’ सिरिजका फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेका थिए। रानी अहिले ‘बन्टी और बब्ली–२’का कारण चर्चामा छिन्।

साभार्: अन्नापूर्ण

नेपालको व्यापारमा घाटा साढे ८ खर्बभन्दा माथि

0

८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ ।

आयात उच्च र निर्यात कमजोर को प्रभाव व्यापार घाटामा देखिएको हो ।

भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयातको ग्राफ कोरोना भन्दा अगाडिकै स्थितिमा पुगेको छ ।

तर, निर्यात औसतः हुँदा चाप व्यापार घाटामा देखिएको हो । विभागका अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १।६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।आयात उच्च र निर्यात कमजोर को प्रभाव व्यापार घाटामा देखिएको हो ।

भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयातको ग्राफ कोरोना भन्दा अगाडिकै स्थितिमा पुगेको छ ।

तर, निर्यात औसतः हुँदा चाप व्यापार घाटामा देखिएको हो । विभागका अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १।६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ । घाटा साढे ८ खर्ब भन्दा माथि

काठमाडौं । ८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ ।

आयात उच्च र निर्यात कमजोर को प्रभाव व्यापार घाटामा देखिएको हो ।

भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कोरोना भाइरस महामारीमा केही सुस्ताएको आयातको ग्राफ कोरोना भन्दा अगाडिकै स्थितिमा पुगेको छ ।

तर, निर्यात औसतः हुँदा चाप व्यापार घाटामा देखिएको हो । विभागका अनुसार व्यापार घाटा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १।६३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ महिनामा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

नेता खनालको स्वास्थ्य अवस्था सञ्चारमाध्यममा आएजस्तो जटिल छैन

0

नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्यममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उहाँले बताउनुभयो । भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति जनाउनुभएको छ ।

“कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ”, विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत्, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते

0

लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको ट्रक शनिबार यस सडकखण्डबाट ५० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनका अनुसार ट्रक टुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मनाङस्थित नासो गाउँपालिका–४ का ३५ वर्षीया मनिषा गुरुङ, सोही वडाका ३६ वर्षीय जलकाशी गुरुङ र सात वर्षीया लिउन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मनाङस्थित चामे गाउँपालिका–४ का २८ वर्षीया धनमान विक र लमजुङ मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका २१ वर्षीय लक्ष्मण नेपालीको लमजुङ बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

त्यस्तै उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएका तीनमध्ये नासो–१ का तीन वर्षीय थियोन गुरुङको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

गम्भीर घाइते दुईजना सोही ट्रक चालक तनहुँ भानु नगरपालिका–३ का २४ वर्षीय सुमन तामाङ र नासो–३ धारापानीका सात वर्षीय मेल गुरुङको उपचार भइरहेको प्रहरी निरीक्षक पुनले बताए । उनीहरु पाँच जनालाई नै उपचारका लागि शनिबार राति ८ः३० बजेतिर जिल्ला अस्पताल लमजुङमा ल्याइएको प्रहरी निरीक्षक पुनले बताए ।

उपचारका क्रममा दुई जनाको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको र तीन जनाको उपचार हुन नसकेपछि उक्त अस्पतालमा सिफारिस गरिएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

जिल्ला अस्पताल लमजुङमा मृत्यु भएका दुई जनाको शव अस्पतालमा राखिएको छ । घाइते चालक तामाङको टाउकामा चोट लागेको छ भने सात वर्षीय गुरुङको नदेखिने गरी भित्री चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा आठ जना सवार थिए ।

साभार्: रातोपाटी

कलंकी थापा गाउँमा एक युवकको हत्या

0

कलंकी थापा गाउँमा एक युवकको हत्या गरिएको छ ।

महानगरीय प्रहरी बृत्त कालीमाटीका डिएसपी अपिलराज बोहोराका अनुसार गएराति ढुङ्गा प्रहार गरी युवाको हत्या गरिएको हो ।

हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिएसपी बोहोराकाअनुसार सिन्धुली सुनकोशी घर बताउने २१ वर्षीय दिनेश थापालाई पक्राउ गरि थप अनुसन्धानका लागि कालिमाटी वृत्त पठाएको छ ।

ढुङ्गा प्रहारबाट सख्त घाइते भएका युवकको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले जानकारी दिनुभयो ।

दीपक दीपाले ल्याए होली गीत ‘धनियाँ के होली’

0

काठमाडौँं । फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढ्न थालेका छन् । यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन्

गीतमा दीपालाई र सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीलगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

साभार्: रातोपाटी

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु

0

लण्डन । कोरोना भाइरस –कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सापकोटाका अनुसार  यो साता  जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन ।  विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ । यसैबीच,  कोरोना भाइरसका कारण नेपालमा ३ हजार १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार ८ सय ३९ जना भने  २ लाख ७१ हजार ८ सय १५ जना  कोरोनाबाट मुक्त भएकाछन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ५ प्रतिशत छ ।

विश्वभर हजारौँ नेपालीले खोप लिइसकेका छन् । अझै पनि मुलुकमा ठूलो संख्यामा नेपालीहरु खोपका लागि पर्खिरहेका छन् । महामारीको जोखिम कम नभएको र खोपको पर्याप्तता पनि सहज नभएको अवस्थामा स्वास्थ्य सावधानीको विकल्प नभएको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले बताए ।

साभार्: रातोपाटी

सुनको भाउ ५ सय रुपैयाँले बढ्यो

0

सुनको भाउ आज आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ ।

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

0

चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।