Monday, June 15, 2026
Home Blog Page 1332

महोत्तरीमा घर जल्दा लाखौँको क्षति

0

महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो।

पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु चार लाखको क्षति भएको हो । रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

राराको सतह घटेको आशंका

0

रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन कहिले

0

न्यायालयभित्र हुने भ्रष्टाचार रोक्न भन्दै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ५ चैत २०७४ मा न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे । त्यतिबेला उनको घोषणाको वाहवाही भयो ।

यद्यपि, घोषित प्रक्रिया अघि बढाउन नपाइ तामाङ मन्त्री पदबाटै बिदा हुन विवश भए । उनको घोषणा अलपत्र पर्यो । पछि आएका अरु कानुनमन्त्रीले तामाङको जस्तो योजना ल्याउन नसक्दा न्यायाधीशको सम्पत्ति सार्वजनिकसम्बन्धी कानुन बन्न सकेको छैन । अरु मन्त्रीहरुले यस विषयमा खासै चासो नदिएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने र कानुन निर्माण हुनुपर्ने भन्दै नेपाल बारले पटकपटक ध्यानाकर्षण गर्दै आइरहेको छ । न्यायपरिषद् ऐनले न्यायाधीशको सम्पत्तिको अभिलेख बुझाउनुपर्ने उल्लेख गरेको छ तर सर्वाजनिक गर्ने विषयमा कुनै कुरा उल्लेख गरेको छैन । हालको कानुनअनुसार न्यायाधीश विवादमा तानिए मात्रै सम्पत्ति सार्वजनिकको कुरा उठ्न सक्छ । तर सिधै न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नुपर्छ भन्ने व्यवस्था कतै उल्लेख भएको छैन ।

आजको राजधानी दैनिकमा समाचार छ ।

हत्या आरोपी पक्राउ

0

खोटाङमा कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।

राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

चीनतर्फ आरोहण बन्द हुँदा नेपालबाट सगरमाथामा आरोही बढ्ने

0

छेटु शेर्पा
काठमाडौं, चैत गते  कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको
चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही नेपालतर्फ बृद्धि हुने भएको

तिव्वततर्फ आरोहण सञ्चालन गर्ने सेभेन समिट क्लव ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार तिव्वततर्फ आरोहण बन्द भएपछि १३ जना सगरमाथा १३ जना ल्होत्से गरी २६ जना आरोही नेपालतर्फ आएको बताउनुभयो अर्का कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाका अनुसार चीनतर्फको बाटो हुँदै आरोहण गर्ने २० जना आरोही नेपाल तर्फबाटै आरोहण गर्ने तयारीमा जुटेको बताउनुभयो
चीनको तिव्वततर्फ नेपालतर्फबाट मात्र सगरमाथा आरोहण हुने गर्छ करिकोप्लर कम्पनी, सेभेन समिट क्लव, फुर्तेम्वाज एडभेन्चर, आइसल्याण्ड ट्रेक लगायतले सबैभन्दा धेरै आरोही तिव्वततर्फबाट आरोहण गराउने गरेको यस वर्ष भने नेपालतर्फबाट आरोहण गर्ने भएको जनाएको हो

कोरोना भाइरसको महामारीले पर्वतारोहण पर्यटनमा असर पुर्याए पनि यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या तीन सय जनाभन्दा बढी हुने सेभेन समिट कम्पनीका प्रमुख शेर्पाले बताउनुभयो
कामदार, गाइड आरोही गरी करिव दुई हजार जनाभन्दा बढी आधारशिविर पुग्ने उहाँले बताउनुभयो क्याम्प दुई भन्दा माथिको बाटो बनाउने जिम्मा समेत लिएको यस कम्पनीबाट बहराइनका राजकुमार सहित ८० जना आरोहीले सगरमाथा आरोहण गर्ने तयारी रहेको जनाएको पायोनियर एडभेन्चर ट्रेकबाट १७ जना आरोही आरोहण गर्ने जनाएको

सगरमाथा, ल्होत्से, नुप्से पुमोरी हिमाल आरोहणका लागि आधारशिविर एउटै प्रयोग हुने भएकाले आधारशिविरमा मानव चाप बढ्ने भएको ६९ जना माउन्टेन गाइड ४३ जना शैनिकले बैसाख जेठ महिनामा यि हिमालहरुबाट फोहोर संकलन गर्ने तयारी भएको सगरमाथा आरोहणका लागि नेपालतर्फ सहज सुरक्षित हुने भन्दै आरोहीहरु आउने गरेको पायोनियर ट्रेकका निर्देशक लाक्पा शेर्पाले बताए ताजा खानेकुरा खान पाउने, तत्काल रेस्क्यू हुने, शेर्पाहरुको सामूहिक सहकार्य हुने, सुरक्षित आरोहण बाटो, भरपर्दो डोरी प्रयोग ट्राफिक जाम रोक्न दोहोरो बाटो निर्माण हुने भएकाले आरोहीको रोजाइ नेपालतर्फ हुने गरेको उहाँले बताउनुभयो

लकडाउनकै समय ४५ जना आरोहीले नौ वटा हिमाल आरोहण गरेको पर्यटन विभागको तथ्याङक विभागका अनुसार वसन्त ऋतुमा आरोहणका लागि नुप्सेको लागि चार जना मनास्लुका लागि एक जना आरोहीले आरोहण अनुमति लिएका जनाएको

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

0

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ ।त्यहाँ पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ । त्यसैगरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको थियो । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।

ब्राजिल विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।

ललितपुरमा आगलागी, वृद्धाको मृत्यु

0

ललितपुरमा आज बिहान आगलागी हुँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गर्मी बढेसँगै अब आगलागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु

0

 पूर्वी अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा ९ व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पनि पूर्वी प्रान्त नान्र्गाहरमा सेनाकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।

होटलमा आगलागी पाँच लाख क्षति

0

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनुभयो ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतसँगको सीमा दुई दिनभित्र खुल्ने

0

दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ ।

बिहीबार बस्ने सीसीएमसी केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’

कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ ।

मन्त्री पोखरेलसँगको भेटमा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्यवसायी निकै समस्यामा परेको दुखेसो पोखेका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।