Wednesday, June 10, 2026
Home Blog Page 1330

जुलोजिकल सोसाइटीको प्रदेश समिति गठन

0

विराटनगरमा सम्पन्न प्राणीशास्त्र समाज नेपालको भेलाले शालीग्राम अधिकारीको अध्यक्षतामा प्रदेश–१ समिति गठन भएको छ । समितिका उपाध्यक्ष विकास खनाल, महासचिव अमित ढकाल, सचिव रामचन्द्र अधिकारी र कोषाध्यक्षमा मुन थापा चयन हुनुभएको छ । यस्तै, सदस्यमा भानुकुमार भट्टराई, डा प्रकाशकुमार यादव, सोमप्रसाद निरौला, नारायण रेग्मी, विष्णु दाहाल र कञ्चन झा छन् ।

भेलामा प्रदेशभरिका करिब ७० जना प्राणीशास्त्रीले मानवजीवनमा महत्वपूर्ण योगदान दिइरहेको, जीवजन्तुको संरक्षण गर्न राज्य पक्षले कडारुपमा उभिनुपर्ने, जीवहरुको संरक्षण, सम्वद्र्धन हुनुपर्ने र पृथ्वी मानव मात्रको नभएर जीवहरुको पनि भएकाले यसको महत्वलाई कसैले पनि नकार्न नहुने सचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

0

एजेन्सी । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सै
न्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ ।

उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।

उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनु भएको छ ।

उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ ।

उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र अमेरिकाले अरु आक्रामक रणनीति बनाए आफूहरु उत्तर–दक्षिण सैन्य सम्झौतालाई नै खारेज गर्ने स्थितिमा पुग्ने चेतावनी दिनुभयो ।

उपनिर्देशक किमले अमेरिकी प्रशासनले उत्तर कोरियाको भावना विपरीत सैन्य सुदृढीकरणलाई मात्र जोड दिए उत्तर कोरिया पनि आफ्नो पक्ष बलियो बनाउनेतर्फ कायहरु गर्ने स्पष्ट गर्नुभयो । उहाँले उत्तर र दक्षिण कोरियाली जनताको शान्तिको चाहनालाई बेवास्ता नगर्न पनि अमेरिकी प्रशासनलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीको निमन्त्रणा प्रचण्डद्वारा अस्वीकार

0

काठमाडौं । विवाद र उल्झनमा अघि बढिरहेको मुलुकको राजनीति संवाद र छलफललाई पनि अस्वीकार गरेको छैन । लामो समय संवादहिनताको अवस्थालाई सोमबार प्रधानमन्त्री ओलीले माधवकुमार नेपालसँग सँगै बसेर छलफल गरे । साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि प्रधानमन्त्री ओलीले फोन गरे ।

सोमबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । करिब अढाइ महिनापछि ओली र प्रचण्डबीच फोन वार्ता भएको हो । यसअघि गत १५ पुसमा प्रधानमन्त्री ओलीले प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्डलाई टेलिफोन गरेका थिए । त्यसयता छलफलमा बस्ने त परको कुरा दुई शीर्ष नेताबीच फोन संवाद पनि भए । बरु एकअर्काविरुद्ध आक्रमक अभिव्यक्ति दिइरहे ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नै ओली र प्रचण्डको बाटो छुट्याइदिइसकेको छ । अर्थात अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएर ओली र प्रचण्डलाई फरक फरक दलको नेतृत्व दिएको छ । यसपछि प्रचण्ड समूहबाट नेता नेपाल, झलनाथ खनालसहितका एमालेका नेताहरु आफ्नै पार्टीमा फर्किए ।

संसद् पुनर्स्थापनसँगै नयाँ सरकार गठनले राजनीतिक बजार तताएको छ । दलीय समीकरण बनाउन नेताहरु क्रियाशील छन् । प्रधानमन्त्री ओली आफ्नै पार्टीभित्र दबाबमा परेका छन् ।

यही बेला सोमबार प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई बालुवाटार बोलाएका थिए । अढाइ महिनापछि भएको फोन संवादका क्रममा प्रधानमन्त्री ओलीले केही विषयमा कुरा गर्नु छ भन्दै प्रचण्डलाई बालुवाटार बोलाए । तर, प्रचण्डले बालुवाटार जान इन्कार गरिदिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

उनकाअनुसार अहिले पार्टीको बैठक चलेको र छलफलका लागि पनि महत्वपूर्ण विषय नरहेकाले बालुवाटार अहिले नआउने प्रचण्डले ओलीलाई जवाफ दिएका हुन् । प्रचण्ड अन्तिमपटक प्रतिनिधि सभा विघटन भएको दिन गत पुस ५ गते बालुवाटार गएका थिए ।

 

 

ओली र नेपाल बिच भेटबार्ता के होला सहमति ?

0

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य र सांसदहरुका लागि आयोजना गरेको चियापान कार्यक्रम सुरु भएको छ।

मंगलबार बिहान ११ ३० बजेबाट सुरु भएको चियापान कार्यक्रममा ओली समूहका सबै केन्द्रीय सदस्य र सांसदहरु उपस्थित रहेको एक नेताले बताए।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको उक्त चियापान कार्यक्रममा नेपाल समूहका ३ सांसद र नेकपा विभाजनका बेला कुनै पनि समूहमा नखुलेका नेता लालबाबु पण्डित पनि उपस्थित रहेको ती नेताले बताए।

त्यस्तै यसअघि नेपाल समूहमा खुलेका सांसदहरु समिना हुनेस, विष्णु शर्मा र राधादेवी ज्ञवाली पनि सहभागी रहेको ती नेताले बताए।

‘यसअघि कुनै पनि समूहमा नखुल्नु भएका नेता लालबाबु पण्डितका साथै नेपाल समूहका तीन सांसदहरु पनि उपस्थित हुनुहुन्छ’, ती नेताले भने।

चियापान कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम पक्षधर पनि अनुपस्थित रहेको छ।

द्यष्मज ीबद
यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजै सानेपामा पत्रकार सम्मेलन र गौतम पक्षले बल्खुमा पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय समितिको बैठक बोलाएका छन्।

 

माओवादी नेताहरु जिल्लामा जाने, बैठक केही दिनका लागि स्थगित

0

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी (समिति) बैठकमा २० जना नेताहरुले बोलेसँगै केही दिनका लागि स्थगित भएको

सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको आइतबारदेखि जारी केन्द्रीय समितिको बैठकलाई केही दिन स्थगित गरेर नेताहरु पूर्वजिम्मेवारी अनुसार जिल्ला जिल्लामा जाने बताइएको

आइतबार प्रदेश इन्चार्ज अध्यक्षहरूले धारणा राखेका थिए सोमबारको बैठकमा जनार्दन शर्मा, वर्षमान पुन, दलजित श्रीपाइली, हितबहादुर तामाङ, रामचन्द्र झालगायतले धारणा राखेका छन्

पुनः बैठक सञ्चालनअघि नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ। साथै, पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताउनुभएको

ट्रक र बोलेरो ठोक्किँदा मृत्यु

0

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काँकडभिट्टाबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख १४२० नम्बरको तरकारी बोकेको ट्रक र विपरीत दिशाबाट गइरहेको बा१८च १३७१ नम्बरको बोलेरो राप्ती नगरपालिका–३ मार्तलपुल नजिक एकापसमा ठक्कर खाएको हो । ठक्करबाट तरकारी बोकेको ट्रक सडकबाट १० मिटर तल खस्दा चालक फुयालको घटनास्थालमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहचालक तनहुँको बन्दीपुर गाउँपालिका–५ का २७ वर्षीय विवेक थापा घाइते भएको प्रहरीले जनाएको छ । घाइते थापाको पुरानो मेडिकल कलजेमा उपचार भइरहेको छ । ट्रक, बोलेरो र चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् । घटना आज बिहान ३ः१५ बजे भएको हो ।

भन्सार छलीका लुगाकपडा बरामद

0

धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले रु एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ । भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी अन्दाजी रु एक लाख १८ हजार ९०० बराबरका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ ।
इएको बताइएको छ ।

अस्पतालमा भेन्टिलेटर प्रयोगविहीन

0

जिल्ला अस्पतालमा झण्डै एक वर्षअघि स्थापना गरिएका भेन्टिलेटर चिकित्सकको अभावमा प्रयोगविहीन हुँदै आएका छन् ।

सिकिस्त अवस्थाका बिरामीलाई राखेर उपचार गर्नका लागि स्थापना गरिएका भेन्टिलेटर मेशिन सञ्चालन गर्ने चिकित्सक एनेस्थेसियोलोजिष्ट व्यवस्थापन नहुँदा अहिलेसम्म उक्त उपकरण जिल्ला अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोडको सहयोगमा अस्पतालमा जडान गरिएका दुईवटा भेन्टिलेटर मेशिन एक वर्षअघि नै स्थापना गरिएको तर चिकित्सक व्यवस्थापन नहुँदा अहिलेसम्म प्रयोगविहीन अवस्थामा छन् । प्रयोगमा नरहेपछि मेशिन सञ्चालन नहुँदा बिग्रने अवस्था आएको अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताउनुभयो ।

भेन्टिलेटर मेशिन सञ्चालन गर्नका लागि छुट्टै एनेस्थेसियोलोजिष्ट चिकित्सक व्यवस्थापन गरिदिन आफूहरुले पटक–पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुरोध गरेको तर अहिलेसम्म उचित सुनुवाइ नभएको अस्पताल व्यवस्थापन समितिका सदस्य महेश रोकाले बताउनुभयो ।

Brazil reports more than 11 million COVID-19 cases

0

६५५ स्थानीय तहमा फोरजी सेवा

0

नेपाल टेलिकमले चौथो पुस्ताको द्रुत गतिको इन्टरनेट ‘फोरजी’ सेवा देशका ६५५ स्थानीय तहमा पुगिसकेको जनाएको छ । राज्य र व्यक्तिको सुरक्षासँग पनि कनेक्टिभिटी जोडिएकाले यसको सहज र सही प्रयोगका लागि जनमानसमा सचेतना फैलाउन जरुरी भएको प्रबन्ध निर्देशक अधिकारीले उहाँले उल्लेख गर्नुभयो ।

क्यान महासङ्का अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कलाई सूचना प्रविधिको ‘गेमचेन्जर’ मानेर सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।