Saturday, May 2, 2026
Home Blog Page 1283

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

0

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ ।त्यहाँ पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ । त्यसैगरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको थियो । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।

ब्राजिल विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो ।

ललितपुरमा आगलागी, वृद्धाको मृत्यु

0

ललितपुरमा आज बिहान आगलागी हुँदा एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गर्मी बढेसँगै अब आगलागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ ।

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना, ९ जनाको मृत्यु

0

 पूर्वी अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा ९ व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परी चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरणहरू बाहिर आएपछि जारी गर्ने पनि विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पनि पूर्वी प्रान्त नान्र्गाहरमा सेनाकै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।

होटलमा आगलागी पाँच लाख क्षति

0

कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो ।

आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनुभयो ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतसँगको सीमा दुई दिनभित्र खुल्ने

0

दक्षिणका सीमा नाकाबाट दुई दिनभित्रै पूर्ववत् रुपमा यात्रुबाहक सवारी साधन आउजाउ गर्न पाउने भएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीरगञ्जबाट आएको व्यवसायी र पत्रकार टोलीसँग सो जानकारी दिएका हुन् । ‘सीमा खोल्नुपर्छ भन्नेमा हामी पहिलेदेखि नै सकारात्मक छौँ । सीमा नखुल्दा समस्या भयो भन्ने कुरा होटल व्यवसायीबाट आइरहेको छ ।

बिहीबार बस्ने सीसीएमसी केन्द्रीय कोभिड–१९ व्यवस्थापन केन्द्र को बैठकबाट यस विषयमा निर्णय गर्नेछौँ,’ ज्ञापनपत्र बुझेपछि मन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमणको दौरान बाध्यात्मक अवस्थामा बन्द गरिएको थियो । अब अवस्था सामान्यतर्फ उन्मुख छ, नयाँ प्रोटोकल जारी हुन्छ, सीमा खुल्छ ।’

कोरोना भाइरसको संक्रमण रोक्न गत वर्ष चैत ११ गते सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएको थियो । सरकारले पछिल्लो समय सीमा नाकाबाट पैदल यात्री र मालबाहक सवारी आउजाउ गर्न दिए पनि यात्रुबाहक सवारीको आवागमन बन्द छ ।

मन्त्री पोखरेलसँगको भेटमा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जका अध्यक्ष हरि पन्तले ७० प्रतिशतभन्दा बढी पाहुना भारतीय नै हुने भएकोले सीमा नाका बन्द हुँदा होटल व्यवसायी निकै समस्यामा परेको दुखेसो पोखेका थिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

चार छोराछोरीसहित कर्णालीमा हामफालेकी सुकीको गर्भमा ४ महिने शिशु

0

आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

सुकीले अघिल्लो आइबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् ।

रिपोर्टअनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

0

जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो ।

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

पारिजातले सिर्जेको साहित्यिक शिखर – शृङ्खला : एक चर्चा

0

वासुदेव ज्ञिपाठी (१९९९) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना र समीक्षाका दुवै क्षेत्रमा उत्तिकै सशक्त ढङ्गले चलिरहेको छ । उनको परिचय उनीसँग लिएको अन्तर्वार्ता प्रकाशनका क्रममा साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनले पारिजातमाथि लेखेको विशेष समीक्षा ‘ पारिजातले सिर्जेको साहित्यिक शिखर – शृङ्खला : एक चर्चा’ लाई पारिजात जयन्तीको सन्दर्भ पारेर प्रस्तुत गरिएको छ । यस समीक्षाले पारिजातको सिर्जन सामर्थ्यलाई उनकै जीवनयात्राका निकटबाट पहिल्याइएको र उनको वास्तविक मूल्याङ्कन गरिएको छ ।

सुप्रसिद्ध नेपाली साहित्यकार पारिजात एक वर्ष जति अगि जिन्दगी बिसाई स्मृतिशेष र कृतिशेष हुन पुगिन् । यिनको साहित्यिक प्रदानलाई लिएर केही लेख्न खोज्दा उनको कठिन जीवन–सङ्घर्षका साथै पर्याप्त जटिलतापूर्ण एवं ऊर्जाशाली स्रष्टा व्यक्तित्व र प्रशस्त मोडप्रतिमोडयुक्त बहुमुखी उत्कृष्ट साहित्यिक कृतित्वका कुन पाटाप्रतिपाटालाई के कस्तो कोण–प्रतिकोणबाट हेर्ने–नियाल्ने भन्ने विशेषीकृत दृष्टिविन्दु निर्धारित गर्नु सुगम अवश्यै छैन बरु निकै चुनौतीपूर्ण नै छ । उनका समष्टि कृतित्वमा नै केन्द्रित रही छोटकरीमा केही चर्चा गर्न खोज्दा पनि त्यस समालोचनात्मक चर्चाका पाटा र कोणको निर्धारण गर्ने क्रममा तत्सम्बन्धी दृष्टिप्रेक्षपणको प्रारम्भबिन्दुको र अन्तर्योजनाको ठहर गर्ने कार्य समेत कम चुनौतीपूर्ण अवश्यै छैन । व्यक्ति पारिजात र उनका जटिल जीवन–सङ्घर्ष क्रमलाई र पर्याप्त वैविध्यपूर्ण वैचारिक अन्तर्विकासका प्रक्रिया तथा क्रम एवं परिणतिलाई बिल्कुलै नछोई उनका सृजन–चेतना र समष्टि साहित्यिक सृष्टिको कृतिगत अन्तर्मर्म र मूल्यको आकलन गर्न खोज्नुसमेत अलि अप्ठ्यारै कार्य ठहर्न पुग्दछ । वास्तवमा उनको पर्याप्त मोडप्रतिमोडयुक्त तथा विधागत र परिमाणात्मक रूपमा निकै वैविध्यपूर्ण र विस्तृत साहित्यिक सृजनकर्म र समष्टि कृतित्वको मर्म–मूल्यलाई निरुपित गर्ने प्रयासले उनका जीवन सङ्घर्षक्रम र व्यक्तित्वको अन्तर्विकास प्रक्रियाका साथै वैचारिक शृंखलाको धेरथोर अडेसको माग पक्कै गर्दछ । तसर्थ यिनै परिप्रेक्ष्य र परिसीमाका बीच पारिजातले नेपाली भाषाका सृजन–क्षेत्रमा कृतिगत रूपमा स्थापित गरेका वा सिर्जेका साहित्यिक शिखर–शृंखलाको समष्टिपरक विहङ्म अवलोकन गर्ने एक प्रारम्भिक तथा आधारभूत संक्षिप्त प्रयासकै परिधिमा यो समालोचनात्मक चर्चा उभिन खोज्दछ ।

जन्म–मृत्युद्वारा कोष्ठित जीवन–रेखाका भू–वृत्तका सन्दर्भमा भारत पारिजातको जन्मथालेका साथै बाल्य, कैशोर एवं बैँसको प्रारम्भिक फड्काका साथै प्रवेशिका (एस.एल.सी.) पूर्वको शिक्षासँग सम्बन्धित रह्यो भने नेपाल उनको उत्तरवर्ती शिक्षा र विस्तृत बहुमुखी स्वाध्यायनक्रम र खास साहित्यिक साधना–शृंखला तथा राजनैतिक–सामाजिक एवं सांस्कृतिक क्रियाशीलताको थलो (कर्मभूमि) अनि जीवन–विश्रान्तिको स्थल बन्न पुग्यो । उनको जन्म भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला/महकुमाको लिंगिया चियाबारी (कमान) मा वि.सं. १९९४ (विवादित वर्ष (वि.सं. १९९३ : सन् १९३६ : महिना भदौ ?) मा भयो र मृत्युचाहिँ नेपालको राजधानी–नगर काठमाडौँमा वि.सं. २०५० को बैशाख ५ गतेको बिहानीपखमा भयो । उनकै अन्तिम इच्छानुसार काठमाडौँको स्वयम्भू–क्षेत्रमा उनको पार्थिव अवशेष भूमिसात् गरियो पनि । नेपाली जातीय बृहत् साहित्यिक परिप्रेक्ष्यमा विचार गर्दा उनी दार्जिलिङ र नेपालका बीचका साहित्यिक सेतु वा साँघुकी एक प्रतीक पनि हुन् भन्न सकिन्छ । उनका बाजे नेपालको पूर्वी पहाड चैनपुरबाट मुगलान दार्जिलिङतिर लागेका थिए भने उनका सैनिक चिकित्सक बाबु डा. एस.के. बाइबा (लामा) का साथ पारिजातले २०११ सालको मंसिरमा काठमाडौँमा पदार्पण गरेकी थिइन् । नेपाल नै उनको खास कर्मभूमि, चैतन्यभूमि र साहित्यिक सृजन–भूमिसमेत रह्यो ।

साहित्यकार पारिजातका कैशोर रुमानी/ प्राथमिक बैँसका स्वच्छन्दतावादी भावसंवेदनामा आघात पुर्‍याई उनलाई शून्यवाद/निस्सारवाद/विसंगतिवादका अन्तर्गुMातर्फ २०१९ सालदेखि डोर्‍याउँदै पुगनपुग एक दशक जति वैयक्तिक विद्रोह अस्मिताका उद्दीप्त फणाको दोसाँधिलो चेतनातर्फ रन्थन्याउने त्यसैका पूर्वापर सन्दर्भमा माक्र्सवादी विद्रोह मुक्तिका चैतन्यका परिणामी आफ्नै जीवनभित्र बेहोरेको मृत्युसँगको निकट जम्काभेट त्यसका सन्त्रास एवं त्यसप्रतिका प्रतीकारात्मक विद्रोही अस्मिताघोषको सेरोफेरो हुँदै हो

“पहाडकी रानी” मानिने दार्जिलिङका गाउँ–कमान र दार्जिलिङ नगरका पर्वतीय प्राकृतिक परिवेशका सौन्दर्यका आन्तरिक प्रतिच्छाया, त्यहाँका जनजातीय र नेपाली जातीय सामाजिक–सांस्कृतिक पर्यावरणका अन्त:स्पदन एवं भारतीय–अंग्रेजी विकास–आधुनिकीकरणका लहरका र शिक्षा–संस्कारका समेत अन्त: प्रेरणा मन–मस्तिष्कका कोशमा सँगाल्दै र त्यहाँका नेपाली भाषा र साहित्यजगत्का अन्तध्र्वनिसमेत टिप्दै उनो बाल्य–कैशोरको साथै बैँस–संक्रमणको पहिलो फड्को तीन अग्रसर हुन पुग्यो । त्यहीँ नै साहित्यिक पारिजात (खास नाम छेकुडोल्मा वा तारा रानी: विष्णुकुमारी वाइबा) को अन्तर्निर्माणको प्रक्रिया पनि सुरु भएको बुझिन्छ ।

यस क्रममा मृत्युबोध पारिजातको भाव–संवेदनाको एक उत्प्रेरक कारक रह्यो । बाल्यकालमै डा. वाइबाकी द्वितीय पत्नी तथा पारिजातको जन्मदायिनी आमा अमृत मोक्तान/वाइबाको देहान्त र पारिवारिक अरू व्यक्तिको मृत्यु एवं २०१० सालमा पारिजातको दाजुको दुर्घटनाजन्य देहावसानले पारिजातका जीवन–चेतना र मनोगत त्रासदीयतालाई एवं मृत्यु–चेतलाई निकै तीक्ष्ण तुल्याएको भेटिन्छ । पछि काठमाडौँमै २०२९ सालमा आफ्ना पितालाई पनि सदाका निम्ति गुमाएका परिप्रेक्ष्यमा पारिजातका चेतनातलमा र सृजनशीलतामा मृत्युबोधको झम्टा र त्यसप्रतिका सन्त्रास एवं जुधारूपनको उल्लेख्य भूमिका रहेको कुरा स्वीकार्य नै छ । अझ बामे सर्ने अबोध शिशु उमेरमा नै झुसिल्किरालाई समात्न र मुखमा हाल्न पुगेकी हुन् पारिजात । उनले १३ वर्षका किशोर कालमा नै शरीर दुख्न सुरु भई १५ वर्षका उमेरमा ओछ्यान पर्नुपरेको र पछि काठमाडौँ–कालमा अङ्ग्रेजी एम.ए. का अध्ययनका बखतमा (२०१६ सालमा बीस वर्षका उमेरमा) सो दुखाइ तीव्र भई २०१९–२०–२१ सालमा ढाड दुख्ने रोगले आक्रान्त भई तीन वर्ष जति (बीचबीचमा जलवायु–रिवर्तनका निम्ति तीन पटक दार्जिलिङ पनि जाँदै चरम कष्ट भोग्नुपरेको अनि अनेक उपचार–प्रयासपछिसमेत हात खुट्टाका नसा सोहरिई उपचाररहित कूँजोपनको विकलाङ्गताका पीडा र शारीरिक अक्षमतासँग मृत्यु–सन्निकट जीवन–युद्ध गर्दै जिउनु परेको यसै जीवन–सन्दर्भले पनि उनका जीवन–स.घर्षक्रममा व्यक्तित्व र चेतनाका अन्तर्विकासका प्रक्रियामा अनि परिणामत: साहित्यिक सृजनशीलताका शृंखलामा समेत गहिरो अन्त: प्रभाव पारेको कुरा उल्लेख हुँदै छ । साहित्यकार पारिजातका कैशोर रुमानी/र प्राथमिक बैँसका स्वच्छन्दतावादी भावसंवेदनामा आघात पुर्‍याई उनलाई शून्यवाद/निस्सारवाद/विसंगतिवादका अन्तर्गुmातर्फ २०१९ सालदेखि डोर्‍याउँदै पुगनपुग एक दशक जति वैयक्तिक विद्रोह र अस्मिताका उद्दीप्त फणाको दोसाँधिलो चेतनातर्फ रन्थन्याउने र त्यसैका पूर्वापर सन्दर्भमा माक्र्सवादी विद्रोह र मुक्तिका चैतन्यका परिणामी र आफ्नै जीवनभित्र बेहोरेको मृत्युसँगको निकट जम्काभेट र त्यसका सन्त्रास एवं त्यसप्रतिका प्रतीकारात्मक विद्रोही अस्मिता–घोषको सेरोफेरो हुँदै हो । व्यक्तिबोधबाट जमात/समूहबोधतर्फ राल्फा–संक्रमण अवधि (२०२४–२९) हुँदै उत्ररवर्ती वामपन्थी–माक्र्सवादी संचेतना–कालमा अन्तर्यात्रा गर्दै जाँदा उनको मृत्यु–सन्त्रास क्रमश: क्षीण भई क्रान्ति–चेत तिखारिन पुगेको कुरा पनि मननीय नै छ । वास्तवमा मृत्युबोध उनको क्रान्ति–संचेतनाको अन्तर्विकासको पूर्वपक्ष हुँदै हो र उनको मृत्युसँग प्रतिशोधी जीवन–चेतना र अस्मिताले वैयक्तिक र सामूहिक स्तरमा पनि हिंसाको क्रान्ति चेतको छानबिन गर्दै आधारभूत रूपमा न्यायपूर्ण र शोषणरहित सामाजिक, आर्थिक र राजनैतिक पुन: स्थापनको जीवनवादी विराट् मानवीय मूल्यकै रचनात्मक पुन: स्थापनाको जीवनवादी विराट् मानवीय मूल्यकै रचनात्मक वरण परिणामत: गर्न खोजेको बुझिन्छ ।

दार्जिलिङका पहाडी प्रकृति, ग्रामीण–नागर संस्कार–संचेतना, नेपाली जातीय बोध र नेपाली भाषा–साहित्यका मोहममता, सैनिक व्यवसायी डाक्टर पिताका न्यून भावुकताका अनुशासनपरक र प्रबुद्ध लालन–पालन एवं दृढ अभिभावकत्व, मातृशून्यता र अन्तर्मुखी भावुक बालिकाका पारिवारिक एकाकिता, पारिवारिक मृत्यु–शृंखला अनि किशोरकालदेखि कै शरीर दुख्ने पूर्वस.केत अनि त्यहाँका आधुनिक शिक्षा–उपक्रमका आफ्ना प्रकारका गुण–दोष अनि किशोरी पारिजातले भावुक प्रेम–प्रसंगमा परी भोगेबेहोरेका आघात र मानसिक त्रासदी आदिले उनका त्यस साहित्यिक प्राथमिक सञ्चेतना र संस्कारका निर्माणमा समवेत आन्तरिक भूमिका खेलेको भेटिन्छ जसको अङ्कुरणप्रक्रिया उनको विद्यालयीय चौथो कक्षाको अध्ययनकाल (संभवत: नौ वर्षको उमेर: २००३) तिरैदेखि थलिई काठमाडौँ–आगमन (२०११ मङ्सिर: १७ वर्षजतिको उमेर) सम्ममा क्रियाशील हुँदै थियो र जसलाई मोटामोटीमा स्वच्छन्दतावादी वा रुमानी (रोमान्टिक) भन्ने गरिन्छ । वास्तवमा यो २००३–११ सालका बीचको समयावधि नेपाल र दार्जिलिङ लगायतका बृहत् साहित्यिक परिप्रेक्ष्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटा केन्द्रीय प्रतिभा रहेको स्वच्छन्दतावादी (र प्रगतिवादी) युगकै अंश हो नै । साहित्यिक पारिजातको सृजनशीलताको खास अभिव्यक्ति–शृंखला २०१२ सालमा काठमाडौँमा उनका स्वच्छन्दतावादी–रुमानी कविता–लेखनका माध्यमबाट थालिए पनि त्यसको आन्तरिक तयारी–कालचाहिँ दार्जिलिङकै पृष्ठभूमिमा हुर्कियो र त्यसमा दार्जिलिङको पहाडी प्रकृति–सौन्दर्यका साथै कमाने र सहरिया युगीन परिवेश–संस्कार एवं पारिजातको आफ्नै पारिवारिक चाप र वैयक्तिक स्वभाव–संरचनालगायत उपर्युक्त शैक्षिक सन्दर्भ, मृत्युसन्त्रास र प्रेमप्रसङ्गका पीडाघात र धोखा–पश्चात्ताप–बोध आदिको उत्प्रेरक अन्तर्भूमिका रहेको पाइन्छ । पछिपछि पनि तिहारका गोवर्द्धन पूजाका रातमा उनले प्रेमार्थी ‘जी’ लाई आफूले दिएको धोकाको भावुक अन्त: संस्मरण अश्रुपूर्ण भावुक मुद्रामा गर्ने गरेको साक्ष्य उपलब्ध छ र पारिजातका रुमानी–स्वच्छन्दतावादी कालका र उत्तरवर्ती प्रयोगवादी (विसंगतिवादी/अस्तित्ववादी एवं राल्फा कालीन) चरणका अनेक कविताकृतिमा प्रेमका अन्रर्विरह–वेदनाका प्रक्षेपण वा प्रत्याख्यानको सन्दर्भ विद्यमान रहेकै छ र यिनमा मृत्युसन्त्रासको प्रतिच्छायाचाहिँ प्रयोगवादी काल/चरणमा बढी घनीभूत हुन पुगेको छँदै छ ।

दार्जिलिङका तत्कालीन विद्यालयीय पाठ्यपुस्तकका माध्यमबाट नै प्रथमत: साहित्यिक संचेतना–संस्कार पारिजातले प्राप्त गरिन् । यस क्रममा नेपाली, अंग्रेजी र हिन्दी पाठ्यपुस्तकमाफृत् कविता–कथातर्फ उनको साहित्यिक सृजनशील अभिरुचि जागृत हुन गयो । विद्यालयीय चारौँ कक्षामा पढ्दा उनले छन्दविहीन कवितात्मक एक टुक्रा अभिव्यक्ति (संभवत: २००३ सालतिर) गरेको तर त्यो त्यहाँका हस्तलिखित पत्रिकामा स्वीकृत हुन नसकेको जानकारी उपलब्ध छ । त्यसपछि दन्त्यकथा र जासुसीका दोसाँधका कथाका सृजनातर्फ उनले प्रयास गरेको पनि जानकारी ्राप्त छ । खास गरी विद्यालयीय सातौँ कक्षामा पढ्दा उनले नेपाली, हिन्दी र अंग्रेजीका उत्कृष्ट कविता–कृतिमार्फत् कविताको संस्कार–संचेतनालाई विशेष आत्मसात् गर्न थालेको कुरा पनि स्मरणीय छ । यसै क्रममा उनले नेपाली कविताका लेखनाथ पौड्याल र लक्ष्मीप्रसाद देवकोटाजस्ता यशस्वी कविहरूका क्रमश: ‘ऋतुविचार’ र ‘मुनामदन’ जस्ता खण्डकाव्य र अरू कवितासँग परिचित हुने मौका पाएको अनि हिन्दीका सूर्यकान्त त्रिपाठी ‘निराला’ र सुमित्रानन्दन पन्त एवं हरिवंश राय बच्चन एवं अंग्रेजीका विलियम वर्डस्वर्थ, पी.बी. सेली र टेनिसन जस्ता कविहरूका कृतिसँग परिचित भई आफ्ना भाषा–शैलीका सुधारमा ध्यान दिन लागेको कुरा पनि उल्लेख्य नै ठहर्छ । यसै शृंखलामा उनले अरूका र आफ्ना प्रेमपत्रका लेखनका माध्यमबाट पनि साहित्यिक अभिव्यक्तिका भाषा–शैलीलाई सुधार्ने चेष्टा गरेको कुरासमेत उल्लेखनीय छ । यस समुच्च परिप्रेक्ष्यमा दार्जिलिङका साहित्यिक तयारी–कालमा रुमानी–स्वच्छन्दतावादी भावुक एवं सुकुमार–सुकोमल प्रकृति र प्रवृत्तिको भावगत तथा भाषाशैलीगत छाप–संस्कार बन्न र बस्न गयो त्यही नै उनका काठमाडौँ–कालका २०१२–१८ सालका स्वच्छन्दतावादी कविता अनि २०१२–१५ सालका बीचका आई.ए.बी.ए.का अध्ययन क्रममा रचना गरिएका र पछि च्यातिएका चार उपन्यास (शिरीषका फूल पूर्वका) मा, उनका प्रयोगवादी (विसंगति–अस्तित्ववादी र राल्फाली) कालका २०१९–२९ सालका कविता तथा कथा–उपन्यास र निबन्ध–संस्मरण एवं लघु नाटक आदिका अन्तर्गर्भगृहमा र २०३० सालयताका समसामयिक युग वा नव प्रगतिवादी युग (प्रगतिवादको नव जागृति–युग) का कविता र कथा–उपन्यास एवं निबन्ध–संस्मरण आदिका यथार्थवादी–प्रगतिवादी चेतानाधाराका अनतस्तलमा पनि संश्लिष्ट रूपमा क्रियाशील रही उनको साहित्यिक अभिव्यक्तिको कलात्मकताको एक अक्षय आन्तरिक ऊर्जास्रोतका रूपमा धेरथोर पनि रहिरहेकै भेटिन्छ ।

पारिजात किशोरकालकै प्रेम प्रसंगबाट आहत भइरहेका समय व्रmममा २०१० सालमा उनका दाजुको देहावसान भएपछि उनका सैनिक चिकित्सक पिता काठमाडौँ आए, उनैका संरक्षणमा २०११ सालमा पारिजात र त्यसपछि २०१२ सालमा उनी बहिनी सुकन्या पनि यतै आइन् । २०११ सालमा प्राइवेट एस.एल.सी. परीक्षा उत्तीर्ण भई २०१२–१३ सालतिर आई.ए.का अध्ययन क्रममा दार्जिलिङका तुलनामा काठमाडौँको भिन्न र नयाँ वातावरणले सुन्दरी युवती पारिजातलाई कविता रचनातर्m विशेष उत्प्रेरित गरेको बुझिन्छ । परम्पराप्राप्त नाउँका सट्टा आफैँ आफ्ना निम्ति ‘पारिजात’ नाम (एक दिव्य फूललाई बुझाउने नाम) चयन गर्ने यी युवतीले उनका डाक्टर पिताले उनलाई विज्ञानको उच्चशिक्षा लिई भविष्यमा डाक्टर बन्न जति उत्प्रेरित गरे पनि त्यो शिक्षापथवरण गर्न इन्कार गरी जुन आत्म–निर्णयको दृढता देखाइन् त्यसैको अर्को पाटो साहित्यिक लेखनतर्फको उनको बढ्दो झुकाउ पनि हुँदै हो । २०१३ सालमा प्रकाशन थालिएको “धरती” पत्रिकामा उनका दुई प्रारम्भिक कविता छापिएको जानकारी पाइन्छ भने २०१४ सालमा उनको प्रथम कवितासंग्रह (आकांक्षा) प्रकाशित भयो । तत्कालीन पद्मकन्या महाविद्यालयबाटै अध्ययन गरी उनी बी.ए. उत्तीर्ण बनिन् भने उनका आई.ए.–बी.ए. अध्ययनकालका उपज र पछि च्यातिउका रुमानी–स्वच्छन्दतावादी प्रकृतिका प्राथमिक उपन्यास–प्रारूपहरू थिए “सङ्घर्ष”, मानव अन्तर्यामी, “शारदा” र “वरपीपल” । उनका २०१६ सालमा प्रकाशित भएका दुई कवितामध्येको “सोहोरेर जाऊ” कविता शारदा (२०१६ माघ) उनको कविता यात्राको (र पूरै साहित्यसृष्टिको पनि) पहिलो उत्कृष्ट र अविस्मरणीय पदचिन्हस्वरूप देखापर्‍यो । उनका रुमानी धाराका प्राथमिक कवितामध्ये ‘सोहोरेर जाऊ’ कविता आज, प्रकाशनकालका साढे तीन दशकपछि, फर्केर हेर्दा पनि उनको प्रथम उच्च गुणस्तरपूर्ण कवितात्मक पाइलो ठहर्दछ । उनका २०१७ सालका दुई प्राप्य कविता मध्येको ‘गोपाल रिमालको ‘प्रति’–प्रति’ कवितामा कवि गोपालप्रसाद रिमालका मातृत्वकामनास्वरूप स्पष्ट गर्भाधानका आह्वानविरुद्ध उभिई प्रेमको आदर्शकामनाको गान एव. आहत कुमारीत्व र अवैध मातृत्वको अभिशाप बोक्न इन्कारीको भाव व्यक्त गरिएको छ । यस कविताले उनको नारीसंचेतनाको अभिव्यक्तिमार्फत् एक विशिष्ट पहिचान प्रस्तुत गरेको हो । २०१८ सालको एक उपलब्ध कविता ‘एक लेख’मा चाहिँ उनको रुमानी प्रकृतिपरक प्रेमपरक विषाद–विरहकै अन्तध्र्वनि छ । दार्जिलिङका अपेक्षाकृत मुक्त वातावरण र परिवेशमा हुर्की काठमाडौँमा प्रवेश गरेपछि यहाँका नयाँ भिन्न पर्यावरणमा एक उच्चशिक्षार्थी युवती छात्राका रूपमा रही सृजनशील हुँदै र कविगोष्ठीहरूमा नारीप्रतिभाका रूपमा आकर्षणविन्दु रही अंग्रेजी एम.ए.को उच्चशिक्षा–प्रयास पनि (२०१६ सालतिर) गर्दै त्यसपछि आर्थिक–बाध्यतावश ललितपुरका मदनस्मारक विद्यालयमा केही समय शिक्षिका पनि हुन पुगेकी पारिजातको शारीरिक व्याधिको अझ कठोर यातनाचक्र २०१९–२०२१ सालका बीच चर्किन पुग्यो । यसैताक उनले अनेक पूर्वी पश्चिमी धर्मग्रन्थ र प्राचीन–नवीन दर्शनग्रन्थका साथै पाश्चात्य नवीन साहित्य–सृजनाको व्यापक अध्ययन पनि गरिन् । काठमाडौँका साहित्यिक पर्यावरणमा स्वच्छन्दतावादी–प्रगतिवादी नव कवि भूपि शेरचन र प्रयोगवादी नवोदित कवि मदन रेग्मी अनि प्रयोगवादी कथाकार र निबन्धलेखक शंकर लामिछानेसँग उनको निकट सम्पर्क र मित्रता रह्यो । यसै सन्दर्भमा के कुरा पनि उल्लेख्य छ भने २०१६ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको देहान्त र २०१७ सालदेखि आधुनिक नेपाली साहित्यका विभिन्न विधामा क्रमश: प्रयोगवादी नव धाराको विसंगतिवादी–अस्तित्ववादी प्रयोगधर्मिताको बढ्दो प्रवेशका परिप्रेक्ष्यमा हाड दुख्ने रोगको पीडापूर्ण र उपचार–सम्भावना क्षीण रहेको यातना क्रम बेहोरिएको पारिजातका चेतनामा उनका उपर्युक्त अध्ययन–शृंखलाका साथै नेपाली साहित्यका परिवर्तनमुखी नयाँ कविता र नयाँ कथाका आन्दोलन लहरका स्पर्शका परिप्रेक्ष्यमा निकै ठूलो परिवर्तन आयो ।

२०१७ सालतिरैदेखि थालिँदो कवि मोहन कोइराला अग्रणी रहेको नेपाली ‘नव कविता’ प्रयोगका शृंखलामा पारिजात पनि आफ्नो ‘वटवृक्षको अस्तित्व’ र ‘पागल हुन्छु कि’, तथा ‘सन्तोष’ (२०१९) ‘तँलाई आशीष’, (२०२०) अनि २०२१ सालका ‘अनि मेरो पलायन अन्तरिक्षतर्फ’, ‘लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र’, ‘मृत्युका अँगालामा’, ‘पशुत्त्वको मिर्मिरे बिहानी’, ‘मेरो विश्वास मेरो अभिव्यक्ति र मेरो प्राप्ति’, ‘नसोध यो घाउ’, ‘जीवन एक वेवारिस मृत्युको मुचुल्का’, ‘टाढा जान चाहन्छु’, ‘आफैँ सपना र विपनादेखि’ र ‘रात र प्रेमको थकान एउटा जीवनमा’ आदि एक दर्जनभन्दा बढी कवितामार्फत आफ्नै नव पहिचानसहित देखापरिन् । नित्से–किर्केगार्डदेखि सात्र्र–कामुसम्मको विसंगति–अस्तित्ववादी दर्शन–शृंखलालाई आफ्ना रुग्णता तथा कठोर कष्ट–पीडा र मृत्यु–मूच्र्छनाका सांकेतिक प्रक्षेपणका परिप्रेक्ष्यमा आफ्ना पाराले वरणर्गै ईश्वरहित विश्व/जगत्/जीवनका विसंगति/निस्सारता/शून्यता/व्यर्थता/मूल्यरहितताका चिन्तन चापलाई र विद्रोही व्यक्ति अस्मिताका फणालाई पनि नव विम्ब–प्रतीकमार्फत अभिव्यक्ति दिने पारिजातका २०१९–२०–२१ सालका र त्यसपछि (२०२७ सालसम्मका) पनि निकै कविता देखा पर्छन् । यो उनको कविता यात्राको रुमानी–स्वच्छन्दतावादी प्रहरपछिको त्यो अर्को नव प्रहर हो जसलाई मोटामोटीमा प्रयोगवादी प्रहर भन्न सकिन्छ । उनका यस प्रहरको अनेक नव कवितामा आत्म–प्रक्षेपण, नारी–स्वतन्त्रता र यौन, पशुत्व र मानवीय आद्यावेगका कथ्यमा, मिथक–पुराकथा र नव विम्ब–प्रतीकको पनि प्रयोग भएको पाइन्छ । यति सब हुँदाहुँदै पनि भाषा–शैली प्रस्तुति एवं कथन–संरचनाका प्रथम–पुरुषीय/द्वितीय–पुरुषीय ढाँचाका उनका यी अधिकांश कवितामा सूक्ष्म पाठकका निम्ति भाषिक अर्थ–संचारतन्त्रको आन्तरिक सूत्र र अन्त:– पद्धति प्राय: ज्यादा छिन्नभिन्न नहुनु र आधारभूत बोध्यता कायम रहनु अनि जतिसुकै चिन्तन–चाप बढ्दा पनि कथ्य/भाव, भाषाशैली/कथनपद्धति/संरचनाका अन्तस्तलमा केही अंशमा रुमानी अन्तर्भावुक कोमल स्र्श शेष रहनाको फलस्वरूप पारिजातका कविताले नयाँ कविता अभियानभित्रै पनि आत्म भोगाइको प्रामाणिकता र सम्प्रेष्यताका साथै चिन्तन र भावनाका बीचको समन्वित संचेतनासहित गद्य कविताको मुक्त अन्तर्लयको रम्यता र भाषा–शैलीमा अनुप्रासीय अन्तर्वितरणको अन्तर्माधुर्यलाई निकै अंशमा जोगाउन सकेको भेटिन्छ । पारिजातका प्रयोगवादी कालभित्रका विसंगतिवादी–अस्तित्ववादी कित्ताका वा राल्फाकालीन संक्रमण–अवधिका यी नव कवितामा मोहन कोइराला प्रभृतिका प्रयोगवादी नव कविताका वा दार्जिलिङबाट घोषित ‘तेस्रो आयम’ आन्दोलन (२०२०) सँग आबद्ध अधिकांश कविताका तुलनामा भावपक्ष र कथन–संरचना–सूत्र एवं मुक्त अन्तर्लय र भाषा–शैलीगत अन्तर्माधुर्यको कवितास्रोतलाई नव भाव–चितन र विम्ब–प्रतीक एवं भाषा–शैलीका प्रयोगोन्मुख लहरभित्र प्राय: जोगाएकै भेटिन्छ । उनका यिनै अधिकांश नव कविता नै उनको दोस्रो कवितासंग्रह ‘पारिजातका कविता’ (२०४४) मा संकलित छन् ।

पारिजातका जीवन–यात्राक्रममा २०१९–२०–२१ सालका उपर्युक्त रोगाक्रान्तता र शारीरिक कूँजोपनजन्य विकलाङ्गता एवं पराश्रयिताका बाध्यताका बीचमा उनको साहित्यिक विधाक्षेत्रको विस्तारको प्रक्रिया पनि थालियो र त्यस प्रक्रियाको प्रथम प्रयोगक्षेत्रका रूपमा गद्य विधातर्फ कथा नै देखा पर्‍यो । उनको सार्वजनिक प्रकाशित कथाकारिताको यात्रारम्भ नै ‘मैले नजन्माएको छोरो’ जस्तो विसंगतिवादी–अस्तित्ववादी एवं यौन मनोविश्लेषणात्मक नयाँ वा नव कथाका रूपमा प्रकट भयो । पारिजातका आत्मालाप र आत्मप्रक्षेपण, वैचारिक मन्थन, नारीवाद, यौनेच्छापरक मनोविश्लेषण, मातृत्वको इन्कारी र पुरुषवादप्रतिका आक्रोश–विद्रोह, पशुत्व र आद्यावेग, ईश्वर–मनुष्य–जीवनप्रतिका अनास्था आदि विशेष रूपमा यी नव कथाका कथ्यमा मुखरित छन् । यी नव कथाहरू आधुनिक कथाका अकथा पनि भनिने नव युग वा प्रयोगवादी धाराका सशक्त हिस्सा पनि हुन् । यिनमा कथावस्तुको अन्तर्विघटन र क्षीणता, पात्रनामका सट्टा नामहीनता र सर्वनामका प्रयोगलगायत सूक्ष्म अन्त: पात्रीयता र कथा–कथयिताका चेतनाला वा अन्त: संवादका लयमा खास परिस्थिति र चेतनाप्रवाही मन:स्थितिका अन्तर्विचरणका दोभानमा कथाका परम्परित–प्रबल रूपाकृतिको अन्तर्विघटन अनि कवितागर्भित अन्तर्निबन्धात्मकतातर्फ कथाको संक्रमण आदि प्रवृत्ति झल्किने गर्दछन् । उनका २०२२ सालका अकथापरक यी नवकथामध्ये पर्दछन्— ‘बीसौँ शताब्दी एउटा गल्लीमा’ र ‘सोफिज्म: मेरो लोग्नेसँग कुराकानी’ आदि कथा । पारिजातको दीर्घ–रुग्ण तथा चरम कष्टपीडामय कठोर जीवनस.घर्ष–क्रममा उपर्युक्त तीन वर्षहरू (२०१९–२०–२१) पछि कूँजोपनको परजीविा बेहोर्नुपर्ने बाध्यताका बीचमै भए पनि शारीरिक असह्य कष्ट–पीडाचाहिँ क्रमश: कम हुन लाग्यो । यस परिप्रेक्ष्यमा विसंगत विश्व र जीवनको उक्त नियतिप्राप्त अभिशप्ततालाई बेहोरेरै पनि उनको सृजनशीलताको सङ्घर्षमय शृंखला (मुस्किलले कलम समातेर पनि) गद्य साहित्यकै अर्को आख्यानात्मक फाँट उपन्यासतर्फ मोडियो । आफ्ना आई.ए.बी.ए. का अध्ययनकालमा रचित चार रुमानी–स्वच्छन्दतावादी उपन्यास–पाण्डुलिपि च्यातिसकेकी पारिजातले आफ्नो प्रथम विसंगतिवादी/अस्तित्ववादी औपन्यासिक कृति ‘शिरीषको फूल’ २०२२ सालमा प्रकाशित गरिन् । यो उनको प्रथम सार्वजनिक उपन्यास–कृति त्यसै वर्षको मदन पुरस्कारद्वारा सम्मानित गर्ने एक युगान्तकारी उपन्यासका रूपमा पनि यसले प्रतिष्ठा प्राप्त गरेको छ । २०२१–२२ सालसम्मका नव–कविता र नवकथामार्फत् चर्चित भइरहेको पारिजातको साहित्यिक व्यक्तित्वलाई “शिरीषको फूल” ले अत्यधिक लोकप्रिय तुल्यायो । शून्यतावादी/विसंगतिवादी दर्शन र मानवीय अस्मिताको दर्शनको सशक्त नव आख्यानीकरण गरिएको यस ‘शिरीषको फूल’ उपन्यासभित्र चिन्तन र भावनाको अनोन्याश्रित रम्य संश्लिष्टताका साथैम ानवीय यौन/वासना र ‘अहं’ एवं कुण्ठा–अवसाद तथा हीनताग्रन्थिको मनोविश्लेषणको कौशलको र भाव–विम्ब–प्रतीक र भाषाशैली एवं पात्रगत प्रथम पुरुषीय कथनपद्धतिका दृष्टिविन्दुबाट नियोजित औपन्यासिक नव रूप–संरचनाको अन्त:स्थापत्यको पनि प्रभावकारी कलात्मक र सरस विनियोजन सूक्ष्म आत्मप्रक्षेपणको केही प्रतिच्छायासहित निकै सफलतापूर्वक गरिएको पाइन्छ । यसमा अ–उपन्यास वा नव उपन्यासका अपरम्परित रूप संरचनातर्m उन्मुख भएर पनि कथावस्तु र पात्रविधानको मितव्ययी र प्रभावकारी बनोट–बुनोटको अन्तर्गठन वा संरचनात्मक अन्तर्विकास हुन सकेकाले र स्वच्छन्दतावादी र प्रतीकवादी एवं आद्यावेगवादी र मनोविश्लेषणात्मक औपन्यासिक संयोजनको आन्तरिक कला–कौशलसहित विसंगतिवादी/अस्तित्ववादी चेतनाधाराको परिमित प्रभावकार िवैचारिक–भावात्मक अन्तक्र्रिया स्थापित एवं क्रियाशील पारिएकाले पनि यो ‘शिरीषको फूल’ उपन्यास पारिजातको एक अमर कृति सिद्ध हुन पुग्यो । यसका भूमिकाकार शंकर लामिछानेले भनेझैँ यो काव्यान्यास (काव्यात्मक उपन्यास) पनि हुँदै हो । वास्तवमा ‘शिरीषको फूल’ (२०२२) औपन्यासिक कलाका कसीमा रूपनारायण सिंहको ‘भ्रमर’ उपन्यास (वि.सं. १९९३) पछि नेपाली भाषामा सिर्जिन पुगेको कलात्मक उत्कृष्ट गुणस्तरको एक अर्को उपन्यास हो । आधुनिक नेपाली उपन्यासका क्रकि धारागत प्रमुख मोडका दृष्टिले पनि विशेष उत्कृष्ट उपन्यासकारहरूका शृंखलामा रूपनारायण सिंह, लैनसिंह बाङ्देल, गोविन्द गोठाले, विजय मल्ल र ईन्द्रबहादुर राई पछि ‘शिरीषको फूल’ ले पारिजातलाई उभ्यायो ।

प्रत्येक मानिसका पाठकसमालोचकका रुचिहरू त्यही व्यक्तिका पनि कालक्रमिक अभिरुचिदिशाहरू भिन्न हुन सक्छन् तर पारिजातको विचार कृतित्वको एक खण्डलाई रुचाउनेले अर्को खण्डलाई पूरै नकार्नै पर्छ भन्ने चाहिँ सायद नमिल्ला

वास्तवमा २०१९–२२ सालको बीचको चार वर्षको अवधि पारिजातको जीवन–सङ्घर्षक्रमको अत्यन्त कठोर, पीडापूर्ण र निराशाग्रस्त कालखण्ड हो । रूपवती, प्रतिभाशाली र सुशिक्षित युवती पारिजातले जुन कष्टप्रद र विकलांगकारक एवं उपचारउपाय न्यून रहेको अनि मृत्यु–सन्निकट र बाँचुन्जेल पनि शारीरिक रूपमा रजीवी रहनुपर्ने बाध्यताले डामिएको जीवनको बोझ र त्रासद बोध बोक्न–बेहोर्न थाल्नुपर्‍यो त्यो अकथनीय अभिशाप नै त हो । यही अभिशप्ताका वृत्तभित्र बाँच्ने नयाँ उपक्रम अँगाल्न बाध्य हुनुपर्दा उनको चेतना–पन्छी जति तड्फडायो र रन्थनियो त्यसैको अभिव्यक्ति–शृंखला हो यो उनको प्रयोगवादी वा विसंगति–अस्तित्ववादी नवकविता र कथा उपन्यासको सृजनात्मक शृंखला । यस जीवनखण्डमा आइपुगेपछि त्यतिखेरको अवसर प्राप्त गर्ने वा विवाहित दाम्पत्य जीवन र मातृत्व–वात्सल्यको नयाँ जीवनमोड थाल्ने संभावना चूर्ण भई आफ्नै शरीर र रुग्ण जीवन–बँचाइ आफ्ना र अरूका निम्ति बोझ बन्न पुग्ने बाध्यतापूर्ण अवस्थाका विरुद्ध उनको त्यतिखेरको विसंगति/अस्तित्ववादी चेतनाधारा पश्चिमबाट आयातित वैचारिक अनुसरणको स्वाङ स्वानुभूत नै सन्दर्भ ठहर्छ । यसरी शारीरिक रूपमा विकलाङ्ग सुशिक्षित प्रतिभाशाली नेपाली युवती/नारी पारिजातले आफ्ना आदम्य आन्तरिक ऊर्जालाई यिनै नवकविता र कथा–उपन्यासमार्फत् सृजनात्मक–कलात्मक रूपतर्फ रूपान्तरिक गरिन् । उनको २०२३ साल कार्तिकमा ‘रूपरेखा’ पत्रिकामा प्रकाशित ‘एक कठिन निष्कर्ष’, लघु (एकांकी) नाटकले उनको अर्को साहित्यिक विधागत विस्तारका साथै ‘सिसाल’का प्रतीकात्मक आत्मप्रक्षेपणमार्फत् उनका नारीवादी विचार–आकांक्षालाई पनि निष्कर्षित गर्दछ । यो लघु नाटक ‘चुरोट खाने पैसा’का लागि उनले रेडियो नेपालका निम्ति रचेका ध्वनिाटक (रूपक) मध्येको एक हो र यसले उनका बौद्धिक/काव्यात्मक दोसाँधका प्रयोगधर्मी विसंगतिवादी/अस्तित्ववादी एवं नारीवादी दृष्टिपरक सशक्त नाट्यरचना–ऊर्जालाई पनि प्रमाणित गर्दछ ।

पारिजात २०२४ सालदेखि यता क्रमश: एक युवा साहित्यकार–कलाकार समुहकी, राल्फा सन्ततिकी केन्द्रबिन्दु, प्रेरणास्रोत, अग्रणी र आद्यमातातुल्य बन्न पुगिन् ।यस क्रममा उनको चेतनाले मानवीय जीवन भोगाइका लघिमा वा लघुताभासलाई वरण गर्दै विसंगत संसार र जीवनलाई निस्सार रूपमा बाँच्ने–भेग्ने उपक्रमलाई अन्त: कथ्य तुल्याई मृत्युबोध र यौन–स्वातन्œय एवं पशुत्व र आद्यावेगका मुक्त नि:संग र नीरस जीवन बिताइको विसंगतिमूलक चिन्तन र अस्मिताका विद्रोह–झिल्कालाई ‘महत्ताहीन’ (२०२५) मार्फत् व्यक्त गरेको छ तर यस अ–उपन्यासमा कथयिता पात्रका चेतनप्रवाही मनोलापका बौद्धिक ऊहापोहको सुक्खा चाप बढी नै छ । यसमा अ–उपन्यासका शक्ति क्रम प्रकट हुनु र त्यसका कमजोरीको प्रभाव बढी पर्नु जस्ता कारणले उनको औपन्यासिक शक्ति कुण्ठित हुन पुगेको छ ।

२०२४ साल हुँदै २०२९–३० सालतर्m उन्मुख हुँदै जाँदा पारिजातको जीवनक्रम उपचारका अनेक प्रयासमा प्राय: विफलतापछि हाड दुख्ने रोगको पीडा केही कम भए पनि कूँजो रहनुपर्ने बाध्यताबाट छुटकारा पाउन विफल नै रहने स्पष्ट हुँदै आयो । उनमा अरू केही रोग पनि फेला रे र तीमध्ये धेरैको केही नियन्त्रण भइरहे पनि पूर्ण निमन हुन उति सकेन । राल्फा–बोध र संगठन एवं त्यसका गतिविधिहरू विस्तारित हुँदै जाँदा पारिजातका चेतनामा निस्सारता/विसंगति–बोधलाई केही चिर्दै नव विद्रोह र क्रान्तिको चेतना उद्दीप्त हुन लाग्यो । उनले दक्षिण अमेरिकी क्रान्तिकारी चेगुवाराको जीवनीमूलकदैनिकी (डायरी) को अङ्ग्रेजी रूपान्तर ‘द ब्ल्याक बेरेट’ पढेपछि जुन वैचारिक विद्रोह र क्रान्तिको अग्निबीज उनका चेतनामा रोपियो त्यो राल्फा–आन्दोलनको उत्प्रेरक हुँदै हो तर एकातर्फ निस्सारतावादी/अस्तित्ववादी दर्शन र अर्कातर्फ नवोदित उक्त क्रान्ति–विद्रोहको चेतनाको सञ्चारक्रमको जुन समीकरण प्रयास पारिजातका राल्फाकालीन कृतिहरूमा भएको छ त्यो उनको चेतनाक्रम र सृजनक्रमभको पनि एक अभिनव अन्तर्मोड हुँदै हो । उनको रोग–ब्याधिले गर्दा परजीवी बन्न बाध्य भएको तर अत्यन्त स्वाभिमानी र ओजस्वी एवं विद्रोही र सृजनशील नारी–प्रतिभा तथा व्यक्तित्वले राल्फा जमातमार्फत युवा पुरुष प्रतिभचाहरूको एक सशक्त र सिर्जनशील व्यक्ति समूह प्राप्त गर्न सक्यो। मञ्जुलको ‘छेकुडोल्मा’ (२०२६) की शङ्खेकीरा अनायिका /नायिकामा पारिजातको तत्क्षणिक अन्तर्विम्ब भेटिन्छ । यस राल्फा आन्दोलनले लेखन–प्रकाशनको प्रयासको साथै विभिन्न सांगीतिक–सांस्कृतिक आयोजनामार्फत एक नव लहर राजधानीमा र देशका अरू कतिपय भागमा पनि जागृत गर्न पुग्यो । नेपाली गीत–संगीत परम्परामा यसको योगदान एक टड्कारो नव चेतना र नव अभिव्यक्तिको अभियानका रूपमा प्रभावकारी रह्यो र यसले तत्कालीन पञ्चायती शासन र सामन्ती दृष्टि भंगिमाबाट मुक्त गरी देशप्रेम र राष्ट्रियताको बोधलाई जनस्तरीय रूपमा जगाउन पनि केही भूमिका खेल्यो । पारिजातकै कविता, कथा, उपन्यास, निबन्ध, संस्मरण, लघु नाटक अािदकै चेतना–क्षमा पनि क्रमश: विद्रोह र क्रान्तिका संचेतनालाई यस राल्फा–कालखण्ड २०२४ सालदेखि २०२९–३० सम्म तन्किन सक्ने) ले उद्दीप्त तुल्यायो । यस क्रममा उनीद्वारा २०२६ सालमा हेटौँडामा रचिएको ‘राम साइँला’ कविता (२०३१ सालमा प्रकाशित भई पछि ‘पारिजातका कविता’ मा संकलित) मा लोकगीतका लयात्मक पारा र थेगालाई गद्य कविताका साँधसम्म तानने र विसंगति–बोधलई विद्रोह–क्रान्तिचेततर्m उकास्ने अभिव्यक्तिगत र भावगत नौलो बान्की झल्किन्छ । उनका विसंगतिवादी–अस्तित्ववादी एवं आद्यवेग र यौन–संचेतनाको मनोविश्लेषण र नारीवादतर्फ ढल्को अकथात्मक ाराका प्राथमिक ज्यादाताजसो कथा ‘आदिम देश’ (२०२५) मा र त्यसपछिका राल्फा कालखण्डमा रचिई क्रमश: जनजीवनका शोािषत यथार्थ र मुक्ति–विद्रोह–क्रान्निचेतनाका झिल्कालई छुन खोज्ने र छुने दिशातर्फ उन्मुख परवर्ती कथाहरू चाहिँ ‘सडक र प्रतिभा’ (२०३२) मा पनि संकलित छन् । उनको ‘बैंसको मान्छे’ उपन्यास (२०२९) मा विसंगति र अस्मिताको बोध प्रतीकारात्मक रूपमा आवेगजन्य हिंसाको वैयक्तिक विन्दुसम्म पुग्दै क्रान्तिकारी चरित्रलाई आभासित गर्न पुगेको छ । उपन्यासको संरचनात्मक नियन्त्रण अझै खुकुलै रहेको यो ‘बैँसको मान्छे’ उपन्यास अ–उन्यासको बाटो भई शोषण विरुद्ध हिंसा र क्रान्तिको आवेग–ज्वारको चरमोत्कर्षसम्म पुगी तीक्ष्ण हुन खोज्दछ तर यसमा संरचनागत शिथिलता र कथयिता पात्रका चेतनाप्रवाही आत्मालाको बौद्धिक ऊहापोहको तानाबाना र कथयिता पात्रका चेतनाप्रवाही आत्मालापको बौद्धिक ऊहापोहको तानाबाना भने उति आकर्षक र प्रभावकारी नरही औपन्यासिक कलात्मक बनोट–बुनोट पनि अपेक्षाकृत कमै प्राप्त हुन गएको छ ।

राल्फा कालखण्डका पछिल्ला वर्षहरूतिर पारिजातका जीवनक्रममा चेतनातलमा र राल्फा जमातकै स्थितिमा पनि क्रमश: तनाव र समस्याहरू देखा परे । कसैलाइृ आफूले धोखा दिएको प्रेम–त्रासहीको विगत स्मृति मनमा निक्षिप्त रहेकी, दार्जिलिङ छोडी काठमाडौँ आएपछि साहित्यिक क्षेत्रमा क्रमश: कतिपय पुरुष मित्र र तिनका निकट सम्पर्क प्राप्त गरेकी, विवाह–बन्धन र पुरुषप्रति विवाहसूत्रबद्ध आत्मसमर्पणलाई वैचारिक स्तरमा अस्वीकार गर्दै मुक्त यौनसम्बन्धको दर्शन अँगाल्ने र दाम्पत्य तथा मातृत्व–वात्सल्य लगायतका मूल्यलाई परम्परित ठान्ने पारिजात राल्फा कालखण्डमा आफूभन्दा युवा कलाकार–साहित्यकार र बौद्धिक पुरुष जमातको नेत्री र केन्द्रविन्दु रही आफ्नो शारीरिक सीमा र कूँजोपनको प्रचण्ड ऊर्जामय समूहगत नव विकल्पबीच विसंगतिवादलाई चिर्दै क्रान्ति र विद्रोहका चेतनातर्फ उन्मुख भइरहेकामा यस कालखण्डका पछिल्ला कतिपय वर्षमा उनले नयाँ अप्ठ्यारा स्थितिहरूको सामना गर्नुपरेको बुझिन्छ । कुनै पुरुष मित्रले उनलाई धोखा दिएको अनुभवाघात यसताक उनले खप्नुपर्‍यो भने क्रमश: राल्फा–जमात पनि क्रमश: छिन्न भिन्न हुन थाल्यो । उनका मित्र कवि भूपि शेरचनमार्फत् परिचय प्राप्त वामपन्थी/साम्यवादी वरिष्ठ नेता निर्मल लामासँग निकै लामो प्रतीक्षापछि उनकी मुख्य शारीरिक–आर्थिक सहारास्वरूप बहिनी सुकन्याको बिहे भयो । लगत्तै २०२९ सालमा उनका पिताको मृत्यु भयो । यी अप्ठ्यारा दिन हुँदै उनको जीवनक्रम बितिरहेकै समय–सन्दर्भमा वैचारिक रूपमा उनको चेतना माक्र्स–लेनिन–माओ–त्से–तुङ्गका साम्यवादी विचारधारातर्फ क्रमश: आकर्षित हुँदै गयो अनि २०३० का दशकमा उनका साहित्यसृजनामा पनि क्रमिक रूपमा पर्‍यो नै । उनका प्रगतिवादी उन्मुखताका क्रममा गोविन्द भट्टजस्ता माक्र्सवादी चिन्तकसँगको उनको सम्पर्क र छलफलको क्रमले पनि भूमिका खेलेको बुझिन्छ ।

पछिल्तिर फर्किएर हेर्दा पारिजातमा २००३ सालदेखि अङ्कुरित साहित्यिक सृजनात्मक अभिरुचिले दार्जिलिङको पुग–नपुग एक दशकको तयारीक्रम भई काठमाडौँ आगमनपछि २०१२ सालमा अभिव्यक्ति–निरन्तरता र २०१३–१४ सालका बीचमा सार्वजनिक प्रकाशन (२०१४ सालको प्रथम कवितासंग्रह, ‘आकाङ्क्षा’को प्रकाशनसमेत) को बाटो समातेको सन्दर्भमा मोटामोटीमा उनको २०१८ सालसम्मको कविताकेन्द्रित र चार उपन्यासको पाण्डुलिपि च्यातिएको साहित्य–यात्रा रुमानी/स्वच्छन्दतावादी धाराको र पाराको रह्यो भने उनका २०१९ सालदेखि २०२३ सालसम्मका साहित्ययात्रामा त्यो स्वच्छन्दतावादी सुकुमार भावधारा र सुकोमल भाषाशैली प्रयोगवादी विसंगतिवादी–अस्तित्ववादी) नव लेखनका अन्तर्गर्भमा निक्षिप्त रही उनका अनेक उत्कृष्ट नवकविता र नव कथाहरूसँगै ‘शिरीषको फूल’ (२०२२) जस्तो यशस्वी नव–उपन्यास (काव्य–न्यास) र ‘एक कठिन निष्कर्ष’ (२०२३) जस्तो लघुनाटकमार्फत् व्यक्त भयो र यस प्रहारमा उनको नारीवाद र यौनमनोविश्लेषणात्मक एवं प्रतीकात्मक र आद्यावेगरक आख्यान–लेखन पनि तिखारियो । त्यसको लगत्तैपछिको तर २०२४–३० सालका बीचको राल्फा–जमात–कालको भने पूर्व अंश विसंगतिवादी–अस्तित्ववादी प्रयोगधर्मी नवलेखन प्रवृत्तिसँग उत्तरअंश क्रमश: त्यस राल्फाली नवलेखन प्रवृत्तिसँग आबद्ध हुन पुग्यो जसमा मानवीय/तात्विक र जैविक एवं मनोगत बुद्धिगत विसंगतिको सामाजिकीकरण गरी मुलुकका राजनीति र अर्थतन्त्रलगायत बृहत् राष्ट्रिय सामाजिक ढाँचाका विसंगतिलाई सांकेतिक र ठाडै पनि घोच्ने र वेध गर्ने अनि व्यङ्ग्य गर्ने एवं देशभक्तिलाई र राष्ट्रियताको भावधारालाई जनस्रतीय संवेदनासाथ जागृत गर्ने अनि समसामयिक नेपाली समाजका युवा पुस्ताका अन्तर्विकृतिलाई र लक्ष्यहीनतालाई झोस्दै र घोच्दै तिनलाई शोषक–सामन्त व्यक्तिप्रतीकका आवेगजन्य हिंसा–हत्याका क्रान्ति–विद्रोहका विन्दुसम्म पुर्‍याउनेजस्ता व्यक्ति–अस्मितामूलक स्वरसमेत पनि चल्मलाउन पुगेको भेटिन्छ । उनका राल्फा–कालखण्डका पूर्व अंशसम्म रहेका पूर्वोक्त विसंगतिवादी–अस्तित्ववादी प्रवृत्ति निरन्तरताको आधिक्यलाई ‘पारिजातका कविता’ (२०४४) मा र पछि संकलित २०२९–२७ साल बीच रचित – प्रकाशित कविता, ‘आदिम देश’ (२०२५) तथा ‘सडक र प्रतिभा’ (२०३२) मा पछि संकलित तथा २०२१–२७ बीच रचित–प्रकाशित कथा र ‘शिरीषको फूल’ (२०२२) देखि ‘महत्ताहीन’ (२०२५) सम्मका उपन्यासले ‘अनि एक कठिन निष्कर्ष’ जस्ता लघुनाटकले प्रतिनिधित्व गर्दछन् । त्यही कालखण्डका उत्तर अंशको क्रमश: ताŒिवक, जैविक मनोगत विसंगति–बोधबाट सामाजिकीकरण र शोषितताको यथार्थबोध एवं वैयक्तिक अराजक पाराकै भए पनि शोषक–सामन्त व्यक्ति–प्रतीकका हत्या हिंसाका विद्रोह–क्रान्तिबोधतर्फ केही उन्मुख सिर्जनशीलतालाई भने मुख्यत: पारिजातको कविता, (२०४४) मा संकलित अन्तिम कविता ‘राम साइँला’, ‘सडक र प्रतिभा’ (२०३२) मा संकलित पछिल्ला केही कथा र ‘बैँसको मान्छे’ उपन्यासले प्रतिनिधित्व गर्दछन् । योा राल्फा–कालखण्ड वस्तुत: उनका साहित्ययात्रामा प्रथमत: विसंगतिवाद र क्रान्तिविद्राहेका व्यक्ति–अस्मिताका बीचको समीकरणतर्फको एवं आखिरमा विसंगतिवादी प्रयोगधर्मी लेखनको परित्याग र माक्र्सवादी/वामपन्थी प्रतिबद्धताको प्रगतिशील/प्रगतिवादी लेखनतर्फको निष्ठापूर्ण वरणतर्फ उन्मुख र परिणामी साहित्यिक संक्रान्तिशील अन्तर्वर्ती–मध्यवर्ती चरण हुँदै हो । अझ साहित्यकार पारिजातका समष्टि साहितय–यात्रामा २००३–३० सालका बीचको समयावधि मोटामोटीमा त्यो पूर्वाद्र्ध साहित्ययात्रा ठहर्दछ । जहाँ क्रमश: तयारी–काल (दार्जिर्लिङ : २००३–११) र प्राथमिक सिर्जन–प्रकाश्न काल वा रुमानी–सवच्छन्दतावादी काल (काठमाडौँ : २०१२–१८) साथै प्रयोगवादी–विसंगति अस्तित्ववादी काल (२०१९–२३) र राल्फा–काल (२०२४–३०) समेत चार चरण देखा पर्छन् । २०३० साल वा २०३० को दशकदेखि चाहिँ उनको साहित्ययात्राको उत्तराद्र्ध काल थालिन्छ र त्यो उनको जीवन–अवसान–विन्दु (खास २०४९ सालसम्म) नै विस्तारित हुन पुगेको छ । उनको साहित्ययात्रामा पूर्वाद्र्ध र उत्तराद्र्धको यसै संक्रमण विन्दुमा उनले आफ्नो यशस्वी औपन्यासिक कृति ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ भनी घोषित गरेको कुरो पनि स्मरणीय छ ।

पारिजातका उपर्युक्त पूर्वाद्र्ध साहित्ययात्रा (२००३–३०) सालमा उनका प्राथमिक सिर्जन–प्रकाशनकालस्वरूप रुमानी–स्वच्छन्दतावादी धारा यस चरण वा प्रहरको ‘आकाङ्क्षा’ कविता संग्रह (२०१४) मा भन्दा पनि पूर्वोक्त ‘सोहोरेर आऊ’ (२०१६) जस्ता फुटकर कवितामा चुलिई ‘गोपाल रिमालको ‘…प्रति’ – प्रति’ (२०१७) जस्ता कवितामा विशेष उठेको भेटिन्छ तर यस अवधिका चार उपन्यास–पाण्डुलिपि भने च्यातिएको जानकारी प्राप्त छ । यसै पूर्वाद्र्धको प्रयोगवादी वा विसंगतिवादी–अस्तित्ववादी अर्को प्रहर वा चरण (२०१९–२३) भने उनको जीवनक्रमको रोगव्याधिजन्य कष्टपीडाको प्रहर भएर पनि उनको पूर्वाद्र्ध सृजन–यात्राका विधागत व्याप्ति, नवचिन्तन र नव लेखनको विशिष्ट प्राप्तिपूर्ण र यशस्वी समयावधि हो जसमा उनको साहित्यिक व्यक्तित्व–कृतित्व कविता र कथा–उपन्यास एवं लघुनाटकका क्षेत्रमा मुख्यत: विसंगतिवादी–अस्तित्ववादी, नारीवादी र यौनमनोविश्लेषणात्मक प्रखर लेखिकाका लेखनका रूपमा स्थापित भयो । यस चरणमा उनले प्राप्त गरेको कवित्वको उत्कृष्ट शिखरलाई ‘लाहुरेलाई एउटी रोगी प्रेमिकाको पत्र’ (२०२१) जस्ता फुटकर कविताले र कथाकारिताको शिखरलाई ‘मैले नजन्माएको छोरो’ (२०२१) जस्ता कथाले अनि औपन्यासिक चुलीलाई ‘शिरीषको फूल’ उपन्यास (२०२२) ले झल्काउँछन् भने उनको नाट्यकारिताको शिखरविन्दुका प्रतीकका रूपमा ‘एक कठिन निष्कर्ष’ (२०२३) उपलब्ध छ । उनको पूर्वाद्र्ध साहित्य–यात्राको अन्तिम चरण राल्mा कालखण्ड मुख्यत: उनको संक्रान्ति–प्रहर हो र वैचारिक अन्तर्विकास एवं सृजनात्मक अन्तर्मोडतर्फको यात्रा–प्रहर हो । यसमा कविताको सृजनक्रम र स्तर उति व्यापक र उन्नत रहेन अनि २०२७ सालपछि उनको कविता लेखनक्रम अबरुद्ध छ र त्यसले उनको पूर्वोक्त आन्तरिक संकट र राल्mाकालको संगठनात्मक अवरोहणक्रमतर्m पनि संकेतिक गर्न सक्तछ । वस्तुत: कविता, कथा र उपन्यास तीनवटै फाँटमा समष्टिमा यस चरणमा उनको कृतित्वले परिमाण प्रचुरता र उच्चस्तर प्राप्तिका अरू यशस्वी नव शिखरहरू उति थप्न सकेको छैन तर प्रयोगधर्मी वैचारिक–सृजनात्मक गतिशीलता भने चालू नै रहेको छ र यस चरणका रचनाहरू कलामक स्तरमा उम्दा नभए पनि उच्चमध्यम स्तरभन्दा माथिकै छन् । यस पूर्वाद्र्धका २०१९–२३ का चरणमा फाटफुट उनको निबन्धकारिता सल्बलाई विधागत व्याप्ति अरू बढेको भेटिन्छ भने २०२४–३० का राल्फा–खण्डमा निबन्धकारिताका अतिरिक्त संस्मरण/आत्म–संस्मरणको समेत नव विधागत विस्तार उनको साहित्यकारिताले समेटेको भेटिन्छ । यो आत्म–संस्मरण क्षेत्रमा २०२९–३० सालमा ‘धूपी, सल्ला र लाली गुँरासको फेदमा’ आत्म–संस्मरण ‘रूपरेखा’का विभिन्न अंकमा छापिएको कुरा उल्लेख्य छ, २०४३ सालमा यो आत्म–संस्मरण पुस्तकाकृतिमा प्रकाशित हुन पुग्यो ।

वैयक्तिक तात्विक विसंगति र अस्मिताको बोध सामाजिक वस्तुगत विसंगति (द्वन्द्व : शोषण) र अस्तित्व (क्रान्ति : परिवर्तन : पुनर्रचना) मा रूपान्तरिक भई पारिजात विसंगतिवादी/अस्तित्ववादी पूर्वाद्र्धबाट प्रगतिवादी उत्तराद्र्धतर्फ पुगिन् भने एकका ठाउँमा अर्को नआइसकी यी दुवैको कम संश्लिष्ट सह–उपस्थिति नै उनको संक्रमणशील राल्फाखण्ड हो । यही वैचारिक संक्रान्तिले पनि राल्फाली चरणका उनका साहित्यकृतिहरूमा उत्कर्षको केही न्यूनता नै रह्यो । राल्फा–सांस्कृतिक मोर्चासँग सम्बद्धआबद्ध रहे, जस्तै पारिजात, निनु चापागाईं, मेघराज मञ्जुल, रायन, रामेश, अरिम, राल्फा विमल चापागाई भने पछि अर्कैतिर मोडिएर साहित्य क्षेत्रमा कमै सक्रिय छन् ।

पारिजातको साहित्ययात्राको उत्तराद्र्धको पुग–नपुग दुई दशक (२०३० को र २०४० को दशक) प्रथमत: राल्फाकालखण्डको उत्तर अंशभन्दा अगिल्लो त्यस्तो फड्को हो जसमा प्रथमत: २०१९–२३ सालका बीचको विसंगतिवादी र वैयक्तिक अस्मितापरक जीवनदृष्टि क्रमश: गलित हुँदै गई राल्फाकालीन वैयक्तिक–अराजक क्रान्ति–हिंसा–आवेग पनि क्रमिक रूपमा माक्र्सवादी वा प्रगतिवादी वैचारिक धरातलतर्फ उन्मुख तथा रूपान्तरित हुन पुगेको भेटिन्छ र जहाँ वैयक्तिक मनोगत कोठरीको अन्तर्विचरणभन्दा सामाजिक अन्तर्बाह्य यथार्थको निरीक्षण र शोषणमुक्त सामाजिक–आर्थिक पुनर्रचनाका निम्ति समूहबद्ध क्रान्तिकर्म र जनसंगठित विद्रोहज्वालाको सांकेतिक आह्वान वा सूक्ष्म व्यञ्जनाको चासो २०३० को दशकका मध्यतिरदेखि (२०३४) क्रमश: लेखकीय प्रतिबद्धताका रूपमा प्रकट भई आखिर त्यस प्रतिबद्धताबाट पनि केही विचलन वा मुक्ततातर्फ प्रत्यावर्तित हुँदै स्वतनत्त प्रगतिवादी लेखनप्रवृत्तितर्mको झुकाउ–क्रम २०४० दशकको लगभग मध्यतिर (२०४३) देखि देखा पर्छ । पारिजातका यस उत्तराद्र्ध साहित्ययात्रालार्य मोटामोटीमा प्रगतिशील वा प्रगतिवादी लेखनतर्mको (क) क्रमिक उन्मुखता, (ख) प्रतिबद्धता र (ग) त्यस प्रतिबद्धतादेखि केही मुक्तता र विचलन देखिए पनि आधारभूत रूपमा प्रगतिवादी/प्रगतिशील/जनमुखी र बृहत् वृत्तभित्रै समेटिन आउने अपेक्षाकृत स्वतन्त्र लेखनका तीन चरण वा प्रहरमा विभाजित गर्न सकिने देखिन्छ । पारिजातको समष्टि साहित्ययात्राका सन्दर्भमा वा केवल प्रगतिवादी साहित्ययात्राका परिप्रेक्ष्यमा पनि उनका २०३० र २०४० का दशकका लेखनको समेत चरणविभाजन र त्यसमा प्रगतिवादको यात्रा र विचलनका सम्बन्धमा प्रखर प्रगतिवादी विचारक/लेखक/समालोचक निनु चापागाईं, खगेन्द्र संग्रौला, डा. ऋषिराज बराल आदिले उल्लेखनीय विवेचना–विश्लेषण गरेको पाइन्छ । सामाजिक यथार्थको विसंगतिपूर्ण स्थिति (जे जस्तो छ) लाई तीक्ष्ण मानवीय मर्मबोध र सृजनात्मक सम्वेदनशीलताका साथ पारिजातले आफ्ना प्रगतिवादोन्मुख चरण (२०३० को दशकको पहिलो आधा भाग वा विशेषगरी २०३३ सालसम्म) मा प्रगतिवादी लेखकीय प्रतिबद्धताको चरण (२०३४ सालदेखि वा विशेषत: २०३० को दशकको पछिल्लो आधा भाग र २०४० को दशकको प्रारम्भिक वर्षहरूतिर) मा र स्वतन्त्र/अप्रतिबद्ध (विचलित भनिने) तर मोटामोटीमा वामपन्थी–प्रगतिवादी/जनमुखी परिधिभित्रको अन्तिमचरण (२०४३ साल यता देहावसानसम्म) मा पनि प्रस्तुत गरेको तर उपर्युक्त दोस्रो चरण वा मध्यावधिमा चाहिँ वर्ग–सङ्घर्षका क्रान्तिकारी जन–ज्वालालाई क्रान्तिकारी वैचारिक प्रक्षेपणसहित सशक्त ढंगले साहित्यिक अभिव्यक्ति दिएको ठान्न सकिन्छ ।

पारिजातले आफ्ना उत्तराद्र्ध साहित्यिक यात्राका क्रममा प्रगतिवादी उन्मुखताका प्रथम चरणमा (वस्तुत: राल्फाकालको मध्यतिरैदेखि) उति कविता–सृजना नगरेको भेटिन्छ । यस चरणमा मुख्यत: कथा र उपन्यासकै माध्यमबाट उनको प्रगतिवादोन्मुख साहित्यसृष्टि प्रकट भएको छ । यस क्रममा ‘सडक र प्रतिभा’ (२०३२) कथासंग्रहका पछिल्ला केही कथाहरू र ‘साल्गीको बलात्कृत आँसु’ कथासंग्रह (२०४३) का प्रारम्भिक कालका कथाहरू नेपाली जनजीवनका वर्गद्वन्द्वात्मक यथार्थको चित्रण र प्रगतिवादी–क्रान्तिकारी वैचारिक संकेत–व्यञ्जनाका दृष्टिले उल्लेख्य छ । यही प्रवृत्ति उनका ‘तोरीबारी, बाटा र सपनाहरू’ (२०३३) तथा ‘अन्तर्मुखी’ (रचना २०३३, विलम्बित प्रकाशन २०३५) उपन्यासमा पनि देखा पर्छ । अवश्य नै उनका यस प्रगतिवादोन्मुख आख्यानकारिता (कथा–उपन्यासको सृजना) मा उनले स्वच्छन्दतावादी सन्दर्भ, भावधारा र भाषा–शैलीको पनि आंशिक पुनर्वरणका साथ सरसता र कलात्मकताको सेचन–संवद्र्धन गर्ने दिशामा पनि रुचि लिएको पाइन्छ अनि कथा र उपन्यासका तत्व र संरचनाशिल्प (बनोट–बुनोट) मा पनि आफ्ना पूर्ववर्ती अकथा र अ–उपन्यासका सापेक्षतामा अलि बढी ध्यान दिइराखेको फेला पर्छ । यस क्रममा कथा र उपन्यासलाई सरस र सौन्दर्यपूर्ण तुल्याउन शिल्प–प्रविधिसम्बन्धी कतिपय नव उद्भावनाको लगानी पनि उनले गरेकी छिन् । यसरी कथावस्तु, चरित्रका मनोविज्ञान र परिवेश एवं कथनपद्धति एवं विम्बप्रतीक र भाषाशैलीमा एवं भावविधानमा विशेष सचेतता देखाउँदा नै पनि उनका ‘तोरीबारी, बाटा र सपनाहरू’ वा ‘अन्तर्मुखी’ उन्यासका अनि तत्कालीन कथारचनामा संरचनागत अन्विति र भावात्मक कलात्मक प्रभाव–परिपाकको उत्कर्ष ‘शिरीषको फूल’ मा जति उपलब्ध हुन नसकेको कुरा भन्नै पर्दछ । त्यस्तै ‘मैले नजन्माएको छोरो’ कथाका सापेक्षतामा भावगत वैचारिक घनत्व एवं कलात्मक उत्कर्ष उनका तत्कालीन अधिकांश कथामा पनि अपेक्षाकृत अलि कम देखा पर्छ तर छि ‘बोनी’ कथा शृंखलालाई बढाई सृजित ‘बोनी’ लघु उपन्यासमा चाहिँ स्वच्छन्दतावादी काव्यात्मक ज्वारको प्राचुर्य र शैलीगत संमोहकताको अभिवृद्धिले उनको भावात्मक, कलात्मक कथाकारिता र उपन्यासकारितालाई पर्याप्त उचालेको छ परन्तु त्यसमा वैचारिक विचलन भने थपिएको छ ।

पारिजातको उत्तराद्र्ध साहित्य–यात्राका प्रगतिवादी प्रतिबद्धताका चरणमा ‘पर्खालभित्र र बाहिर’ उन्यास (२०३४) मा नेपाली वामपन्थी आन्दोलनका वैचारिक द्वन्द्वका दुई धारलाई आख्यानीकरण प्रदान गरी बौद्धिक ऊहापोहलाई पनि तीक्ष्ण प्रस्तुति प्रदान गरिएको छ । उनको अर्को उपन्यास ‘उसले रोजेको बाटो’ (२०३४) ले यस प्रगतिवादी वरण र प्रतिबद्धतालाई बढाएकै छ । तर यी दुवै उपन्यास उनको औपन्यासिक प्रभावकारिता र कलात्मक सिद्धिका कसीमा उनको उत्कर्षको प्राप्ति अपेक्षाकृत केही कमै छ, उनको प्रगतिवादी औपन्यासिकताको शीर्षस्थ कृति चाहिँ ‘अनिदो पहाडसँगै’ (२०३९) नै हो । २०३६ सालको राष्ट्रिय जनमत संग्रहका पूर्वापर सन्दर्भमा राष्ट्रिय राजनैतिक इतिहासका समकालिक क्रान्तिकारी अग्निशिखाको दु:खान्त गरिमा–गाथालई अत्यन्त सशक्त आख्यानात्मक रूपाकृति युगबोधको प्रतिविम्ब र सशक्त चारित्रिक चित्रणसहित प्रदान गरिएको यो ‘अनिदो पहाडसँगै’ उपन्यास उनका उपन्यासयात्रामा ‘शिरीषको फूल’ पछिको अर्को दोस्रो उत्कृष्ट कलाकृति हो । यस चरणका उनका कथाकारिताा पनि वर्गद्वन्द्वको यथार्थपरक चित्रण गर्ने र क्रान्तिकारी जनचरित्रलाई सशक्त स्वरूपमा अंकित गर्ने दृष्टिले गुणात्मक प्रगति देखा पर्छ र ‘साल्गकिो बलात्कृत आँसु’ कथासंग्रह (२०४३) का केही कथा उच्चतर नभएर पनि उच्च कोटिकै छन् । यस चरणमा अकथाको पूर्ववर्ती अमूर्त सूक्ष्मतालाई अन्तर्कथा र चारित्रिक रूपांकनका साथै प्रगतिवादी वैचारिक तीक्ष्णताको व्यञ्जना–विन्यासमार्फत प्रभावकारी रूपाकृति दिने कलामा उनले अरू दक्षता प्राप्त गरेको र वैचारिक निबन्धन र प्रक्षेपणको पूर्ववर्ती अकथात्मक शुष्कचाप न्यून हुन लागेको पनि आभास प्राप्त हुन्छ । वास्तवमा उनको यो प्रगतिवादी प्रतिबद्ध सृजनातर्फको सर्वाधिक यशस्वी समयावधि हो । यसमा स्वच्छन्दतावादी र यथार्थवादी–प्रगतिवादी–आख्यान–कलाको संमिलनमार्फत उनले प्रगतिवादी साहित्यिक जगत्लाई नै प्रेरणादायी कतिपय रचनापद्धतिगत कौशलको नमुना प्रदान गरेको कुरा उल्लेख्य छ । सम्बन्धित साम्यवादी दलको सदस्यता र महिला मोर्चाको जिम्मेवारी एवं प्रगतिशील लेखक संघमा आबद्धता आदि कारकले गर्दा पनि र जीवनको पूर्वाद्र्ध (पाँचौँ दशक) पूरा हुन लागिरहेको ऊर्जापरिपाकले गर्दा पनि उनीभित्रको यौनवृत्ति मत्थराइरहेको र उनीभित्रको ‘व्यक्ति अहम्’ उनीभित्रकै ‘सार्वजनिक अहम्’सँग केही टक्राउँदै भए पनि व्यक्त हुन खोजिरहेको यो चरण वि.सं. २०२१–२३ को चरणपछि उनको साहित्ययात्राकै पनि अर्को प्राप्तिपूर्ण चरण हो । यस चरणमा विचार र कलाका बीच समाञ्जस्यतर्m एक पटक फेरि उनको साहित्यकारले उल्लेख प्राप्ति देखाएको छ । तर २५–३० वर्षे बैसालु सृजनात्मक ऊर्जापुञ्ज भने यसको ४०–५० का उमेरमा अलि केही न्यून नै छ । उनको सर्वाधिक प्रिय कवितातर्फ उनैको सशक्त पुन: प्रत्यावर्तन पनि यस चरणको अर्को उल्लेख्य घटना हो । उनको अन्तिम कविता संग्रह ‘बैँसालु वर्तमान’ (पाण्डुलिपि–पुरस्कार २०४९ : प्रकाशन २०५०) मा उनका २०३५ साल यताका ती फुटकर कवितासमेत संकलित छन् । जसमा उनको कवित्वको सृजनात्मक ऊर्जा गद्य कवित्व र लोकलयका बीच अन्तर्गुम्फन, लोकविम्ब–प्रतीक र युगजीवनका विम्बप्रतीकका बीच अन्तर्विनियोजन एवं सूक्ष्म परिवेश र अन्तर्कथा तथा अन्तश्चरित्रका कोखबाट भावनिक्षिप्त प्रगतिवादी–जनमुखी वर्गसंघर्षात्मक सामाजिक यथार्थ र क्रान्तिविद्रोहको गान एवं भाषा–शैलीमा समेत लोकगीत र कविताका भाषाका बचिको अन्तर्नियोजन आदिले गर्दा पर्याप्त भावात्मक–कलात्मक नव परिपाकसहित व्यक्त हुन पुगेको छ । यसमा पनि स्वच्छन्दतावादी भावुकता र वस्तु यथार्थ एवं प्रगतिवादी क्रान्ति संचेतनाको कलापरक वैचारिक विनियोजनको कौशल प्राप्य छ । अझ यस चरणका प्रगतिवादी कविता वस्तुत: नेपाली प्रगतिवादी कविता कलाकै नमुनालायक उपलब्धि हुन् । यिनमा २०१९–२३ का चरणका युवा सृजनात्मक तीव्र ऊर्जा केही न्यून रहे पनि कलात्मक परिपाकको प्राप्ति भने उम्दा नै छ र यी ती शिखर कृतिसँग पूरै दाँजिन सक्षम छन् ।

पारिजातको साहित्यिक उत्तराचद्र्धयात्राको अन्तिम चरण कतिपय दलगत आन्तरिक विभाजन र द्वन्द्वका सन्दर्भमा उनको वामपन्थी आदर्श नेतृत्व विम्बको मोहभञ्जन भएको र भाव तथा स्वरमा केही फरक हुने अनि शैली एवं कलापक्षतर्फ विशेष ध्यान दिने लेखकीय चाहनाको र प्रतिबद्ध लेखनबाट विचलन र मुक्ततातर्mको अभिरुचिक्रमको पनि उपज देखापर्छ । उनका २०४३ सालका यस अन्तिम जीवन सङ्घर्षक्रमसँग सम्बद्ध सृजनशील प्रहरमा उनी आफ्ना साहित्यिक विधागत वृत्तका पूर्व–विस्तारित सबैजसो विधामा डुलेकी छन् । उनका यस चरणका कविता पनि ‘बैँसालु वर्तमान’ मै संकलित छन् र यिनमा प्रगतिवादी वैचारिक विचलन खुट्याउनु उति सुगम छैन । उनका यस चरणका ‘परिभाषित आँखाहरू’ उपन्यास (२०४६) र कथा शृंखलामा परिवर्धित ‘बोनी’ उपन्यास (प्रकाशन वर्ष अनंकित: २०४८) मा प्रगतिवादी प्रतिबद्ध लेखनका दृष्टिले विचलन औंल्याइएको पाइन्छ । समाज जे जस्तो छ, त्यस यथार्थको सामाजिक मनोगत अंकन गर्दै भाव र शैली शिल्पपक्षमा पनि ध्यान दिँदै प्रगतिवादी क्रान्ति–आदर्शका व्यञ्जना–आयोजनाप्रति चाहिँ अप्रतिबद्ध स्वतन्त्र वामपन्थी–जनमुखी–यथार्थवादी लेखनस्वरूप यी कृतिहरूमा उनको नारीवादी मन:– सामाजिक विश्लेषणको चासो विशेष तीव्र हुन पुगेको भेटिन्छ । २०४० का दशकमा विभिन्न सामाजिक संस्था–संगठनका क्रियाकलापसँग बढी आबद्ध हुन पुगेकी र नारीमुक्ति सम्बन्धी संस्था र लेखनतर्फ पनि विशेष आकर्षित पारिजातमा भेटिने यो नारीवादी निरन्तर चासो उनको साहित्यिक सृजनशीलताको पनि एक महत्वपूर्ण र प्राप्तिपूर्ण पक्ष पक्कै हो । उनको अहिलेसम्मको अन्तिम कथासंग्रह ‘वधशाला जाँदा आउँदा’ (२०४९) मा पनि नेपाली सामाजिक यथार्थका अनेक शोषित–पीडित पाटाहरूका कथात्मक अभिव्यक्तिका क्रममा पनि नारीमुखी/नारीवादी दृष्टिविन्दुको उल्लेख्य उपस्थिति छँदै छ । २०४८ सालमै उनका नारीपरक लेख–निबन्धहरूको सँगालो ‘आधी आकाश’ प्रकाशित हुन गएको कुरा पनि उल्लेखनीय छ । उनले आफ्ना आत्म संस्मरणहरू चार भागमा लेखिसकेको जानकारी प्राप्त छ जसमध्ये पूर्वोक्त ‘धूपी, सल्ला र लाली गुराँसको फेदमा’ (२०४८) र ‘एउटा चित्रमय शुरुवात’ (२०४५) यसै चरणमा पुस्तकाकारमा आएका छन् । उनका आत्मसंस्मरणका दोस्रो र तेस्रा भागको प्रकाशन अझै बाँकी छ । त्यस्तै उनका लेख–निबन्ध र नाट्य कृतिहरू पनि संग्रहकै प्रतीक्षामा छन् ।

२०५१ साल वैशाख ५ गते (बिहानी खुल्न नपाउँदै) पारिजातको मृत्यु भयो । यो मृत्यु भौतिक स्तरमा व्यक्ति पारिजातका सन्दर्भमा नि चिररुग्ण, विकलांग र जिउन पनि पराश्रय–विवश वा परजीवी कूँजो एक मानवीय सत्ताको विघटनका रूपमा चिर–अपेक्षित विश्रान्ति वा निर्वाण नै थियो । तर आधुनिक उत्तरकालमा वा विगत अर्ध शताब्दीमा नेपाली जातिले जन्माएकी–हुर्काएकी र पाएकी एक गौरवमय जुधारु चेली (छोरी: सुपुत्री) र विसङ्गतिवादी–अस्तित्ववादी वा माक्र्सवादी/वामपन्थी एक प्रखर बौद्धिक स्रष्टा/साहित्यकार र भाषा–मञ्चकी अत्यन्त प्रतिभाशाली साधिका–कलाकारको अपूरणीय क्षति पनि पक्कै हो । उनी आधुनिक नव नेपालले वा नेपाली जातिको नव युगले हुर्काएकी भाषिक कला र प्रखर बौद्धिक एवं सृजनशील प्राप्ति–यात्राकी अद्यावधिक सर्वोच्च साहित्यिक प्रतिभा भएकाले उनको अवसान एक राष्ट्रिय सांस्कृतिक क्षति र अझ नेपाली जातीय स्तरकै पनि एक दु:खद घटना हुँदै हो । उनले खास गरी विगत दुई दशकमा (२०३० र २०४० का दशकमा) नेपाल राष्ट्र र नेपाली समाजका शोषित–उत्पीडित किसान–मजदूर, निम्न वैतनिक कर्मचारी, महिला वर्ग र बौद्धिक–कलाकार समुदायका पीडा र यातना अनि अस्मिता–आकांक्षा र स्वप्न–दु:स्वप्न अनि विद्रोह–क्रान्तिचेतना र परिवर्तनका अन्तज्र्वालालाई आफ्ना कलम र अरू क्रियाकलापद्वारा व्यक्त गरी जुन उज्यालो भविष्यलाई बोलाएकी थिइन् त्यसको मिर्मिरे प्रहरमै (२०४६ सालको ऐतिहासिक जनआन्दोलन र त्यसपछिको बहुदलीय प्रजातान्त्रिक पुन:स्थापना क्रमको तीन वर्ष मात्र बित्दै तर उनले कामना गरेको जनवादी विहान नब्याउँदै) उनको देहान्त हुनु पनि दु:खद समयसन्दर्भ हुँदै हो । राजनैतिक स्तरमा नेकपा (चौ.म.) सँग र पछि एकता केन्द्रसँग अनि अझ पछि संजमोसँग उनको निकटता रहे पनि पछि क्रमश: स्वतन्त्र वामपन्थी–जनवादी–प्रगतिशील–यथार्थवादी लेखिकाका रूपमा रहने र साम्यवादी कुनै पनि राजनैतिक दल/समूह/गुटप्रति खास प्रतिबद्ध नभई सामाजिक र सृजनात्मक क्षेत्रमा बढी क्रियाशील रहने उनको प्रवृत्ति देखापर्‍यो र यही प्रवृत्ति वस्तुत: २०४३ सालको अप्रतिबद्ध चरणको परिसूचक प्रवृत्तिका रूपमा देखा पर्छ । उनले आफ्नो वा अरूका सन्दर्भमा कतिपय कारणवश प्र.ले.स. प्रति पछि केही दूरी देखाए पनि मानव–अधिकार संगठन, नेपाल महिलामञ्च, बन्दी सहायता नियोग, इन्द्रेणी सांस्कृतिक समाज, साहित्य सन्ध्या, महिला भूगोल समाज, इन्टरनेशनल ओमन ट्रिबुन सेन्टर, आउट राइट, २०४६ सालको जनआन्दोलन, प्राज्ञिक सङ्घर्ष समिति आदिमार्फत जनमुखी सङ्घर्षशीलता र रचनात्मक क्रियाशीलता भने यस अन्तिम चरणमा पनि देखाएकी नै हुन् । चुरोटका निकोटिन र अल्कोहलका माध्यमबाट आफ्ना शारीरिक पीडालाई भुल्न खोज्दै र कहिलेकता आत्महत्याभाव पैदा भए पनि जीवनेच्छालाई सक्दो जोगाउँदै उनले खास गरी राल्फा कालदेखि समूहबद्ध सङ्घर्षशीलता र रचनात्मकताको यो वा त्यो उत्तराद्र्ध यात्रा–पथ लगभग अढाइ दशकजति नै रोजेकी र देखाएकी हुन् र साम्यवादी संगठनका अतिरिक्त सामाजिक–सांस्कृतिक र बौद्धिक–सृजनात्मक संस्थामार्mत पनि आफ्ना पाराले संकल्पशाली जनमुखी उत्तराद्र्ध–संचेतनालाई निकै अभिव्यक्ति दिएकी हुन् अनि साहित्यिक–सांस्कृतिक र बौद्धिक नव पुस्ताका निम्ति (आफ्ना कतिपय वैयक्तिक, सामूहिक र लेखकीय अहम् र दुर्बलताका बाबजुद पनि) प्रचुरमात्रामा उत्प्रेरित गरेकी हुन् । यति हुँदाहुँदै नि समूहबद्धता र वैचारिक प्रतिबद्धता अनि खासगरी त्यसको समूहगत अनुशासित प्राप्ति–अप्राप्तिहरू पारिजातका साहित्यिक प्रदानका मापनका पूर्ण निर्णायक कसी भने होइनन् र उनका साहित्यिक प्राप्ति–अप्राप्तिको मुख्य मापनाधार उनका कृतिपरक वैचारिक भावात्मक र कलात्मक समीकरणका परिणामी प्रभाव, स्थायित्व, गहिराइ र उच्चता व्याप्तिका मूल्य र परिसीमाको कुलयोग नै हो । त्यसो त सोभियत संघ र पूर्वी युरोपमा साम्यवादी शासनसत्ताको किल्ला ढलेपछि पनि उनले साम्यवाद/माक्र्सवादी–लेनिनवादप्रतिको अटल वैचारिक आस्था जीवन र सृजनाका यात्रामा उपर्युक्त अन्तिम चरणमै पनि व्यक्त गरेको पाइन्छ । अन्तिम इच्छानुसार पनि आफ्ना शव–समाधिका सिरानमा लेनिनको फोटो रहोस् भन्ने कामनामार्फत उनको वामपन्थी निष्ठा प्रकट भएकै छ । तामाङ घेदुङसँग उनको निकटता र बौद्ध धाम स्वयंभूमा परम्परागत जातीय चिहानका कामनाबाट उनको सांस्कृतिक मनले केही चिहाउन चाहेकै छ । त्यस्तै उनका प्राकृतिक सौन्दर्यप्रेम निगूढ दुलही–आकांक्षा र प्रबल क्रान्ति–रंगको आभास प्राप्त हुन खोज्छ । पारिजातका समष्टि अन्तर्मनमा विसंगति–अस्मिताका अतिरिक्त यी अंश पनि थिए ।

निचोडमा २०१२–२०४९ सालमा खास सक्रिय साहित्यिक सृजना–यात्रामा पारिजातले तीन कविता संग्रह, चार कथासंग्रह, दश उन्यास, दुई आत्मसंस्मरण र एक लेख–निब्न्ध संग्हलगायत जम्मा बीस कृतिहरू पुस्तकाकारका दिएकी छन् र अझै उनका कम्तीमा एक लेख–निबन्ध संग्रह र एक नाट्य संग्रह तथा आत्मसंस्मरणका दुई भागले पुस्तकाकारमा प्रकाशित हुने मौका पाउन बाँकी नै देखिन्छ । थोरैमा पनि यी दुई दर्जन ग्रन्थ र अरू तितर–बितर रहन सक्ने फुटकर रचनालाई समेत दृष्टिगत गर्दा ५६ वर्षे तर पच्चीसौँ वर्ष नपुग्दै हाड दुख्ने रोगले कुँजिने र अरू जटिल रोग–व्याधिले आक्रान्त परजीवी र कष्टपूर्ण जीवन बिताउन विवश स्रष्टा पारिजातको कृतित्व परिमाण र विधागत व्यप्ति पर्याप्त विस्तृत ठहर्छ अन्य दीर्घजीवी वरिष्ठ लेखकहरूकै औसत कृति परिमाणका सापेक्षतामा पनि । यी विभिन्न विधामध्ये आफूले कलम चलाएका प्रत्येक विधा (कविता, कथा, उपन्यास, निबन्ध–आत्ससंस्मरण र लघुनाट्य प्रत्येक विधामा) उनको विशिष्ट स्थान सुरक्षित छ र उनी एक अग्रणी स्रष्टा नै ठहर्दछिन् । आधुनिक नेपाली साहित्य (१९७३–७५ यता) का पूर्वाद्र्ध (२०१६ सम्म) का अन्तिम अर्धदशकमा नेपाली साहित्यमा सार्वजनिक रूपमा उदाई यसका उत्तर–आधुनिक युग (२०१७) यताका प्रयोगवादी (२०१७–२९) र समसामयिक (नव यथार्थवादी/प्रगतिवादी) दुवै धारा कालखण्डमा अलग–अलग वैचारिक र कलात्मक परिप्रेक्ष्यमा एक अग्रणी र शिखर स्रष्टा रहनु र ती दुवै कालखण्डका बीच प्रतिष्ठित बन्न पुग्नु उनको असामान्य साहित्यिक प्राप्ति हो । यस क्रममा उनले सिर्जेको समष्टि साहित्यिक शिखर–शृंखलाका कालखण्डगत/धारागत एवं विधागत अनेक पूर्वोक्त उन्नत चुलीहरू नेपाली भाषाका कलात्मक सृजनका उच्च/उज्ज्वल र विपुल प्राप्ति सम्पदा ठहरिन पुग्छन् ।

स्रष्टा पारिजातलाई यौवन ज्वारमै विकलाङ्ग हुन पुगेकी बूढीकन्या प्रतिभाको अदम्य साहसिक उत्कृष्ट लेखनका सन्दर्भमा पनि गर्वपूर्वक नेपाली जातिले ग्रहण गर्दछ । उनी नेपाली साहित्यमा अहिलेसम्म उदाएका सम्पूर्ण नेपाली नारीप्रतिभामध्ये पनि अद्यावधिक सर्वोपरी प्रतिभा हुन् र नारीवादी लेखन–कित्तामा पनि उनको स्थान उत्कृष्ट छ ।

पारिजातलाई केवल सुन्दरशैलीका निम्ति नै मन पराउनेहरू पनि प्रशस्त छन् र उनको त्यो शैली न्यूनाधिक २०१६ सालदेखि नै सौन्दर्यपूर्ण र प्रभावोत्पादक रहँदै आएको छ । पारिजातलाई विचारका निम्ति रुचाउने पनि छन् र आधुनिक नव/उत्तर आधुनिक युगका दुवै धारा/कालखण्डमा उनले रचेका कृतिहरू ज्यादाजसो तिक्खर छन् वैचारिक रूपमा र उनका विसंगतिवादी–अस्तित्ववादी विचार–सरणी वा माक्र्सवादी–प्रगतिवादी विचार–सरणीमा पनि प्रबल कलात्मक प्राप्तिका उत्कृष्ट डोबहरू निकै छन् ।

मुख्य कुरो के हो भने एउटा समाज, एउटा मानिस, एउटा व्यक्तित्व र एउटा वैचारिक वा साहित्यिक यात्रा भनेको क्रमिक अन्तर्विकासको आरोही/अवरोही वा आरोही–अवरोही–आरोही निरन्तरता हो । पारिजातको व्यक्तित्व, वैचारिकता र कलात्मक कृतित्वलाई पनि यही समष्टिगतता वा समग्रतामा राखी हेरिनुपर्दछ भन्ने मलाई लाग्दछ । प्रत्येक मानिसका र पाठक–समालोचकका रुचिहरू र त्यही व्यक्तिका पनि कालक्रमिक अभिरुचि–दिशाहरू भिन्न हुन सक्छन् तर पारिजातको विचार र कृतित्वको एक खण्डलाई रुचाउनेले अर्को खण्डलाई पूरै नकार्नै पर्छ भन्ने चाहिँ सायद नमिल्ला ।

साहित्य सागर श्रिँखला २२ बाट साभार

ओलीले बाेलाए संसदीय दलकाे बैठक, सूर्य चिन्हबाट चुनाव जितेका सबैलाई निम्ताे

0
Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टीको एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला गर्नु परेको उल्लेख छ ।

पार्टी एकीकरण पूर्वको नेकपा एमालेको अवस्थाबाट पार्टी जीवनलाई सुचारु बनाउने सम्भावना अझै बाँकी हुँदा हुँदै अध्यक्ष केपी ओलीले नेकपा एमालेलाईसमेत विभाजित गर्न अगाडि बढेको आरोप नेपालले पेश गरेको राजनीतिक प्रस्तावमा लगाइएको छ ।

प्रस्तावको पूर्णपाठ

आज हामीले यस राष्ट्रिय भेलाको आयोजना जुन क्षणमा गर्दै छौँ यो कम्युनिष्ट आन्दोलनको असाधारण परिस्थिति हो । एकातिर हामी गएका ७० वर्षमा कम्युनिष्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धीहरुको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ नयाँ क्षितिजहरु उघार्दै अगाडि बढ्न पर्याप्त सम्भावना छन् भने अर्कोतिर पार्टीमा हुर्कँदै गरेको चरम महत्वाकाङ्क्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेका चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिहरुको वृद्धि र त्यसले हाम्रो आफ्नै पार्टी र आन्दोलनमा उत्पन्न गरेकोे विभिजन तथा विघटनका आशङ्का बढ्दै छन् । यो विरोधाभासबीच हामी उभिएको परिस्थिति नै हाम्रा लागि असाधारण परिस्थिति हो ।

नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा विशिष्ट प्रयोग हो । क्रान्तिकारी सङ्घर्षका दशकौँसम्म सयौँ पार्टी, समूह र व्यक्तित्वहरु जुट्दै फैलिँदै गएर नेपालको राजनीति र समाजिक–साँस्कृतिक जीवनका सबै क्षेत्रमा विस्तार हुँदै गएकोे एक प्रकारको जीवन पद्धति हो । क्रान्तिकारी विचार र लोकतान्त्रिक मूूल्यप्रतिको निष्ठा नै त्यस्ता आधारहरु हुन् जसले आजको विशाल नेकपा एमाले बनाए ।

आन्दोलनमा उतार–चढाव र विचारमा तलमाथि भएका अनेकौँ कठिन क्षणहरुमा यसले आन्तरिक लोकतन्त्रको बलमा आफुलाई एकताबद्ध नै राखेको छ र कठिनाईमाथि विजयी भएको छ । अरु कैयन् पार्टीहरु विचारका हिसाबले क्रान्तिकारी छन् तर नेकपा एमालेको लोकतान्त्रिक चरित्रले उनीहरुभन्दा यसलाई अगुवा देखाउँछ, अरु कैयन् पार्टीहरुले लोकतन्त्रको दावी गर्छन् तर श्रमजीवी वर्गप्रति नेकपा एमालेको प्रतिबद्धताले यसलाई तिनीहरुभन्दा अब्बल राख्छ । यहि हो नेकपा एमालेको जीवन । तर आज पार्टीमा जे हुँदैछ त्यसले पार्टीलाई न त क्रान्तिकारी न त लोकतान्त्रिक रहन दिन्छ । अर्थात् हामी आज नेकपा एमालेका आधारभूत मूल्यहरुको रक्षा र विकासका चिन्ताले भेला भएका छौँ । हामी नेकपा एमालेहरुका लागि यहि हो आजको असाधारण परिस्थिति ।

हामी नेकपा एमालेले बनाएको सैद्धान्तिक जगमा नेकपा माओवादी केन्द्रसमेत एकता गरेर मुलुकको समृृद्धि र समाजवादतर्फ अगाडि बढ्ने पर्याप्त वस्तुगत तथा मनोगत अवस्थामा थियौँ । पार्टी अध्यक्ष कमरेड के पी ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गए । उहाँलाई नाजायज सुविधा दिएर भए पनि पार्टी एकतालाई जोगाउन अनेकौँ प्रयत्न गरिए तर उहाँका क्रियाकलाप कम्युनिष्ट पार्टीलाई विभाजन गर्ने दिशामा नै अगाडि बढे । त्यसको पराकाष्टा वामपन्थीहरुको अद्वितीय बहुमत भएको प्रतिनिधिसभा विघटनमा भयो ।

त्यो दुर्घटना टरेको मात्रै थियो, संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा नेकपा एमालेलाई एकिकरणभन्दा अघिको अवस्थामा पुर्‍यायो । त्यो घटना कम्युुनिष्ट आन्दोलनका लागि हामी आफैले कबोल गरेका वाचाहरुको प्रतिकुल थियो । त्यसमा समेत हर्षबढ्याई गरेर कमरेड के पी ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउनु भयो ।

पार्टी एकीकरण पूर्वको नेकपा एमालेको अवस्थाबाट पार्टी जीवनलाई सुचारु बनाउने सम्भावना अझै बाँकी हुँदा हुँदै कमरेड अध्यक्षले नेकपा एमालेलाईसमेत विभाजित गर्न अगाडि बढ्नु भयो । यसक्रममा गत फागुन २८ गते उहाँले आफ्नो गुटको भेला गर्नु भयो र पार्टीको विधान र परम्परा विपरित त्यसै भेलालाई नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक भनेर वक्तव्य जारी गर्नुभयो । …… यसरी कमरेड केपी ओली सुनियोजित रुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नेकपा एमालेका समस्त सदस्यहरुलाई गोलबन्द गर्नु अनिवार्य भयो । त्यही ऐतिहासिक दायित्व बोधका साथ यो राष्ट्रिय भेलाको आयोजना गरिएको हो ।

नवौँ महाधिवेशनको दिशा र सम्भावना

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपालको राजनीतिमा एउटा नयाँ मोड थियो । करिब २ हजार वर्षको सामन्त वर्गले शासन गरेको समाजमा सर्वहारा वर्गको नेतृत्व र मजदुर–किसानको एकतामा आधारित भएर सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवादका विरुद्ध संघर्षद्वाराजनवादी राज्यसत्ता स्थापना गर्ने आम कार्यदिशा लिएर राजनीतिक पार्टीको स्थापना हुनु आफैंमा ऐतिहासिक घटना हो ।

भत्किँदै गरेको सामन्ती तथा एकतन्त्रीय जहाँनिया शासन र फैलिँदै गरेको पुँजीवादी तथा दलाल पुँजीवादी उत्पादनमा उठ्दै गरेको पुँजीवादी–जनवादी सामाजिक चेतना र त्यसलाई प्रतिनिधित्व गर्ने पुँजीवादी पार्टीले मजदुर तथा किसान क्रान्तिको नेतृत्व गर्न सक्दैनथे । त्यस अवस्थामा कम्युनिष्ट पार्टीको स्थापना सबैभन्दा विकसित सामाजिक चेतनाको प्रतिनिधित्व गर्थ्यो । यसरी कमरेड पुष्पलालको नेतृत्वमा गठित यस पार्टीले नेपाली राजनीतिमा एउटा नयाँ युगको प्रतिनिधित्व गर्थ्यो ।

सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवाद विरोधी जनवादी क्रान्तिको आम कार्यदिशामा अगाडि बढ्दै जाँदा नेपाल कम्युनिष्ट पार्टीमा कैयौँ कार्यनीतिक विषयमा विवाद र अन्तरविरोधहरु देखा परे । मूलतः क्रान्तिको हिंसात्मक वा शान्तिपूर्ण बाटो र राजतन्त्र, नेपाली काङ्ग्रेस र भारतलार्ई हेर्ने दृष्टिकोणमा भएका विवाद र अन्तरविरोधका कारणले कम्युनिष्ट पार्टीमा कैयन् पटक फुट–विभाजनहरु आए । तर अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक चरित्र र मजदुर–किसान एकतामा आधारितजनवादी क्रान्तिको चरित्रजस्ता आधारभूत मुद्दामा भने आमरुपमा सबैजसो समूहहरुका साझा धारणा थिए ।

नेकपा एमालेको नवौँ महाधिवेशनले नेपाली क्रान्ति सम्बन्धी केहि यस्ता निष्कर्षहरु स्थापित गर्‍यो जसले कम्युुनिष्ट आन्दोलनको भावि गन्तव्य अथवा नेपालका माक्र्सवादी क्रान्तिकारीहरुको कार्यभारलार्ई निर्देशित गर्नेछ । सर्वप्रथमतः महाधिवेशनले नेपाली समाजको चरित्रमा आएको ऐतिहासिक परिवर्तनलाई सुस्पष्टरुपले रेखाङ्कित गर्‍यो । त्यसले नेपाली समाजको ‘अर्धसामन्ती तथा अर्धऔपनिवेशिक’ नरहेको तथ्यलाई ठम्यायो ।

सामन्तवादको विकास र विघटनको विवेचना गर्दै उत्पादन प्रणालीका रुपमा मुख्यतः सामन्ती जमिन्दारी व्यवस्था क्रमिकरुपमा विघटन भएको र नाफामुखी अर्थतन्त्रका आन्तरिक र बाह्य प्रक्रियाको विकासले गर्दा नेपाली समाज पुँजीवादी भएको निष्कर्ष निकाल्यो । सामन्ती सामाजिक आधारमा आएको परिवर्तनले राजनीतिमा ल्याएको परिवर्तनलाई व्याख्या गर्दै त्यसले लोकतान्त्रिक राजनीतिको विकास, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मार्क्सवादी विश्लेषण गर्‍यो । यसरी पार्टी स्थापना कालमा निर्धारित गरिएको सामन्ती अर्थतन्त्र र सामन्ती राजतन्त्रको अन्त्य गर्ने नेपाली जनवादी क्रान्तिको मुख्य कार्यभार सम्पन्न भएको वस्तुगत विश्लेषणका आधारमा जनवादी क्रान्ति सम्पन्न भएको र समाजमा नयाँ वर्गहरु र अन्तरविरोधहरुको उदयका साथै तिनको समाधानका लागि नेपाली क्रान्तिको नयाँ कार्यदिशा सुनिश्चित गर्‍यो ।

दोश्रो कुरा, महाधिवेशनले हाम्रो जनवादी क्रान्तिको चरित्र र स्वरुपलाई स्पष्ट पार्‍यो । त्यसअनुसार २०६२/६३ को जनक्रान्ति पुरानो खालको पुँजीवादी क्रान्ति होइन जसको नेतृत्व पुँजीपति वर्गको हुन्थ्यो । किनकि यो क्रान्तिको समग्र प्रक्रियामा कम्युनिष्टहरुको नेतृत्व छ । तर यो केवल कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको जनवादी क्रान्ति पनि होइन किनकि यसमा पुुँजीपति वर्गको पनि सहभागीता छ । यसरी यो क्रान्ति नेपालको आफ्नै विशिष्टतामा भएको र आफ्नै मौलिकतायुक्त क्रान्ति हो । त्यसैले नेपालको संविधानले अवलम्बन गरेका उदार लोकतन्त्र र समाजवादी ध्येयहरुलाई सँगसँगै सूत्रबद्ध गरेको छ ।

यस तथ्यले नेपाली क्रान्तिको राजनीतिक भविष्यलाई देखाएको छ । त्यसको अर्थ नेपालको समाजवादी क्रान्तिको निर्माण पनि उदार लोकतान्त्रिक प्रतिस्पर्धामा कम्युनिष्टहरु सहभागी भएर आफ्ना समाजवादी ध्येयहरु प्राप्त गर्ने दिशामा अगाडि बढ्नु पर्नेछ । तेश्रो, नवौँ महाधिवेशनले नेपाली कम्युनिष्टहरुका लागि आगामी कार्यभारको मोटामोटी रुपरेखा पनि प्रस्तुत गरेको छ । सामान्यतया पुँजीवादी समाजमा गरिने क्रान्तिको चरित्र समाजवादीहुन्छ । तर उत्पादक शक्तिको विकासका हिसाबले नेपाली समाज समाजवादी निर्माणका तयार नभैसकेको अथवा अर्थतन्त्रमा औद्योगिक तथा राष्ट्रिय पुँजीको तुलनामा दलाल तथा अनुत्पादक पुँजीको वर्चस्व भएको हुँदा आजको अवस्थामा राष्ट्रिय पुँजीको विकास गर्दै समााजवादको तयारी गर्नु आजको क्रान्तिकारी कार्यदिशालाई हो भनेर महाधिवेशनले स्थापित गर्‍यो ।

नवौँ महाधिवेशनले निकालेका यी निष्कर्षहरुले हामीलाई अर्को नयाँ युगको चरित्र, विशेषता, चुनौति र कार्यभार सुम्पेका छन् । महाधिवेशनले नेपाली समाज र राजनीतिका मूलभूत प्रश्नहरु समाधान गरे पनि नेतृत्वका लागि केहि महत्वपूर्ण कामहरु सुम्पेको थियो । त्यसमध्ये एउटा महत्वपूर्ण सैद्धान्तिक तथा कार्यक्रमिक काम थियो । महाधिवेशनद्वारा पारित राजनीतिक दस्तावेजले स्पष्टरुपले भन्छ : ‘परिवर्तित सन्दर्भमा नेपाली समाजमा रहेका विभिन्न वर्गहरूको नयाँ ढङ्गले विश्लेषण गर्नुपर्ने, क्रान्तिका सहयोगी या विरोधीका रूपमा उनीहरूको भूमिका निर्क्यौल गर्नुपर्ने र … वर्गसङ्घर्षको ठोस स्वरूप किटान गर्नुपर्ने आवश्यकता …. छ । पार्टीले आगामी दिनमा…..समाजको अझ सघन अध्ययन गर्नेछ, वर्ग विश्लेषण गर्नेछ र पार्टीका नीतिहरूलाई समृद्ध बनाउनेछ ।’त्यस्तै, नवौँ महाधिवेशनले राष्ट्रिय पुँजीको विकास गर्ने र समाजवादको तयारी गर्ने आम कार्यदिशाअनुरुप पार्टीको विस्तृत कार्यक्रम निर्माण गर्ने काम हामीलाई सुम्पेको थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ शिर्षकको सङ्कल्प प्रस्तावका व्याख्या गर्दै भनिएको छ : ‘…पार्टीले विभिन्न क्षेत्रका विज्ञ, विशेषज्ञ र आम जनताको समेत राय लिएर अविलम्ब सामाजिक–आर्थिक रूपान्तरणको ठोस योजना निर्माण गर्नेछ । पार्टीले सरकारको नेतृत्व गरिरहँदा या सरकारमा सहभागी हुँदा त्यही ठोस योजनालाई कार्यान्वयन गर्नेछ । विपक्षमा हुँदा वैकल्पिक कार्यक्रमको रूपमा अगाडि सार्नेछ र सरकारलाई कार्यान्वयनका लागि दबाब दिनेछ । स्थानीय सरकारमा सहभागी पार्टी प्रतिनिधिहरूले त्यही योजनाको मार्गदर्शनमा आ–आफ्नो क्षेत्रमा रूपान्तरण र समृद्धिका ठोस कार्यक्रम बनाउनेछन् तथा सम्पूर्ण पार्टी पङ्क्तिले पनि यही योजनालाई कार्यान्वयन गर्न ठोस कार्यसूची बनाई काम गर्नेछन् ।’

महाधिवेशनले दिएको अर्को असाधारण महत्वको काम सङ्गठनसँग सम्बन्धित छ । आजभन्दा छ वर्ष अगाडि नै सङ्ठनका समस्या कसरी देखिँदै छन् भन्ने बारेमा दस्तावेज भन्छ ः ‘पछिल्लो समय सङ्गठनात्मक आकार भद्दा हुने, सङ्गठनमा आबद्धताका मापदण्ड र प्रक्रियाको कडाइका साथ पालना नहुने, सङ्गठनहरू कार्यार्थभन्दा पनि बोधार्थ या मानार्थ जस्ता हुने र गरिएका निर्णयहरू कार्यान्वयनमा समस्याहरू उत्पन्न हुन थालेका छन् ।’ त्यस्तै, ः ‘हामीले पार्टी जीवनको लोकतान्त्रिकरणको अभ्यास गर्दै आएका छौं । यसले सकारात्मक परिणाम ल्याएको छ ।

तर अभ्यासका क्रममा यसले केही नकारात्मक परिणामहरू पनि जन्माएको छ । खासगरी, पार्टीको आन्तरिक निर्वाचनमा हुने प्यानलगत उम्मेदवारी, त्यसले सिर्जना गर्ने भावनात्मक र सङ्गठनात्मक विभाजनको मनस्थिति, निर्वाचन जित्नका लागि चालिने सबै खाले उचित÷अनुचित कदमहरू नयाँ चुनौतीका रूपमा खडा भएका छन्।’ …‘प्रत्येक पार्टी कमिटीले आर्थिक उत्पादनका ठोस योजना बनाउनु पर्छ र यस सम्बन्धमा नमूना बन्दै जनतालाई गोलबन्द गर्नुपर्छ । जहाँजहाँ उत्पीडन, विभेद र जनतामाथि समस्या देखा पर्छ, पार्टी समाधानको विकल्पसहित त्यहाँ उपस्थित हुनैपर्छ । पार्टी कार्यकर्ताहरू स्वयम् पनि उत्पादन र श्रम कार्यमा आबद्ध हुनुपर्छ र आर्थिक रूपले आत्मनिर्भर एवम् स्वावलम्बी बन्नुपर्छ । राज्यलाई कर तिर्ने र पार्टीलाई आफ्नो श्रम÷उत्पादनबाट टेवा पुर्‍याउने कुरालाई विशेष प्रोत्साहन गर्नुपर्छ ।’

हाम्रो पार्टी नेकपा एमाले जनताको बहुदलीय जनवादको प्रकाशमा लोकतान्त्रिक अभ्यासद्वारा विकसित र समृद्ध हुँदै आएको पार्टी हो । लोकतान्त्रिक अभ्यासका क्रममा हामीले नयाँ नयाँ संरचना र प्रकृयाहरु विकास गर्दै आएका छौँ । त्यसको एउटा विशिष्ट प्रयोगका रुपमा नवौँ महाधिवेशनमा केन्द्रिय कमिटी र निकायहरुको निर्वाचन प्यानलहरु खडा गरेर सम्पन्न गर्‍यौँ । उक्त महाधिवेशनको एउटा विरोधाभाष के हुने गयो भने नेपालको कम्युनिष्ट आन्दोलनमा त्यति महत्वपूर्ण सैद्धान्तिक योगदान गरेको महाधिवेशनले पार्टीको नेतृत्वमा ती सैद्धान्तिक निष्कर्षहरुको विपक्षमा रहनु भएका कमरेड के पी शर्मा ओलीलाई पार्टीको अध्यक्ष निर्वाचित गर्‍यो भने ती विचारहरुका साथ अध्यक्षका उम्मेदवार कमरेड माधवकुमार नेपाल पराजित हुनु भयो ।

आफु असहमत रहेको हुँदा अध्यक्ष के पी शर्माले नवौँ महाधिवेशनका ती निर्णयहरु लागू नगर्नु भएको वा लागू गर्न अरुची देखाउनु भएको मात्रै होइन कि पार्टी पङ्तिले ती निर्णयहरुबारे जानकारी पाउने अधिकार पनि दिनु भएन । करिब चार लाख सदस्य र करिब ….हजार निर्वाचित जनप्रतिनिधि भएको नेकपा एमालेका केन्द्रदेखि स्थानीय तहसम्म हरेक कमिटी र सदस्य महाधिवेशनका निर्णय र दिशाअनुसार परिचालित हुँदा कार्यक्रम पार्टी र जनतालार्ई असाधारण उपलब्धी प्राप्त हुन्थ्यो । विचारहीनता, गुटबन्दी, अवसरवाद, व्यक्तिवाद, विधि–पद्धतिको उल्लङ्घनजस्ता विकृतिहरु झाङ्गिन पाउँदैनथे ।

महाधिवेशनपछि समस्या अझै बढ्दै गए

संविधान निर्माण भएपछि नेकपा एमालेले सरकारको नेतृत्व गर्ने र नेपाली काङ्ग्रेसले राष्ट्रपति प्रस्तावित गर्ने र नेकपा माओवादीले सभामुख प्रस्तावित गर्ने सहमति मुख्य राजनीतिक दलहरुको बीचमा भएको भयो । यो सहमति लगत्तै वैशाख १२ गते महा भूकम्पले धनजनको ठूलो क्षति भयो । त्यसले देशमा शान्ति र संविधानको पक्षमा भावनात्मक उभार ल्यायो । भूकम्प पीडितहरुको उद्धारमा नेकपा एमालेका हजारौँ कार्यकर्ता परिचालित भए । उता संविधान निर्माणको काम तीब्र भयो । लामो सङ्क्रमणकालीन अस्थिरता ब्यहोरेर आएको र भर्खर महाभूकम्पको धक्काले धक्काले थलिएको मुलुकमा शान्ति र स्थीरताका पक्षमा ब्याकुलता बढेको थियो । यसै बीच भारतले आफ्ना दूत मार्फत् संविधान जारी नगर्न खुल्लारुपले दबाब दियो ।

त्यसले भारतको नीतिप्रति नेपाली जनतामा रोष पैदा भयो र संविधानको पक्षमा अझ ठूलो जनमत तयार भयो । भारतेली नीतिको प्रतिरोध गर्न असाधारण राष्ट्रिय एकता निर्माण भयो । संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो । सहमतिअनुसार प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएर सहज निकास दिनु पर्नेमा नेपाली काङ्ग्रेसले सुशील कोइरालालाई नै नयाँ प्रधानामन्त्रीका लागि संसदमा प्रस्तुत गर्‍यो । यी घटनाक्रमले जनताको समर्थन नेकपा एमालेका पक्षमा बढ्दै गयो । आम जनता नाकाबन्दीको विरुद्ध सरकारको पक्षमा थिए ।

नेपाली काङ्ग्रेसले सहमति तोडेको हुँदा जनताका बीच नेकपा एमालेको पक्षमा जनमत अझै बढ्दै गयो । यस्तो परिस्थितिमा कमरेड के पी ओली नेकपा माओवादी केन्द्रको समेत समर्थनमा संयुक्त सरकारको प्रधानमन्त्री बन्नु भयो । संविधानको रक्षा र भारतीय नाकाबन्दीको विरुद्ध सरकारले मुलुकको नेतृत्व गर्‍यो । यसै बीच सरकारले चीनसँग यातायात तथा पारवहन सम्झौता गर्‍यो । यसले नेकपा एमाले र सरकारको प्रतिष्ठा बढायो । त्यसको मुख्य व्यक्तिका रुपमा कमरेड के पी ओलीको लोकप्रियता बढ्यो ।

नेकपा माओवादी केन्द्रसमेत रहेको हुँदा सरकार वस्तुतः वामपन्थी चरित्रको थियो । कुशलतापूर्वक चलाउन सकेको भए वामपन्थी नेतृत्वकै सरकारले स्थानीय, प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन गराउँदै अगाडि बढ्ने सम्भावना थियो । तर कमरेड के पी ओलीले सहमतिको पालना र नेतृृत्व गर्न नसक्दा, आफ्नै नेतृत्वमा बाहेक अरुले नेतृत्व गरेको सरकारमा नेकपा एमालेलाई जान नदिने अडान लिनु भएपछि नेकपा एमाले सरकारबाट बाहिरिनु पर्‍यो ।

वस्तुतः नाकाबन्दीको सामना गरेको सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड के पी ओलीको लोकप्रियता बढेपछि उहाँमा व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवत्ति चुलिँदै गएका थिए । उहाँ सरकारमा भएको र सरकार लोकप्रिय नै भएको हुँदा अध्यक्षका रुपमा पार्टी सञ्चालनमा उहाँका कमजोरी ओझेलमा परेका थिए । नेकपा एमाले सरकारबाट बाहिर आएपछि नेकपा माओवादी केन्द्रसँग नेकपा एमालेको सम्बन्ध बिग्रिँदै गयो, तिक्तता बढ्दै गयो । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपाली काङ्ग्रेसँग तालमेल गर्‍यो । कम्युनिष्ट पार्टीहरु बीच सहकार्य गर्न सकेको भए त्यसले स्थानीय तहमा अझ व्यापक वामपन्थी आधार बनाउँथ्यो । हामीले त्यो अवसर गुमायौँ ।

प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रका विरुद्ध व्यक्तिगतरुपमा पनि आक्रामक रहँदै आउनु भएका अध्यक्ष कमरेड के पी ओलीले नेकपा माओवादी केन्द्रसँग आन्तरिक समझदारी गरेर गठबन्धनका आधारमा निर्वाचनमा जाने र पार्टी एकतासम्म पुग्ने प्रस्ताव अचानक स्थायी कमिटीमा पेश गर्नु भयो । पार्टीमा छलफल नगरिकन एक्लै निर्णय गर्ने उहाँको शैलीले अनेक प्रश्नहरु उठिरहेका थिए । स्थानीय तहको निर्वाचनको उम्मेदवारीमा उहाँले गरेका गुटबन्दीपूर्ण जिद्दीले पार्टीमा आशङ्का बढाइरहेको थियो ।

जसरी आएको भए पनि तर वामपन्थीहरुबीच सहकार्यको प्रस्ताव उचित नै भएको हुँदा स्थायी कमिटीले त्यस प्रस्तावलाई पारित गर्‍यो । वामपन्थी सहकार्यको पक्षमा रहेको ठूलो जनमतलाई त्यसले उत्साहित बनायो । आम जनतामा बहुमतको स्थीर वामपन्थी सरकार र कम्युनिष्ट पार्टीको नेतृत्वमा समृद्धि र समाजवादतर्फको राजनीतिक भविष्यप्रति आशा जगायो । नेकपा एमालेको तर्फबाट वामपन्थी गठबन्धनको एउटा नेताका रुपमा अध्यक्ष ओलीले पार्टीको सबै शक्ति आफ्नो हातमा लिँदै हुनुहुन्थ्यो, प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा उहाँले चरम गुटबन्दीको प्रदर्शन गर्नु भएको थियो र पार्टी स्थायी कमिटीमा त्यसको आलोचना पनि भैरहेको थियो तर वामपन्थी सहकार्यको पक्षमा उर्लेको जनताको समर्थनको दुरुपयोग गर्दै उहाँले पार्टीमा बलमिच्याईँ गरिरहनु भयो ।

निर्वाचन परिणाम कम्युुनिष्ट पार्टीको पक्षमा आयो । नाकाबन्दीका विरुद्ध नेपाली जनताको नेतृत्व गरेको, चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर नेपालको चीर प्रतिक्षित आकाङ्क्षालाई सम्बोधन गरेको, वाम गठबन्धनद्वारा मुलुकमा बहुमतको स्थीर सरकार बनाउन नेतृत्व गरेकोजस्ता कारणले कमरेड ओली र पार्टीको लोकप्रियता अक्कासियो । वामपन्थी सरकारको प्रधानमन्त्रीका रुपमा कमरेड ओलीको पुनरागनमले मुलुकलाई एउटा राष्ट्रिय आशा जगायो । गैर कम्युनिष्ट वौद्धिक जनमतले समेत सरकारको पक्षमा खुलेर समर्थन गर्‍यो । कमरेड ओलीमा अझ बढी आत्मगौरव बढ्यो ।

एक्लै निर्णय गर्ने उहाँको कार्यशैली अझ बढ्यो । पार्टी एकता ढिलो हुँदै गएको थियो । तर पार्टीमा छलफल हुन छाडेको थियो । यसै बीच पहिलेझैँ उहाँले नेकपा केन्द्रसँग पार्टीको सिद्धान्त, नाम, सङ्गठनात्मक व्यवस्थालगायत कैयन् विषयमा एकलौटी सम्झौता गर्नु भयो र अचानक पार्टी एकताको प्रस्ताव सुनाउनुभयो । पार्टीको कार्यकारी अध्यक्ष र प्रधानमन्त्रीसमेत नेकपाका दुईजना अध्यक्षका रुपमा कमरेड के पी ओली र प्रचण्डले आलोपालो गर्ने गोप्य सम्झौतासमेत गर्नु भयो । यसरी एकातिर कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उपलब्धीहरु प्राप्त गर्ने सम्भावनाका ढोकाहरु खुल्दै गएका थिए भने त्यसको नेताका रुपमा कमरेड ओलीको व्यक्तिकेन्द्रित चरम गुटबन्दी पूर्ण कार्यशैलीले क्रमशः पार्टीलाई समस्याग्रस्त बनाउँदै गयो ।न्युज बुलेटिन न्युज बुलेटिन

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

0

नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।

महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासङ्घले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ ।