Saturday, May 2, 2026
Home Blog Page 1265

शक्ति संगठित गर्दै खनाल–नेपाल समूह

0

कास्की — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ ।

पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् । नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् । कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी छन् । म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की छन् । गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल समूहले जनाएको छ ।

चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष ओलीले चार जना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल समूह मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको थियो । तीन दिनअघि खनाल–नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो ।

खनाल–नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेका थिए । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता पनि ओली समूहमा ढल्किएपछि खनाल–नेपाल समूहले उनीहरूलाई आफूसँगै राख्ने नीति बनाएको हो । त्यही नीतिअन्तर्गत समानान्तर कमिटी गठन थालिएको हो ।

खनाल–नेपाल समूहले यसअघि नै तीनवटा ठूला भ्रातृ संगठन, युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले दुई दिनअघि सार्वजनिक गरिसकेका छन् । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको हो । खनाल–नेपाल समूहले आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको छ ।

खनाल–नेपाल समूहले ओलीले पार्टीको विधान उल्लंघन गरेर आफ्ना गतिविधि गरेको आरोप लगाउँदै आएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा तत्कालीन नेकपालाई पूर्ववत् पार्टीमै फर्काइदिएपछि एमाले ब्युँतेको हो ।

एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग खनाल–नेपाल समूहको छ तर खनाल–नेपाल पक्षलाई खबरै नगरी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गराएका थिए । उक्त निर्णय खारेज हुनुपर्ने र वैधानिक ढंगबाट पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग खनाल–नेपाल पक्षले गर्दै आएको छ तर ओलीले खनाल–नेपाल समूहको माग सुनेका छैनन् ।

ओलीले माग नसुनेपछि गत चैत ४ र ५ गते खनाल–नेपाल समूहले राजधानीमा आफू पक्षका नेताहरूको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । उक्त भेला रोक्न ओलीले खनाल–नेपाल समूहलाई आग्रह गरेका थिए तर नरोकेपछि उनले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । ओलीलाई स्पष्टीकरण दिनुको सट्टा नेताहरूले उल्टै प्रतिप्रश्नसहितको पत्र पठाएपछि ओलीले चार नेतालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिसकेका छन् । ओलीले कारबाहीको दायरा बढाउँदै लगेपछि खनाल–नेपाल समूह अब ओलीको ज्यादति सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको हो ।

कान्तिपुरबाट साभार

यौन स्वास्थ्यसँग जोडिएका केही सत्य र केही झूट

0

यौन विशेषज्ञहरु यौन शिक्षालाई व्यक्तिले बिस्तारै बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ ।

यौनको बारेमा धेरै गलत हल्लाहरू हुन्छन् । यौनको विषयमा कतिपय भ्रम पनि धेरैले पालेर बसेका हुन सक्छन् । जुन भ्रम र यथार्थका बारेमा केही जानकारी दिने कोसिस गरिएको छ ।

महिलाहरुको यौनसँग जोडिएका केही भ्रमहरू

महिलाहरुको बीचमा पनि यौनसँग जोडिएका कैयौं मिथकहरु प्रचलित छन् । यदि तपाईं पनि अहिले नै गर्भधारण गर्न चाहनुहुन्न भने यसको लागि यौनसँग जोडिएका केही बुझाइको बारेमा ध्यान दिनुपर्छ ।

स्तनपानको समयमा गर्भ रहनेबारे

स्तनपानको समयमा यौन सम्पर्क गर्दा महिलाको गर्भ रहँदैन भन्ने मान्यता सुन्न पाइन्छ । स्तनपानको समयमा शरीरमा बन्नेवाला हर्माेनहरुले केही समयको लागि अण्डा बन्ने प्रक्रिया वा ओब्युलेशन कार्य रोक्न सक्छ । तर यो सधैं सुरक्षित हुँदैन । त्यसैले सुत्केरी भएपछि पनि यौनको समयमा सुरक्षात्मक उपायको उपभोगको सल्लाह दिने गरिन्छ ।

गर्भनिरोधक चक्कीको सेवनबारे

यदि गर्भनिरोधक चक्कीको पूरा फाइदा लिने हो भने यौन सम्पर्कपछि तुरुन्तै यस्तो चक्की लिनुपर्ने हुन्छ । पहिलो २४ घण्टामा यसको असर ९५ प्रतिशतसम्म हुने गर्छ । जबकि ७२ घण्टामा यसको असर ६० प्रतिशतमा झर्ने गर्छ ।

दुईवटा कण्डमको एकसाथ प्रयोग गर्नेबारे

कतिपयले सुरक्षाको लागि दुईवटा कण्डमलाई एकसाथ प्रयोग गर्न सुझाव दिन्छन् । तर चिकित्सकहरु यो सहि नहुने बताउँछन् । किनकि कण्डमहरु एकअर्कामा रगडिँदा आफैँ फाट्ने सम्भावना पनि बढी हुन्छ । यो अन्य संक्रामक रोगबाट बच्नको लागि पनि उपयुक्त हुने भएकोले एउटा नै कण्डम प्रयोग गर्न सकिन्छ ।

महिनावारी भएको समयमा हुने यौन सम्पर्कका बारेमा

कतिपयमा महिनावारीको समयमा यौन सम्पर्क गर्दा गर्भवती हुने सम्भावना कम हुन्छ भन्ने मान्यता पनि रहेको पाइन्छ । तर यसमा पनि सत्यता रहेको पाइँदैन । चिकित्सकहरु यस समयमा गर्भको सम्भावना कम हुने भए पनि असम्भव भने हुँदैन ।

यौनको विषयमा पुरुषहरुमा हुने गलत धारणा

सुरक्षित यौन सम्बन्धलाई लिएर भारतीय पुरुषहरुमा कैयौं गलत धारणाहरु आउने गर्छ । जसको सम्बन्धमा उनीहरुको मान्यता छ कि यसले एचआईभी एड्स या अन्य एसिडिटी जस्ता समस्या हुँदैन भन्ने मान्यता छ ।

अधिकांश मामलामा पुरुषहरु कण्डमको प्रयोग गर्न चाहँदैनन् । यदि उनीहरुको साथमा कण्डम छैन भने उनीहरु दोस्रो तरिकाले यौन सम्पर्क गर्न चाहन्छन् । यस्तो असुरक्षित यौनसम्पर्क दुवैको लागि जोखिमयुक्त हुन्छ ।

यौनसँग जोडिएको केही तथ्य

१. शारीरिक सम्बन्ध मानसिक सुख समेत प्रदान गर्छ । यसको लागि मानसिक रुपले पनि जोडिनु जरुरी छ ।

२. यो सत्य हो कि समयभन्दा पहिले यौन सम्बन्ध बनाउनको लागि शारीरिक र मानसिक विकासमा धेरै प्रभाव पर्छ ।

३. विवाहभन्दा पहिले यौनको वैवाहिक जीवनमा कुनै असर हुँदैन । यो मान्न सकिन्छ कि विवाहभन्दा पहिले वैवाहिक जीवनको खुसी खोसिने समस्या हुन सक्छ । यो गलत कुरा हो ।

४ यो सही कुरा हो कि यौन सम्बन्ध एक व्यक्तिगत अधिकार हो । यसमा कुनै एकको लागि प्रतिबद्धता हुनु जरुरी छ । तर अहिले यसको महत्व कम हुँदै गएको छ ।

५. सम्बन्धमा यौनको प्राथमिकता कहिलै हुनु हुँदैन । भावनात्मक सम्बन्धका साथ–साथ आत्मीय सम्बन्ध हुनु समेत जरुरी हुन्छ । तपाईं यौनको महत्वलाई बुझ्न सकिन्छ ।

अनलाईनखबर बाट साभार

‘ब्यूटी क्विन’ एलिजा

0

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् ।

‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो केही महिनायता म्यूजिक भिडियोमा व्यस्त छिन् ।

अनलाईनखबर बाट साभार

मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग

0

दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो । उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

0

पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ । बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।

जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भन्नुभयो, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”

दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले रकम आउने गरेको छ । सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताउनुभयो ।

आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

0

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उहाँले भन्नुभयो, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।”

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताउनुभयो । उहाँका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ ।

यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ÷साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

0

प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ ।

बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ ।

न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

आइएमई लुटपाट गर्ने पक्राउ

0

काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।

प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी आएको र सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तबाट रु ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको फेला परेको छ । अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् ।

थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

0

मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिनुभयो

बाबुराम भट्टराई भन्छन् – ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’

0

काठमाडौँ — जनता समाजावदी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले जसपाले ‘ओलीतन्त्रको घाँस नखाने’ दाबी गरेका छन्‘रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! बन्दी बीपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस–कम्युनिस्ट पञ्‍चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !,’ भट्टराईले लेखेका छन् ।

रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
सरकारमा जाने/नजाने विषयले जसपाभित्र चर्को विवाद देखिएकै बेला अध्यक्ष भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । जसपामा भट्टराई र उपेन्द्र यादवपक्ष ओली सरकारमा सहभागी हुन नहुने अडान राख्दै आएका छन् ।
तर, पूर्व राजपा पक्षका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु भने आफूहरुका माग ओलीले नै पूरा गर्ने बताउँदै आएका छन् ।
कान्तिपुरबाट साभार