Sunday, May 3, 2026
Home Blog Page 1258

मौलिकता मास्ने साम्राज्यवाद अमान्य : गोकुल बाँस्कोटा

0

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले मुलुकको मौलिकता मास्ने साम्राज्यवाद अमान्य भएको बताउनुभएको छ ।

सांसद बाँस्कोटाले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको पाँचौँ जिल्लासभा तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा राउटे समुदायलाई जबर्जस्त इसाइकरण गरेर मुलुकको मौलिकता मास्ने प्रयास भइरहेको बताउनुभयो । “सांस्कृतिक मौलिकता मास्ने राम्राज्यवाद कुनै पनि हालतमा मानिदैन, धर्म र दल परिवर्तन नागरिकको स्वतन्त्रता हो”, उहाँले थप्नुभयो ।

उहाँले भन्नुभयो, “ठाउँठाउँमा पार्टी बनाएर हिँड्नेलाई मेरो पनि शुभकामना छ, कमसेकम नाम र चिह्न भएको पार्टी बनाउनु । नेपालमा दुई पार्टी छन्, एमाले र काङ्ग्रेस, यिनै दुई पार्टीहरु चित्त बुझेनी–नबुझेनी, राम्रो भएनी–नभएनी, आलोचना भए करेक्सन हुँदै ढल्दै, धुलो टकटक्याउँदै यिनीहरु नै अगाडि बढ्छन् ।” ।

कार्यक्रममा पनौती नगरप्रमुख भीम न्यौपाने, बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, एमालेका जिल्ला नेता इन्द्रबहादुर तामाङ, माओवादी केन्द्रका नेता विष्णु मिजारलगायतले जिल्लासभा सफलताको शभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा जिसस प्रमुख उद्धव केसीले विसं २०७५ मा शुरु भएको नवनिर्मित भवन रु एक करोड ४८ लाख १७ हजारमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

आफ्नै बलबुतामा उभिएकी प्रविधि जगतकी कान्छी अर्बपति

0

सायद यसअघि उनको नाम धेरैले सुनेका थिएनन् । तर यो पटकको फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक उनको प्रवेशसँगै त्यसले एकखालको तरंग ल्यायो ।

डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् ।

अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर बम्बल संस्थापक हर्डका विषयमा उतिधेरै समाचार नआएका भए तापनि उनी समेत कार्दाशिनभन्दा कम सशक्त रोल मोडल होइनन् । किनकी ३१ वर्षकी हर्ड विश्वकै सबैभन्दा कान्छो उमेरकी र आफ्नै बलबुताले बनेकी अर्बपति हुन् ।

गत फेब्रुअरीमा बम्बल कम्पनीलाई सार्वजनिक कम्पनीको रुपमा परिणत गरेसँगै हर्ड अर्बपतिको सूचीमा उक्लिएकी हुन् । बम्बललाई सेयर बजारमा लैजाने बेला हर्ड १८ महिने छोराको आमा थिइन् ।

आफ्नो भाषणमा उनले इन्टरनेटलाई अझै प्रिय र उत्तरदायी ठाउँ बनाउन चाहेको बताएकी थिइन् ।

सन् २०१७ मा बीबीसीसँगको अन्तरवार्तामा उनले प्रभावकारी प्रमुख कार्यकारी बन्ने गुह्य काइदा भनेकै आफूलाई अति गम्भीररुपमा नलिनु नै भएको बताएकी थिइन् ।

साथै काम र व्यक्तिगत जीवनबीचमा सन्तुलन ल्याउनु, परिवारका लागि समय निकाल्नु र दिउँसो छुट्टी लिनु पनि आवश्यक रहेको उनको तर्क छ ।

अर्बपति क्लबमा उनको आरोहणको कथा रोचक छ ।

डेटिंग एप बम्बल स्थापना गर्नुअघि उनी अर्को एप टिन्डरको संस्थापक टिमकी सदस्य थिइन्। तर अन्य कार्यकारीहरुसँगको सम्बन्धमा खटपट आएसँगै उनले टिन्डर छाडि्न । रोचक त के भने उनीसँग सम्बन्ध बिग्रिएका कार्यकारीहरुमध्ये एकजनासँग त उनी प्रेम सम्बन्धमा थिइन् । त्यसको केही समयपछि उनले आफूमाथि यौनहिंसा भएको भन्दै उजुरीसमेत दिइन्।

टिन्डरको मातृ कम्पनी म्याच ग्रुपले यौनहिंसाको आरोप अस्वीकार गर्‍यो तर उक्त मुद्दा मिलाउनका लागि १० लाख डलर तिर्‍यो ।
उक्त घटनापछि उनले थुप्रै अनलाइन हिंसाको सामना गर्नुपर्‍यो र आफ्नो ट्वीटर अकाउन्टसमेत बन्द गरिन् ।

आफूले भोगेको उक्त पीडालाई सम्बोधन गर्नेगरी अन्ततः उनले यस्तो डेटिंग एप सुरु गरिन् जसको लगाम महिलाको हातमा हुन्छ । वास्तवमा बम्बल यस्तो डेटिंग एप हो जसमा आफ्नो सम्भावित पार्टनरसँग कुराकानी गर्दा केवल महिलाले मात्र कुराकानीको सुरुआत गर्न सक्दछन् ।

यो सोच सामान्य जस्तो लाग्न सक्दछ । तर डेटिंग एपमा पुरुषहरुबाट अनावश्यक मेसेजहरुको सामना गर्नु पर्ने महिलाहरुका लागि यो फिचरको महत्व थाहा हुन्छ ।

उनले रुसी अर्बपति एन्ड्रे एड्रीभको सहयोगमा बम्बलको स्थापना गरेकी थिइन् । अर्को कम्पनी बाडूमा पनि लगानी भएका एन्ड्रेले सन् २०१९ को नोभेम्बरमा बम्बल र बाडू दुवैमा रहेको आफ्नो सेयर बिक्री गरे ।

बम्बलमा संस्थापक वल्फे हर्डको ११.६ प्रतिशत सेयर रहेको छ । जसको मूल्य १ अर्ब ३० करोड डलर हुन आउँछ । उनी बाडू एपकी पनि प्रमुख हुन् । दुवै एपका गरी ४ करोड प्रयोगकर्ता छन् र तीमध्ये २४ लाख सशुल्क प्रयोगकर्ता हुन् ।

हर्ड आफूमाथि भएको हिंसाका बारेमा खुलेर बोल्ने महिला पनि हुन् । उनले एक अन्तरवार्ताका क्रममा किशोरावस्थाका बेला आफूमाथि बलात्कार भएको खुलासा गरेकी थिइन् ।

बडी सेमिङ, हेट स्पिच तथा हिंसाजन्य अभिव्यक्तिहरुप्रति बम्बलले सख्त नीति अख्तियार गर्ने गर्दछ । पछिल्लो पटक बम्बलले जीउडालका बारेमा नकारात्मक टिप्पणी गर्ने अर्थात् बडी सेमिङको विरुद्धमा अभियान चलाएको छ । जसअन्तरगत जीउडालको स्वरुप तथा आकारप्रकारका बारेमा अपमानजन्य कुराहरुलाई बन्देज लगाइएको छ ।

फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो वार्षिक सूचीमा संलग्न ३२८ जना महिलामध्ये हर्ड पनि एक हुन् । अघिल्लो वर्ष अर्बपतिको सूचिमा २४१ जनामात्र महिला थिए ।

विश्वका सर्वाधिक धनी महिलाको पहिलो नम्बरमा अमेरिकी अर्बपति एलिस वाल्टन छिन् जो वालमार्टकी मालिकनी मध्येकी एक हुन् भने दोश्रो नम्बरमा फ्रेन्च अर्बपति फ्रान्कोइस बिटनकोर्ट मायर्स छिन् । उनी कस्मेटिक कम्पनी लोरिएलका संस्थापककी नातिनी हुन् ।

विश्वका धनी महिलाहरुको तेश्रो नम्बरमा चाही म्याकेन्जी स्कट छिन् । उनी अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी हुन् ।

अनलाईनखबर बाट साभार

बाढी-पहिरोमा परेका घर पुनःनिर्माणका लागि ५० करोड दिने निर्णय

0

२६ चैत, काठमाडौं । गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएकाे बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुनःनिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद् जोखिम न्यूनीकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विपद् व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनःनिर्माणका लागि रकम दिने निर्णय भएको छ।

मनसुनजन्य विपद्का कारण घरमा क्षति पुगेका परिवारका लागि पुनःनिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो, तर बजेट अभावमा रकम पठाउन सकेका थिएनौं’ पोखरेलले अनलाइनखबरसँग भने, ‘यो निर्णयसँगै चाँडै पहिलो किस्ताको रकम वितरण हुनेछ ।’

कार्यविधि अनुसार घर पुनःनिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रति घर दिने उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनःनिर्माणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सीईओ पोखरेलले बताए ।

डढेलो नियन्त्रणमा सबै स्रोत र जनशक्ति लगाउन निर्देशन

प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भीर बन्न निर्देशन दिएका हुन् ।

‘स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत, साधन प्रयोग गरेर भए पनि डढेलो नियन्त्रणमा लिनुस्’ ओलीले भनेका छन्, ‘कतिपयले जानीजानी आगो लगाउने पनि गरेका छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उनले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ ।

अनलाईनखबर बाट साभार

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज

0

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका दिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् ।

संविधानविद् टीकाराम भट्टराईका अनुसार प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । ‘उहाँहरुलाई पदमा कायमै राख्ने हो भने पुन: नियुक्ति गर्नुपर्छ’ उनले भने ।

अनलाईनखबर बाट साभार

लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

0

फिलिपिन्समा एकजना व्यक्ति कोरोना भाइरस महामारीका कारण सरकारी लागू गरेको लकडाउन कर्फ्युको नियम तोडेको अभियोगमा पक्राउ परे ।

नियम तोड्ने ती व्यक्तिलाई सजायँको रुपमा ३०० पटक उठबस गर्न लगाइयो । लगातार उठबस गर्नुपर्दा ती व्यक्तिको स्वास्थ्य अवस्था यति खराब बन्यो कि उनको मृत्यु नै भयो ।

डेरेन नामका ती २८ वर्षीय युवकको मृत्युको घटनाले फिलिपिन्स प्रहरीमाथि दबाब सिर्जना भएको छ।

समाचार अनुसार ती व्यक्ति पानी किन्नका लागि घरबाट निस्किएका थिए । तर लकडाउनको कर्फ्यु उल्लंघन गरेको भन्दै उनलाई बाटोमै एक स्थानीय समूहले पक्राउ गर्यो र प्रहरी चौकी लग्यो ।

प्रहरी चौकीमा डेरेनलाई सजायस्वरुप सयौँ पटक उठबस गर्न लगाइयो । सजाय भुक्तान गरी लखतरान परेर डेरेन बल्लतल्ल घर पुगे । घर पुग्ने बिक्तिकै उनले आफ्नी पत्नीलाई आफ्नो जीउ निकै दुखेको बताए र रिंगटा लागेको भनेर ओछ्यानमा पल्टिए । त्यसपछि उनी उठ्न सकेनन् । पत्नीले किन यस्तो भयो ? भनेर सोध्दा उनले पुलिस चौकीमा आफुलाई ३ सय पटक उठबस गर्न लगाइयो बताए ।

सुरुमा १ सय पटक उठबस गर्नुपर्ने भनिए पनि ३०० पटक गराइएको उनको भनाइ थियो ।

डेरेनकी पत्नीका अनुसार उनलाई मुटुको रोग थियो र निकै समस्या थिए । डेरेनको परिवारले प्रहरीको अत्याचारका कारण मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

अनलाईनखबर बाट साभार

प्रधानमन्त्रीलाई गगनको चुनौती : तीन वर्षमा केके भए संसदमा बहस गरौं

0

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् ।

संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए । उनले अघि भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

अनलाईनखबर बाट साभार

मोदीले लगाए कोरोना खोपको दोस्रो डोज

0

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युड अफ मेडिकल साइन्स एम्समा बिहीबार कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएका छन्।

“मैले आज कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप पनि लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्।

यो खोपले कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने विश्वास पनि व्यक्त गर्दै उनले खोप अभियानमा सहभागी हुन सवैलाई आह्वान गरे।

मोदीले पहिलो डोज गत मार्च १ मा लगाएका थिए। भारतले कोरोनाभाइरस विरुद्धको खोप ठूलो मात्रामा उत्पादन गरेर आफ्नो देशका जनतालाई लगाइदिनुका साथै अन्य धेरै देशहरुलाई पनि उपलब्ध गराएको छ।

अफगानिस्तानमा बीस लडाकू मारिए

0

एजेन्सी । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी कम्तीमा २० लडाकू मारिएका छन् । देशको उत्तरी कुन्दुज प्रान्तमा पर्ने इमाम साहिब जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भएका घटनामा उनीहरुको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता इनामुद्धिन रहमानीले बिहीबार जानकारी दिए । “इमाम सहिब जिल्लामा भएको घटनामा परी कुल २० तालिबान लडाकूहरु मारिएका छन्,” उहाँले सिन्ह्वासँग भने।

घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया नआएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

0

काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिनुभयो । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति ९आइएफआर० बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हँुदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताउनुभयो । उहाँका अनुसार आज पोखरा विमानस्थलबाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।

रेडपाण्डा चोरी-सिकार गर्ने एकजना कारागार चलान

0

दुर्लभ रातो हाब्रे रेडपाण्डा चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे ९रेडपाण्डा० चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको गोठमा लुकिछिपी बसेको अवस्थामा थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।