Sunday, May 3, 2026
Home Blog Page 1254

एलन मस्कको कम्पनीले गर्‍यो चमत्कार, बाँदरले खेल्यो कम्प्युटरमा भिडियो गेम

0

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिंकले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जसले धेरैलाई आश्चर्यमा पारिदिएको छ ।

सार्वजनिक भएको भिडियोमा एउटा बाँदर आफ्नै दिमाग लगाएर भिडियो गेम खेलिरहेको देख्न सकिन्छ । एउटा बाँदर भिडियो गेम पोंग खेलिरहेको न्युरालिंकको भिडियो मस्कले ट्वीटरमा सेयर गरेका छन् ।

स्मरण रहोस् न्युरालिंक एउटा यस्तो कम्पनी हो जसले जसले प्रत्यारोपणयोग्य मस्तिष्क मेसिन इन्टरफेसको विकास गरिरहेको छ जसले मानिसको मस्तिष्कलाई कम्प्युटरसँग जोड्नेछ ।

भिडियो गेम खेल्ने बाँदरको कथा

नौ वर्षको पेजर नामक उक्त बाँदरले यो भिडियो खिच्नुभन्दा झण्डै ६ हप्ताअघि न्युरालिंकको मेसिन प्रत्यारोपण गरिएको थियो ।

पेजरलाई सुरुमा जोएस्टिकको सहायताले अनस्क्रिन गेम खेल्न सिकाइएको भिडियोबाट प्रष्ट हुन्छ ।

पेजरले भिडियो गेममा रंगिन वर्गहरुलाई सार्नका लागि जोए स्टिकको प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ ।

केही छिनपछि कम्प्युटरबाट जोएस्टिक हटाइन्छ तर पेजरले चाहिँ आफ्नै दिमागले पोंग गेमलाई निरन्तरता दिएको हुन्छ ।

न्युरालिंकले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ-हामीहरु यो खुलासा गर्दा खुसी छौँ कि आफ्नै स्नायुजन्य क्रियाकलापमार्फत् पेजर नामको बाँदरलाई कम्प्युटर स्क्रिनमा कर्सर सार्न सक्षम बनाउन न्युरालिंक सफल भएको छ । बाँदरमा १०२४ इलेक्ट्रोडयुक्त न्युरल रेकडिंग तथा डाटा ट्रान्समिसन यन्त्र प्रत्यारोपण गरिएको थियो ।

टेस्ला सीईओ मस्कले उक्त भिडियो शेयर गर्दै ट्वीटरमा लेखेका छन् – बाँदरले आफ्नो दिमागले पोंग खेलेको छ । वास्तवमा एउटा बाँदर ब्रेन चिपको प्रयोग गरी भिडियो गेम खेलिरहेको छ ।

एक अर्को ट्वीटमा मस्कले बताए अनुसार न्युरालिंक कम्पनीले उत्पादन गर्ने उपकरणहरुको सहयोगमा प्यारालाइसिस भएका मानिसहरुले आफ्नो दिमागको सहायताले स्मार्टफोन चलाउन सक्नेछन् र उनीहरुले स्मार्टफोन चलाउने गति सामान्य मानिसले औँलाले चलाउने गतिभन्दा तीव्र हुनेछ । उनका अनुसार न्युरालिंकका उपकरणहरुले पक्षघात भएका मानिसहरुलाई हिड्न सक्ने समेत बनाउनेछ ।

अनलाईनखबर बाट साभार

राजनीतिक समस्या समाधान हुन्छ, लगानीकर्ता आत्तिनु पर्दैन : अर्थमन्त्री

0

३० चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका राजनीतिक समस्या संवैधानिक रुपमै समाधान हुने हुँदा लगानीकर्ताले चिन्तित हुनु नपर्ने बताएका छन् । विश्व बैंकद्वारा सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राजनीतिक रुपमा देखिएका सबै समस्या संवैधानिक तवरबाटै हल हुने बताएका हुन् ।

त्यसअघि विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा उत्पन्न राजनीतिक परिस्थितिले लगानीकर्तामा अन्याेल सिर्जना गरेको उल्लेख थियो ।

कोरोनाभाइरसको महामारीका बीच उत्पन्न राजनीतिक अन्याेललाई विश्व बैंकले समेत चासोका साथ हेरेको छ । त्यस चासोलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोरोना महामारीको दोस्रो वेवबाट नेपाली जनता र अर्थतन्त्रलाई बचाउन समेत सरकार क्रियाशील रहेको बताए ।

‘निरन्तर वृद्धि भइरहेको नेपालको अर्थतन्त्रलाई कोभिडले असर गरेको छ’ उनले भने, ‘यो समस्यालाई यहाँहरुको उत्साह र समर्थनबाट नेपाल सरकारले सुझबुझपूर्ण तरिकाले समाधान गरिरहेको छ ।’

उनले एक पटक खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप वितरण गर्न र एक पटक पनि नलगाएका नागरिकलाई खोप उपलब्ध गराउन सरकारले काम गरिरहेको समेत बताए ।

अर्थमन्त्रीको संयोजकत्वमा आर्थिक पुनरुत्थान, पुनर्संरचनाबारे सुझाव दिन परामर्श समितिले काम गरिरहेको जानकारी गराउँदै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्र र विकास साझेदार संस्थासँग समन्वय गरेरै अगाडि बढ्ने उल्लेख गरे ।

सरकारले नयाँ बजेटको तयारीमा जुटेको भन्दै उनले अबको बजेट समेत कोरोनाको प्रभाव न्यूनीकरणा केन्द्रित हुने जानकारी गराए । विश्व बैंकले चालु आवमा २.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणसहित नेपाल विकास अपडेट सार्वजनिक गरेको हो ।

अनलाईनखबर बाट साभार

‘बाफ्टा अवार्ड’मा प्रियंकाको पहिरनको चर्चा

0

लण्डनमा सुरु भएको ‘बाफ्टा अवार्ड २०२१’मा नायिका प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् । अवार्डको रेड कार्पेटमा पतिसँग देखिएकी प्रियंकाको पहिरनको चर्चा सामाजिक संजालमा भैरहेको छ । ७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड आइतबार लन्डनको रोयल अल्बर्ट हलमा आयोजना भएको थियो । रेड कार्पेटमा खुलेको रातो ज्याकेट लगाएकी प्रियंका निकै हट देखिएकी थिइन् ।

प्रियंकाले रेड कार्पेटमा मिडियासँग कुरा गर्दै आफ्नो लण्डन यात्रा र नयाँ चलचित्रको बिषयमा पनि कुरा गरेकी थिइन् । यो अवार्डमा प्रियंकाले अभिनय गरेको चलचित्र ‘दि ह्वाइट टाइगर’का नायक गौरव उत्कृष्ट नायकको विधामा नोमिनेशनमा थिए

अनलाईनखबर बाट साभार

थकाइ मेटाउने चौतारी : जगेर्ना गर्दै गण्डकी सरकार

0

चौतारी वास्तवमा बटुवाको थकाइ मेटाउने थलो हो । गाउँबेसी गर्दा भारी बिसाउने ठाउँ पनि चौतारी नै हुन् । तर मोटरबाटोको ठाउँमा भएको विस्तारसँगै चौतारीहरु बिर्सिइँदै गए । मान्छेहरु हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर के अहिलेको समयमा चौतारी अस्तित्वविहीन बनिसकेका हुन् त ?

बर र पिपलसँगै रोपेर चारकुना बनाइएको चौतारी, वर र पिपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा । परम्परागत चौतारोको यही हो विशेषता । गर्मी महिनामा गुन्द्री विछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रय स्थल हो चौतारीहरु । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पूर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि गण्डकी प्रदेश सरकारले भने पूर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।

गण्डकी प्रदेश सभाले वि.संं २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यको रुपमा परिभाषित गर्‍यो । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुन बमोजिम दण्ड दिइने व्यवस्था गरेको छ ।

यो ऐनले बर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीब्रता दिनको लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ । सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरी कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरु काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत चालु आर्थिक वर्षमा मात्रै झण्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको वन व्यवस्थापन तथा जैविक विविधता महाशाखाका प्रमुख रामकाजी श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले समेत पहिलेको तुलनामा बढी बजेट विनियोजन गरेपछि चौतारो निर्माण कार्यलाई तीब्रता दिन सकिएको उनी बताउँछन् ।

मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणको लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ । यस अनुसार चौथो चौमासिकसम्ममा २० वटाभन्दा बढी निर्माण भइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षमा कास्की जिल्लामा मात्रै छ वटा चौतारा बनाउनको लागि कुल ५ लाख रुपैयाँ खर्च गरेको थियो ।

वर पिपल समीमध्ये ३ वटै पनि हुन सक्छ । कतै बर मात्रै पनि कतै पिपल मात्रै र कतै समी मात्रै पनि बनाइएको हुन्छ । कतै कपुर लगायतको पनि बनाउने गरिन्छ । श्रेष्ठका अनुसार यसरी बनाइएको चौतारोलाई पुरानै ठाउँमा प्रतिस्थापन गरिएको छ । २०७५ सालमा बनाइएको उक्त ऐनमा सकेसम्म पुरानै ठाउँमा चौतारो पुनर्निर्माण गर्ने र सोही ठाउँमा सम्भव नभए नजिकै अर्काे चौतारो बनाउने उल्लेख छ । साथमा धारा वा कुवाको समेत व्यवस्था गर्नुपर्ने नियम छ ।

अनलाईनखबर बाट साभार

यू-१९ क्रिकेट टिमलाई पाँच वर्षको लागि वाइवाइको प्रायोजन

0

३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पाँच वर्षको रहनेछ ।

सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट टिम भनिनेछ । सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि गरिनेछ ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेकाे बताए । ‘फेरि अवसर दिनुभएकोमा धन्यवाद । युवालाई कसरी विकास गर्न सकिन्छ भनेर सोचिरहेका छौं ।’

‘पहिला हामीले सहकार्य गर्दा नेपालमा क्रिकेट त्यति चर्चित थिएन । हामीले महिला, पुरुष, उमेर समूह सबैसँग सहकार्य गर्‍यौं’ चौधरीले थपे, ‘अहिले धेरै विकास भइरहेको छ । कहीं न कहीं वाइवाइले त्यसमा केही सहयाेग गरे जस्तो लाग्छ ।’

यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन मद्दत मिलेको बताए । ‘नेपाली क्रिकेटमा वाइवाइले चासो राखिरहेको छ । डेढ वर्षदेखि निरन्तर छलफलमै थियौं । यसले नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरेका छौं’, उनले भने ।

चन्दले सफलतापूर्वक नेपाली क्रिकेटलाई उँचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

क्यान क्रिकेट म्यानेजर विनोद दासले सम्झौताबापतको रकम यू-१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च गरिने बताए ।

दासले यू-१९ महिला क्रिकेट टिमको लागि पनि सम्झौताबारे छलफल भइरहेको बताए ।

यस्तै चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले आफूहरूको चाहना महिलालाई पनि सहयोग गर्ने रहेको र अहिलेको आवश्यकता अनुसार सहकार्य गरेको बताए ।७० लाखबाहेक अन्य सपोर्ट पनि गर्दै जाने निर्वाण चौधरीले बताए ।

अनलाईनखबर बाट साभार

 

 

जापानव्‍यापी खुल्ला कविता प्रतियोगितामा विमन किराती प्रथम

0

२७ चैत, जापान । जापानव्‍यापी खुल्ला कविता प्रतियोगितामा गुन्मा केन निवासी विमन किराँती प्रथम भएका छन्। एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगीतमा किराँतीले वाचन गरेको देशको रङ्ग शीर्षकको कविता प्रथम भएको हो ।

यस्तै कुमामोतो निवासी मन्जुल बराइलीले वाचन गरेको बेपत्ता पसिनाहरु शीर्षकको कविता दोस्रो भएको छ भने टोकियो निवासी सयपत्री थुलुङको उधारो सपना शीर्षकको कविता तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: ५०,००० येन ३०,००० येन र २०,००० येनका साथै प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै उत्कृष्ट १० भित्र पर्ने सबै कविताका सर्जकहरुलाइ आयोजकले प्रमाणपत्र प्रदान गरेको छ ।

प्रतियोगीतामा मार्च २८ राति १२ बजेसम्म जापान भरिबाट प्राप्त भएका ४९ वटा कविता समावेश गरिएको आयोजकले जनाएको छ ।

जापानमा बसोवास गर्ने साहित्यिक व्यक्तित्वहरुको प्रतिभा उजागर तथा हौसला प्रदान गर्ने उद्देश्यले एनआरएन कान्साईले जापानवासी नेपाली कविहरुलाई समेटने प्रयास गरेको प्रतियोगिताका संयोजक तथा स्मारिका प्रकाशन समिति प्रमुख नरेन्द्र बस्नेत(दिनेश)ले बताए ।

अनलाईनखबर बाट साभार

कथा संसार हेर्ने आँखीझ्याल मात्र होइन !

0

स्रष्टा र सृष्टिको कुरा भइसकेपछि ‘पारिस्थितिकीय’को कुरा आउँछ । मार्क्सको प्रसिद्ध कथन छ– इतिहास सृष्टि हो भने, व्यक्ति पात्र । तर व्यक्तिले आफूले खोजेकै परिस्थिति बनाउन सक्दैन । पारिस्थितिकीयका पनि धेरै बाध्यता हुन्छन् । जसबाहिर इतिहास निर्माणको काम सम्भव हुँदैन ।

त्यस अर्थमा ‘कालजयी’ भनिएका रचना पनि खासमा ‘समसामयिक’ नै हुन्छन् । कालजयी रचनाको अर्थ के हो भने त्यसमा समसामयिकता लामो भयो भने कालजयी हुन्छ । किनभने मान्छेका भावना, उद्वेग परिवर्तन हुँदैनन् । यस्ता भावना र उद्वेगहरू पनि पारिस्थितिकीयकै उपज हुन् ।

कथा लेखनबारे कुरा गर्दा कथालाई ईश्वर बरालले ‘आँखीझ्यालबाट संसार चिहाएको’ रूपमा व्याख्या गरेका छन् । तर झ्याल कहाँको हो, कसरी हेरियो त्यसले फरक पार्छ । जस्तो हामी असन बजार गयौं भने त्यहाँ त हजारौं मानिस छन् । त्यहाँ हाम्रो मित्र वा नाता पर्ने कोही छ भने आँखा शुरूमै त्यहीं पर्छ । यसैले संसार कस्तो हेर्न चाहेको हो, आफूले त्यसरी नै हेर्ने हो ।

साहित्य समाजको ऐना हो भनिएको छ । ऐना हो भने कस्तो ऐना हो ? एकदम सफा (झ्याल–ढोकामा राखिने) ऐना कि, हामीले आफ्नो अनुहार हेर्ने ऐना हो ?

म काठमाडौं आउँदाको सन्दर्भ मलाई याद छ । त्यतिबेला राजमार्गमा घरहरू कम थिए । कलंकीबाट काठमाडौं झर्दा उज्यालो काठमाडौं देखिन्थ्यो । उपत्यका हेर्दा स्वर्गको अनुभूति हुने खालको थियो । अहिले समय बदलिएको छ, काठमाडौं हेर्दा केवल वायुमण्डलको प्रदूषण मात्र छ ।

अर्को परिभाषामा साहित्य समाजको ऐना हो भनिएको छ । ऐना हो भने कस्तो ऐना हो ? एकदम सफा (झ्याल–ढोकामा राखिने) ऐना हो कि, हामीले आफ्नो अनुहार हेर्ने ऐना हो ? अनुहार हेर्नेमा हे¥यो भने त्यसमा देखिने आफ्नै अनुहार मन पर्छ ।

पहिला–पहिला सर्कसमा जाँदा मोटो मान्छे दुब्लो देखिने अनि पातलो मान्छे मोटो देखिने विचित्रको ऐना हुन्थ्यो । ती ऐनाको कोण मिलाएर त्यस्तो बनाइएको हुन्थ्यो । माइक्रोस्कोप पनि ऐना नै हो । यसैले कस्तो ऐना हो त्यहीअनुसार प्रतिबिम्ब देखिन्छ ।

अर्को के पनि भनिएको छ भने, समाजलाई बुझ्न सारा संसार बुझिरहनु पर्दैन । जस्तो कि समुद्रको पानी नुनिलो हुन्छ भन्ने थाहा पाउनलाई समुद्र पिउनु पर्दैन, अलिअलि मुखमा हाले हुन्छ । यो पनि सत्य होइन, किनभने कुन समुद्रको पानी हो त्यसले फरक पार्छ । बिहानको समुद्रको पानी हो कि रातिको, तिर्खा लागेको बेला हो कि, त्यसै पिएको त्यसले पनि फरक पर्छ ।

कथा लेखनमा पनि यस्ता जटिलता छन् तर हामीलाई कथा लेख्नु बडो सजिलो जस्तो लाग्छ । कथाकारले हेर्ने नै हो तर कसको दृष्टिले हेर्ने हो, त्यसले फरक पार्छ । महाभारतमा बर्बरिकले के देख्छ भने लड्ने पनि कृष्ण, लडाउने पनि कृष्ण । पक्ष पनि कृष्ण, विपक्ष पनि कृष्ण । सञ्जयले पनि युद्ध हेर्छ र धृतराष्ट्रलाई निवेदन गर्छ । सञ्जयले केवल गतिविधि मात्र हेरिरहेको हुन्छ ।

कृष्ण त कृष्ण नै हुने भए । उनको दृष्टिकोणले तथाकथित सत्यको विजय, असत्यको हार बोकेको हुन्छ । प्रत्येक योद्धाले युद्ध हेरिरहेको हुन्छ । सबैको आ–आफ्नो दृष्टिकोण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा, जुनसुकै समयमा पनि शक्ति–संघर्ष भइरहेको हुन्छ । परिवार, समाज, राज्यमा शक्ति–संघर्ष हुन्छ । शेक्सपियरदेखि, व्यास, वाल्मीकिसम्मले शक्ति–संघर्षको कथा भनेका छन् । कथाको भाषामा यसलाई द्वन्द्व (कन्फ्लिक्ट) भनिन्छ । द्वन्द्व यसै त हुँदैन । व्यक्तिगत, सामाजिक, राजनीतिक द्वन्द्व हुन्छ । त्यसमध्ये कथाकारले कुन द्वन्द्व प्राथकिकतामा राख्छ, त्यसले कथालाई प्रभावित गर्छ ।

राजनीतिक प्रकृतिको चित्रणमा सबै व्यास हुँदैनन्, शेक्सपियर हुँदैनन् । यसको सीमितता के भइदिन्छ भने प्रत्येक व्यक्ति जतिसुकै अराजक भए पनि सीमामै हुन्छ । बीपी कोइरालाले ‘म अरू ठाउँमा अनुशासित भए पनि साहित्यमा अराजक छु’ भनेका थिए । तर उनी पनि साहित्यमा त्यसरी अराजक भएको देखिंदैन । अराजकताका सीमा सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक विमर्शले तोकिदिएको हुन्छ । अतः अराजकताको पनि सीमा हुन्छ ।

आँपको स्वाद कस्तो हुन्छ भनेर जति व्याख्या गरे पनि तपाईंले आँप नखाई त्यसको स्वाद पत्ता पाउनुहुन्न । यसरी हेर्दा भाषाको पनि आफ्नै सीमितता छ । जुनसुकै सम्पन्न भाषामा पनि १० लाखभन्दा बढी शब्द नहोलान् । नेपाली भाषाका शब्द जोडेर जति भने पनि मान्छेका अनन्त भावना समेट्न गाह्रो पर्छ । शब्दले कति नै भन्न सकिएला !

तर हरेक कथामा उत्कृष्टता तब आउँछ, जब जीवनका रसहरूको अनुभव त्यो कथामा आउँछ । जीवनका रस भन्नाले रगत, पसिना, पिसाब, जल, कामरस, आँशु…।

कामरस, जसबाट सृष्टि चलेको छ, त्यो कथामा छ कि छैन ? पिसाब जीवनको रस हो त्यो कथामा छ कि छैन ? जीवन देखिने तरल कुरा साहित्यमा छ कि छैन । जस्तो शोककाव्यमा आँशु हुन्छ । पसिना पनि त तरल कुरा नै हो ।

अनि कथा कस्तो छ भनेर हेर्दा त्यसभित्रको पात्रको चरित्र हेरिन्छ । चरित्रहरूबीच हुने संघर्ष हेरिन्छ । यी सबै कुरा ख्याल गरे मात्र कथाबारे बुझ्न सकिन्छ । कथामाथि मन्थन गर्न सकिन्छ ।

अनलाईनखबर बाट साभार

ओली नेतृत्वको सरकार ‘चमत्कारी सरकार’- गगन थापा

0

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको पुनःस्थापनाको बारेमा सरकारले केही नसोचेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै थापाले केपी ओली नेतृत्वको सरकारलाई ‘चमत्कारी सरकार’ भनेर व्यङ्ग्य गर्दै उनले चमत्कारी सरकारले जनताको पक्षमा केही नसोचेको र काम नगरेको आरोप लगाए ।

थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताए । ‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन्, यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ,’ थापाले भने ।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनको भनाइ छ ।

आधुनिक बन्दै भिखारीहरु, दान लिनका लागि डिजिटल भुक्तानी

0

एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् ।

तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् ।

चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन बढेको छ । मानिसहरु नगद सित्तिमित्ति बोक्दैनन् । त्यसले भिख मागेर गुजारा चलाउनेहरुलाई असर पार्‍यो ।

दान गर्नेहरुको गोजीमा नगद रकम नहुने भएका कारण भिखारीहरुले दान पाउन छाडे । त्यहीँ समस्यालाई समाधान गर्नका लागि चिनियाँ भिखारीहरुले भिख माग्नका लागि डिजिटल वालेटको प्रयोग गर्न थालेका छन् । जसका कारण दान गर्न चाहेका लागि खुद्रा पैसा गोजीमा नभएको बहाना बन्न नपाओस् ।

फाइनान्सियल एक्सप्रेसको एक रिपोर्टअनुसार चीनमा भिखारीहरु क्यूआर कोड भएको एक कागज हातमा लिएर सहरका पर्यटकीय स्थलदेखि शपिङ मल जस्ता ठाउँहरुमा उभिएका हुन्छन् । त्यस्ता ठाउँमा थुप्रै विदेशी पर्यटक तथा स्थानीय मानिसहरु समेत आउँदछन्, जसले भिखारीहरुलाई डिजिटल माध्यमबाट भिख दिने गरेका छन् ।

चीनका दुईवटा ठूला इवालेट कम्पनीहरुले भिखारीहरुलाई यस काममा सहयोग गरेका छन् । अलि पे र विच्याट वालेटले भिखारीहरुसँग सहकार्य गरेको बताइएको छ ।

भिखारीहरुले जसै क्यूआर कोडको माध्यमबाट दान लिन्छन् तब दाताको विवरणसमेत कम्पनीहरुले प्राप्त गर्दछन् । ती कम्पनीहरुले त्यस्ता डाटालाई विज्ञापनलगायतका लागि प्रयोग गर्ने गर्दछन् ।

स्मरण रहोस् यो वर्षको सुरुमै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई गरिबी मुक्त घोषणा गरेका थिए । चीन गरिबी मुक्त घोषणा गरिएको विश्वकै पहिलो देश पनि हो । चीन सरकारका अनुसार सन् १९७० को दशकयता चीनमा ७७ करोड मानिसले गरिबीबाट मुक्ति पाएका छन् ।

अनलाईनखबर बाट साभार

आङ सान सुकीमाथी ६ नयाँ आरोप !

0

एजेन्सी ।  म्यान्मारमा सेनाको ‘कू’ पछि अपदस्थ गरिएका नागरिक नेता आङ सान सुकीलाई सोमबार नयाँँ फौजदारी अभियोग लगाइएको उहाँका वकीलले जानकारी दिएका छन् ।

उहाँमाथि ६ वटा थप मुद्दामा अभियोग लगाइएको छ । न्यापिटअ पाँच र याङ्गु एउटा मुद्दा लगाइएको उहाँका वकील मीन मीन सो एएफपीलाई बताएका छन् । पछिल्लो आरोप मुलुकको प्राकृतिक प्रकोप व्यवस्थापन कानून अन्तर्गत रहेको पनि वकीलले थप जानकारी दिएका छन् ।

म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा हिजो मात्र कम्तीमा ८० जनाको मृत्यु भएको थियो । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सुकी र उहाँको ‘नेशनल लिग फर डिमोक्र््यासी’ दल निर्वाचित भएको थियो । निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।