Sunday, May 10, 2026
Home Blog Page 100

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, नयाँ दर सोमबार मध्यरातदेखि लागू

0

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको छ । नेपाल आयल निगम का अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाइएको छ ।

नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

राप्रपा वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा निधन

0

काठमाडौँ । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ नेता विश्वबन्धु थापा को निधन भएको छ।

राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठ का अनुसार थापाको शनिबार साँझ ९८ वर्षको उमेरमा निधन भएको हो।

श्रेष्ठका अनुसार २००७ सालदेखि पछिल्लो समयसम्मका राजनीतिक घटनाक्रमका साक्षी रहेका थापाको निधनले देशले एक इतिहास पुरुष गुमाएको छ भने राप्रपाले आफ्नो अग्रज नेता गुमाएको छ। राप्रपा निर्माण तथा विस्तारमा स्वर्गीय थापाको योगदान सदैव सम्मानपूर्वक स्मरणीय रहने उनले उल्लेख गरे।

थापा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह ले वि.सं. २०१७ साल पुस १ गते जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई पदबाट हटाएर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री बनेका थिए।

स्वर्गीय थापा नेपालका प्रभावशाली ऐतिहासिक व्यक्तित्व भीमसेन थापा का पाँचौँ पुस्ताका सदस्यसमेत हुन्।

रुकुम पूर्वमा प्रचण्डको मतदाता भेटघाट, मगर सभ्यता संरक्षण र स्वायत्त क्षेत्र घोषणाको प्रतिबद्धता

0

रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचन लक्षित मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गत रहेको पर्यटकीय स्थल तकसेरा पुगेका छन्।

शनिबार साँझ तकसेरा पुगेका प्रचण्डलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबालिकासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए।

स्वागतपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले रुकुम पूर्व का जनताबाट आफूले नयाँ ऊर्जा प्राप्त गरिरहेको बताएका छन्। उनले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस क्षेत्रलाई क्रान्तिको सुरुआत तथा शान्ति यात्राको ऐतिहासिक भूमि भएको स्मरण गरे।

संविधान निर्माण प्रक्रियामा आफ्नो पहलमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै उनले संविधानको मर्मअनुसार मगर समुदायका क्लस्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्ने योजना रहेको बताएका छन्।

उनले ‘खाम मगर’ सभ्यताको संरक्षण, प्रवर्द्धन तथा विश्वव्यापी ब्रान्डिङमार्फत मगर समुदायको पहिचान सुदृढ गर्नुका साथै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रचण्डले मगर सभ्यताको संरक्षणसँगै क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा समेत योगदान पुग्ने उल्लेख गर्दै आगामी निर्वाचनमा जनताको साथ र समर्थन रहने अपेक्षा व्यक्त गरेका छन्।

टी–२० विश्वकपमा आज नेपाल–वेस्ट इन्डिज भिडन्त

0

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली ले आज वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली सँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोलीबीचको खेल भारतको वानखेडे स्टेडियम मा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू निर्णायक बनेका छन्। प्रतियोगितामा टिकिरहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। लगातार दुई जित हासिल गरिसकेको वेस्ट इन्डिज भने सुपर–८ मा पुग्ने संघारमा रहेको छ। आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा प्रवेश गर्नेछ भने नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिने जोखिममा पर्नेछ।

वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो। उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् को टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा रहेको छ। कप्तान शाइ होप को नेतृत्वमा रहेको टोली शक्तिशाली ब्याटिङका लागि परिचित छ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल माथि विशेष ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। त्यसैगरी अलराउन्डर दीपेन्द्रसिंह ऐरी बाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ। बलिङतर्फ स्पिनर सन्दीप लामिछाने ले निर्णायक भूमिका खेल्ने विश्वास गरिएको छ।

देशभर आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु

0

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज (आइतबार) देखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ।

आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो। यस कार्यक्रममार्फत नागरिकलाई मताधिकारको महत्त्व तथा मतदान प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ।

आयोगका अनुसार उक्त कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। देशभरका ७५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वडामा मतदाता शिक्षा अभियान सञ्चालन गरिनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ।

परिचालित स्वयंसेवकहरूले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमुना मतपत्र प्रयोग गरी निर्वाचनको महत्त्व, मतदान प्रक्रिया र सही तरिकाले मतदान गर्ने विषयमा जानकारी दिनेछन्।

आयोगले प्रभावकारी मतदाता शिक्षाबाट निर्वाचनमा मतदाताको सहभागिता बढ्ने तथा बदर मतको दर घट्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरण गर्न आयोगले आग्रह गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

राप्रपाले फागुन २१ प्रतिनिधि सभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्यो

0

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही मा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन ले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढिरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल भएको दाबी गरे।

अध्यक्ष लिङ्देनले पार्टी मुलुकको आन्तरिक मामलामा कुनैपनि वैदेशिक हस्तक्षेप स्वीकार नगर्ने र राष्ट्रिय सर्वोपरि हितमा समर्पित रहेको बताए। उनले राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व, आर्थिक सङ्कट र नीतिगत भ्रष्टाचारले मुलुक प्रताडित भइरहेको औंल्याए।

सार्वजनिक संकल्प पत्रमा नेपाल बन्द कहिल्यै नगर्ने स्पष्ट घोषणा गरिएको छ। कार्यक्रमका अवसरमा अध्यक्ष लिङ्देनसहित पूर्व अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीकमल थापा ले संकल्प पत्र अनावरण गरेका थिए।

संकल्प पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा समावेश नभए पनि नयाँ शासकीय स्वरूपमा ‘अभिभावकीय संस्थाको रूपमा राजसंस्था’ रहने उल्लेख गरिएको छ। पार्टीले वर्तमान निर्वाचन प्रणालीलाई खर्चिलो र अस्थिर भन्दै व्यापक सुधार र परिवर्तनको माग गरेको छ।

राप्रपाले धर्मनिरपेक्षतालाई खारेज गरी ‘सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ को स्थापनालाई आफ्नो अपरिहार्य एजेन्डा दोहो¥याएको छ।
साथै, पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मान्दै ‘पृथ्वीपथ’ लाई राष्ट्र निर्माणको मौलिक मार्गचित्रको रूपमा अघि बढाइने बताइएको छ।

ओलीले झापा–५ का मतदातालाई विकास, रोजगारी र राष्ट्रिय स्वाभिमान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे

0

काठमाडौंकेपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले, ले झापा–५ का मतदातालाई राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण र नागरिकको जीवनस्तर सुधारमा प्रतिबद्धता व्यक्त गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन्।

शनिबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमार्फत ओलीले विदेशी हस्तक्षेप अन्त्य गर्ने, जनताका खोसिएका अधिकार पुनःस्थापना गर्ने र देशमा देखिएको निराशा हटाएर नागरिकको मनोबल वृद्धि गर्ने योजनाहरू उल्लेख गरेका छन्।

प्रतिज्ञापत्रमा समावेश योजनाहरूमा भ्रष्टाचार र कुशासन अन्त्य, शान्ति सुरक्षा सुदृढीकरण, रोजगारी सिर्जना, युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिम मार्फत स्वरोजगार बनाउने, अर्थतन्त्र चलायमान बनाउने, कृषि र उद्योग क्षेत्रको विकास, खाद्यान्नमा आत्मनिर्भरता, निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग, हुलाकी सडक, दमक–रवि–चिसापानी सडक निर्माण र नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणको लक्ष्य राखिएको छ।

स्थानीय विकास योजनामा दमक बिजिनेस टावर सञ्चालन, बजार आधुनिकीकरण, नदी तटबन्ध, भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण, कृषि उत्पादनको बजारीकरण र स्मार्ट सिटी अवधारणाअनुसार नगर विकास रहेका छन्।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा सेवा सुदृढ गर्ने, दमक अस्पताललाई प्रदेश अस्पतालको स्तरमा उकास्ने, स्थानीय अस्पतालहरूमा सेवा विस्तार गर्ने र आम्दा अस्पताललाई विशेषज्ञ सेवासहित सुविधासम्पन्न बनाउन सहयोग गर्ने प्रतिबद्धता रहेको छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयका जीर्ण भवन हटाई बालमैत्री संरचना निर्माण गर्ने, विषयगत शिक्षक दरबन्दी मिलाउने र सामुदायिक तथा निजी विद्यालयबीच समन्वय गर्दै गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने योजना प्रतिज्ञापत्रमा समावेश गरिएको छ।

त्यसैगरी आयुर्वेद अस्पतालको विस्तार, पर्यटकीय सिमसारको विकास, खेलकुद पूर्वाधार निर्माण, वृक्षारोपणमार्फत आयमूलक कृषि प्रवद्र्धन, आदिवासी रङ्गशालालाई आधुनिक रङ्गशालामा रूपान्तरण गर्ने कार्य पनि प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।

अध्यक्ष ओलीले समग्रमा विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण र राष्ट्रिय स्वाभिमानको संरक्षणलाई प्राथमिकतामा राख्दै मतदातालाई सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।

यसरी ओलीको प्रतिज्ञापत्र झापा–५ क्षेत्रका मतदाताका लागि व्यापक विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने विस्तृत रोडम्यापको रूपमा प्रस्तुत गरिएको छ।

आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि सार्वजनिक गर्ने नेपाली कांग्रेसको तयारी

0

काठमाडौंनेपाली कांग्रेस ले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि फागुन ३ गते सार्वजनिक गर्ने भएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार निर्वाचन आयोग ले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रूपमा सुरु गर्नेछ।

त्यसैगरी फागुन ६ गते जनकपुर मा विशाल आमसभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ। कांग्रेसले निर्वाचनलाई जनतामाझ आफ्नो एजेन्डा प्रस्तुत गर्ने, बहस गर्ने र लोकतान्त्रिक संस्कार सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्दै आएको चालिसेले बताए।

उनले पार्टीले सभ्य, सन्तुलित र तर्कपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता दोहोर्‍याए। पछिल्ला दिनमा केही दल तथा समर्थकबाट आचारसंहिता उल्लंघनका घटना देखिएको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।

चालिसेले कांग्रेसभित्र आन्तरिक एकता क्रमशः सुदृढ हुँदै गएको उल्लेख गर्दै वरिष्ठ नेताहरू निर्वाचन क्षेत्रमा खटिएको जानकारी दिए। पार्टी सभापति गगनकुमार थापा को नेतृत्वमा तयार गरिएको प्रतिज्ञापत्रले समृद्धि, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भविष्यको खाका प्रस्तुत गर्ने दाबी गरिएको छ।

कांग्रेसले यसपटकको प्रतिज्ञापत्रलाई जनताले दैनिक सन्दर्भका रूपमा प्रयोग गर्न सक्ने ‘जिवित दस्तावेज’का रूपमा ल्याउने तयारी गरेको जनाएको छ।

हिंसा र कुशासन गर्ने शक्ति पराजित हुने प्रचण्डको दाबी

0

रुकुम पूर्वपुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनमा देशमा आगजनी, भ्रष्टाचार, कुशासन तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्।

रुकुम पूर्वको चुनबाङ मा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै बङ्गलादेश मा सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गरेका थिए।

उनले विगतमा राज्यका महत्वपूर्ण संरचनाहरूमा आगजनी र हिंसात्मक गतिविधि भएको उल्लेख गर्दै अब त्यस्ता गतिविधि गर्ने शक्ति पराजित हुने र गणतन्त्र तथा परिवर्तनको पक्षमा उभिने शक्तिले विजय हासिल गर्ने दाबी गरे। बङ्गलादेशको उदाहरण उल्लेख गर्दै उनले आगजनी र अस्थिरता फैलाउने पक्षलाई जनताले अस्वीकार गरेको बताए।

प्रचण्डले सामाजिक सञ्जालमा लोकप्रियता देखाएर मात्रै राजनीतिक सफलता प्राप्त नहुने उल्लेख गर्दै जनताले वास्तविक मूल्यांकन गरेर निर्णय गर्ने बताए। साथै आगजनी, कुशासन, दमन र हिंसात्मक गतिविधि गर्ने शक्तिलाई रोल्पा–रुकुम का जनताले राम्रोसँग बुझेको र देशभरका नागरिकले पनि त्यसबारे सचेत हुने विश्वास व्यक्त गरे।

उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भरतपुर मा लागू गरिएको विकास मोडेलको अनुभवलाई आधार बनाएर समाजवाद उन्मुख विकासको नयाँ नमुना निर्माण गर्ने बताए।

सुडानको कोर्डोफान क्षेत्रमा ड्रोन आक्रमण तीव्र, मानवीय सहायता प्रभावित

0

सुडान । सुडानको कोर्डोफान क्षेत्र मा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन्। ती आक्रमणका कारण व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पुगेको बताइएको छ, जसले मानवीय सहायता वितरणलाई प्रभावित बनाएको छ।

दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी प्राप्त भएको छ। यस घटनाले पहिले नै कमजोर अवस्थामा रहेको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब सिर्जना गरेको बताइएको छ।

संयुक्त राष्ट्रसङ्घ का अनुसार उत्तर कोर्डोफान क्षेत्रमा करिब ८०० भन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन्। विस्थापितहरूलाई आश्रय, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा तथा सुरक्षाको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको छ।

मानवीय सहायता छिटो, सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।