Wednesday, June 3, 2026
Homeअर्थ र ब्यापारयस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं, ९ असार: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न सागसब्जी, फलफूल तथा अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। मूल्य निर्धारण उपभोक्ता हित र बजार व्यवस्थापनलाई ध्यानमा राख्दै गरिएको हो।

तरकारीको मूल्य

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, भारतीय गोलभेँडा रु ९०, सानो लोकल गोलभेँडा रु ३५ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा रु ४५ तोकिएको छ।
आलु रातो (नेपाली) रु ४५, भारतीय र मुडे दुबै प्रकारको रातो आलु रु ४०, सेतो आलु रु ३५ मा निर्धारण गरिएको छ।

प्याज (भारतीय) रु ५०, गाजर (लोकल) रु ७० र तराई गाजर रु ५०, बन्दा (लोकल) रु ३०, स्थानीय काउली रु ९०, रातो मूला रु ४५, सेतो मूला (लोकल) रु ३०, हाइब्रिड मूला रु २५ रहेको छ।

भन्टा लाम्चो रु २०, डल्लो भन्टा रु ३०, तने बोडी रु ३५, मटरकोसा रु १८०, घिउ सिमी (लोकल/हाइब्रिड) रु ४०, राजमा रु ११०, टाटे सिमी रु ६०, भटमास कोसा रु १३०, तीतो करेला रु ३५, लौका रु ३०, परबर (लोकल/तराई) रु ३५, चिचिण्डो रु ३०, घिरौला रु ५०, झिगुनी रु ४५, फर्सी पाकेको रु ५०, हरियो फर्सी (लाम्चो) रु ३०, डल्लो फर्सी रु ३५, भिण्डी रु ४५ मा निर्धारण गरिएको छ।

साग तथा जरा वर्गीय उपजहरू
सखरखण्ड रु ७०, पिँडालु रु ९०, स्कूस रु ५५, रायो साग रु ३०, पालुङ्गो साग रु ४०, चमसुुर रु ३५, तोरीको साग रु ३५, हरियो प्याज रु १०० मा बिक्री हुँदैछ।

च्याउ तथा वनस्पतिजन्य उत्पादनहरू

कन्य च्याउ रु १८०, डल्ले च्याउ रु ३००, राजा च्याउ रु ३००, सिताके च्याउ रु ९००, कुरिलो रु ३००, निगुरो रु ३० कायम गरिएको छ।

ब्रोकाउली र चुकुन्दर दुवै रु ८०, सजिवन रु १६०, रातो बन्दा रु ८५, जिरीको साग रु १००, ग्याठकोभी रु ७०, सौफको साग, पुदिना दुवै रु ११० मा उपलब्ध छन्।

फलफूलको थोक दर
स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १५०, कागती रु १४०, अनार रु ३५०, आँप (माल्द) रु ७०, आँप (दशहरी) रु ८०, अङ्गुर (हरियो) रु २५०, अङ्गुर (कालो) रु ३५०, मौसम रु २००, जुनार रु २५०, भुइँकटहर प्रतिगोटा रु १९०, काँक्रो (लोकल) रु ६०, काँक्रो (हाइब्रिड) रु १५, रुखकटहर रु ६०, मेवा (नेपाली) रु ६०, मेवा (भारतीय) रु १००, लिची (लोकल) रु २३० निर्धारण गरिएको छ।

मसला तथा अन्य वस्तुहरू
अदुवा रु ११०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी रु ४०, बुलेट खुर्सानी रु ३०, माछे खुर्सानी रु ६०, अकबरे खुर्सानी रु ३००, भेडे खुर्सानी रु ६०, हरियो धनियाँ रु ६०, लसुन (चाइनिज) रु २००, लसुन (नेपाली) रु १७०, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १२० रहेको छ।

ताजा माछा
ताजा माछामा रहू रु ३३०, बचुवा रु ३२०, छडी रु २४० प्रतिकिलो मूल्य कायम गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका