Thursday, September 10, 2026
Homeअन्तराष्ट्रियभारत र चीनबीचको अरुणाचल प्रदेश विवादमा अमेरिकाको इन्ट्री

भारत र चीनबीचको अरुणाचल प्रदेश विवादमा अमेरिकाको इन्ट्री

काठमाडौं । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले एक पत्रकारले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् ।

वेदान्त पटेलले भने, “संयुक्त राज्यले अरुणाचल प्रदेशलाई भारतको हिस्साको रूपमा मान्यता दिन्छ र हामी वास्तविक नियन्त्रण रेखा (एलओएसी) को पारी आक्रामक वा घुसपैठ, सैन्य वा नागरिक मार्फत क्षेत्रमा आफ्नो दावी बढाउने कुनै पनि एकपक्षीय प्रयासको कडा विरोध गर्दछौं।”

अमेरिकाको यो बयान चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङको हालैको दावी पछि आएको हो, जसमा अरुणाचल प्रदेशलाई चीनको हिस्सा भनिएको थियो ।

उनले यो क्षेत्र भारतले अवैध रुपमा कब्जा गरेको बताए ।

चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत भन्दै आएको छ र भारतीय नेताहरूले त्यहाँ भ्रमण गर्दा बेलाबेलामा आपत्ति जनाउँदै आएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अरुणाचल प्रदेशको भ्रमण गरेपछि चीनले हालै आपत्ति जनाउँदै यस्तो वक्तव्य दिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी मार्च ९ मा एक कार्यक्रममा सहभागी हुन अरुणाचल प्रदेश गएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका