Wednesday, June 3, 2026
Homeदेश र प्रदेशपूर्वमन्त्री रानालाई कोरोना संक्रमण

पूर्वमन्त्री रानालाई कोरोना संक्रमण

२९ पुस, धनगढी । नेकपा एमाले कैलालीका इन्चार्ज एवंम् पूर्ववन तथा वातावरण मन्त्री नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री रानालाई बिहीबार बिहान कोरोना संक्रमण पुुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

रानाका स्वकीय सचिवकमल रानाले स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बिहान परीक्षण गराउँदा संक्रमण पुुष्टि भएको जानकारी दिए । उनकाअनुसार कोरोना देखिएपछि राना अहिले होम आइसोलेसनमा बसेका छन् ।
रानाले आफ्नो सम्पर्कमा रहेकाहरूलाई कोरोना परीक्षण गराउन आग्रह पनि गरेको निजी सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका