Saturday, August 8, 2026
Homeखेलकुदपीएसजी रोकिँदा सिटी शीर्ष स्थानमा

पीएसजी रोकिँदा सिटी शीर्ष स्थानमा

राहिम स्टर्लिङले १२ खेलको गोल खडेरी अन्त्य गर्दा म्यानचेस्टर सिटीले क्लब ब्रगमाथि ४–१ को शानदार जित हासिल गरेको छ । घरेलु मैदानमा सिटीले खेलको १५ औँ मिनेटमा फिल फोडेनको गोलको मद्दतले अग्रता लिएको थियो । तर लगत्तै जोन स्टोन्सले आत्मघाती गोल गरेपछि खेल बराबरी बनेको थियो ।

दोस्रो हाफमा भने सिटीले गोलको वर्षा गर्‍यो । ५४ औँ मिनेटमा रिहाद महारेजले सिटीलाई पुनः अग्रता दिलाए भने ७२ औँ मिनेटमा स्टर्लिङले सिटीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा ग्याब्रियल जिसुसले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । खेलमा जोआ क्यासेलोले तीनवटा गोलको अवसर सिर्जना गरेका थिए ।

जीतसँगै सिटी समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । चार खेलपछि सिटीको ९ अङ्क रहेको छ । उता, दोस्रो स्थानमा रहेको पीएसजी भने आरबी लेइपजीगसँग २–२ को बराबरीमा रोकियो ।

क्रिस्टोफर एनकुनुले लेइपजीगलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । लगत्तै घरेलु टोलीले पेनाल्टी पायो तर आन्द्रे सिल्भा गोल गर्नबाट चुके । यसको फाइदा उठाउँदै जिनी विजनाल्डमले पहिलो हाफमा दुई गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

पीएजसी जीततर्फ अग्रसर बनिरहँदा लेइपजीगले इन्जुरी समयमा अर्को पेनाल्टी पायो । यसपटक डोमिनिक स्जोबोसजलाईले गोल गर्दै पीएसजीलाई जीतबाट वञ्चित गरे । पीएजसीको ८ अङ्क रहेको छ भने लेइपजिगको एक मात्र रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका