Monday, April 20, 2026
Homeकोरोना बिशेषकोरोना उपचारमा इलाम समाज बेलायतको सहयोग

कोरोना उपचारमा इलाम समाज बेलायतको सहयोग

बेलायत : इलाम जिल्लाका कोरोना पीडितको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख ५० हजार बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।

संस्थाकी अध्यक्ष प्रमिला लाबुङ राईका अनुसार इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको निम्ती प्रत्येकलाई दुई, दुई थान अक्सिजन कन्सन्ट्रेटर र दस, दस थान अक्सिमिटर प्रदान गरिने छ ।

जसको निम्ती जम्मा २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाटै पठाइदैछ । हाल एकद्वार प्रणाली रहेता पनि बेलायतको निम्ती नेपालको राजदूतावासको पहलमा बेलायतबाट नेपालसम्म ल्याइने छ ।

काठमाडौंबाट इलामसम्म लगेर नगर तथा गाउँपालिकालाई वितरण गरिने छ । सन् २००९ मा गठित इलाम समाज बेलायतले विपत्तिमा सहयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका