काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो (भारतीय) गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ, सानो (लोकल) ५५ रुपैयाँ तथा सानो (भारतीय र तराई) गोलभेँडा ५० रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो प्रतिकिलो २० रुपैयाँ र भारतीय आलु २२ रुपैयाँ तोकिएको छ भने सुकेको भारतीय प्याज प्रतिकिलो ३४ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, गाँजर (लोकल) ४० रुपैयाँ र तराईको गाँजर १६ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ र तराईको २५ रुपैयाँ, स्थानीय काउली र सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ निर्धारण गरिएको छ। भन्टा लाम्चो ४० रुपैयाँ र डल्लो ५० रुपैयाँमा पाइनेछ।
मटरकोसा ४५ रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ र हाइब्रिड २५ रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ, करेला ४० रुपैयाँ, लौका १५ रुपैयाँ, परवर ६० रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, हरियो फर्सी १२–१५ रुपैयाँ, भिन्डी र बरेला ५० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ, पिँडालु ४५ रुपैयाँ र स्कुस ५० रुपैयाँ कायम गरिएको छ।
सागसब्जीतर्फ रायो ३० रुपैयाँ, पालुङ्गो ७० रुपैयाँ, चमसुर ६० रुपैयाँ, तोरी ३५ रुपैयाँ, मेथी ६० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ तोकिएको छ। च्याउतर्फ कन्य २२० रुपैयाँ, डल्ले ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके ८०० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ।
फलफूलतर्फ स्याउ (झोले) २२० रुपैयाँ र फुजी २५० रुपैयाँ, कागती ३७० रुपैयाँ, केरा दर्जन २०० रुपैयाँ, अनार ४०० रुपैयाँ, हरियो अङ्गुर २२० रुपैयाँ र कालो अङ्गुर ३६० रुपैयाँ निर्धारण गरिएको छ। तरबुजा ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा २२० रुपैयाँ, काँक्रो (लोकल) ४० रुपैयाँ र हाइब्रिड २० रुपैयाँ तथा रुखकटहर ५५ रुपैयाँमा पाइनेछ।


