Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियअनिल अम्बानी समूहका कम्पनीहरूमा ईडीको छापा, ३ हजार करोडको बैंक ऋण ठगी...

अनिल अम्बानी समूहका कम्पनीहरूमा ईडीको छापा, ३ हजार करोडको बैंक ऋण ठगी प्रकरणमा अनुसन्धान

काठमाडौं । समाचार एजेन्सी पीटीआईका अनुसार, भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीबार रिलायन्स अनिल अम्बानी समूहका विभिन्न कम्पनीहरूमा छापा मारेको छ।

यो कारबाही ३ हजार करोड रुपैयाँ बराबरको बैंक ऋण ठगीसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दाअन्तर्गत गरिएको हो। आधिकारिक स्रोतहरूका अनुसार, हाल मुम्बईस्थित अनिल अम्बानी समूहका कम्पनीहरूमाथि अनुसन्धान चलिरहेको छ।

ईडीको कारबाही राष्ट्रिय आवास बैंक, भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (सेबी), राष्ट्रिय वित्तीय प्रतिवेदन प्राधिकरण, बैंक अफ बडोदा तथा सीबीआईले दर्ता गरेका दुईवटा एफआईआरका आधारमा अघि बढाइएको हो।

ईडीको अनुसन्धानका सन्दर्भमा रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरले समाचार संस्था एएनआईलाई जारी गरेको विज्ञप्तिमा भनेका छन्, “रिलायन्स पावर र रिलायन्स इन्फ्रास्ट्रक्चरका व्यावसायिक गतिविधि, वित्तीय प्रदर्शन, शेयरधारक, कर्मचारी वा अन्य कुनै सरोकारवालामा यस कारबाहीको प्रत्यक्ष असर पर्ने छैन।”

त्यस्तै, कम्पनीले पीटीआईलाई दिएको प्रतिक्रियामा भनेको छ, “रिलायन्स कम्युनिकेसन्स लिमिटेड (आरकॉम) र रिलायन्स होम फाइनान्स लिमिटेड (आरएचएफएल)सँग सम्बन्धित भनिएका आरोपहरू दशक पुराना हुन् र अहिले सञ्चारमाध्यममा उल्लेख गरिएका विवरणहरू विगतका गतिविधिहरूसँग मात्र सम्बन्धित छन्।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका