Friday, May 1, 2026
Homeखेलकुद८ नेपाली खेलाडी EU T20 League मा, विदेशी लिगमा नयाँ कीर्तिमान

८ नेपाली खेलाडी EU T20 League मा, विदेशी लिगमा नयाँ कीर्तिमान

काठमाडौं । नेपालका ८ जना क्रिकेट खेलाडी बेल्जियममा आयोजना हुने EU T20 League का लागि विभिन्न टोलीसँग आबद्ध भएका छन्। नेपालको बाहेक एकै पटक यति धेरै नेपाली खेलाडीले विदेशी लिग खेल्न लागेको यो पहिलो पटक हो।

मंगलबार राति बेल्जियमको राजधानी ब्रसेल्स मा सम्पन्न ड्राफ्टबाट ६ खेलाडी छनोट भएका थिए भने यसअघि नै २ खेलाडी टोलीमा अनुबन्ध भइसकेका थिए।

यसअघि सन्दीप लामिछाने लाई लिएज रेड लायन्स र दीपेन्द्रसिंह ऐरी लाई जेबी ब्रुजले टोलीमा समेटिसकेका थिए।

ड्राफ्टमार्फत कप्तान रोहितकुमार पौडेल ग्लेन्ट ग्लाडियटर्समा आबद्ध भए भने विकेटकिपर ब्याटर आसिफ शेख लाई आन्थ्रोप एंकर्सले लिएको छ।

जेबी ब्रुजले दीपेन्द्रसिंह ऐरीसँगै थप चार नेपाली खेलाडी—अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशीईशान पाण्डे—लाई ड्राफ्टबाट टोलीमा समेटेको छ।

टोलीअनुसार नेपाली खेलाडी:

  • आन्थ्रोप एंकर्स – आसिफ शेख
  • ग्लेन्ट ग्लाडियटर्स – रोहितकुमार पौडेल
  • जेबी ब्रुज – दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी, ईशान पाण्डे
  • लिएज रेड लायन्स – सन्दीप लामिछाने

जेबी ब्रुज टोली नेपाल प्रिमियर लिगको जनकपुर बोल्ट्ससँग सम्बन्धित लगानीकर्ता कम्पनी Dream Sports को स्वामित्वमा रहेको छ।

बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता EU T20 League आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ। लिग Belgian Cricket FederationDestiny Legends Sports LLC को सहकार्यमा आयोजना हुन लागेको हो।

लिगमा पाँच फ्रेन्चाइज टोली—आन्थ्रोप एंकर्स, ग्लेन्ट ग्लाडियटर्स, एक्सेल युनाइटेड, जेबी ब्रुज र लिएज रेड लायन्स—ले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा १८ खेलाडी रहने व्यवस्था गरिएको छ।

इंग्ल्यान्डका पूर्व कप्तान इयोन मोर्गन लिगका ग्लोबल ब्रान्ड एम्बेसडर रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका