Homeकोरोना बिशेष२४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण : पाँच जनाको मृत्यु

२४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण : पाँच जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने १५७ जना डिस्चार्ज भएका छन् ।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका