Tuesday, May 20, 2025
Homeअपराध र घटना१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख जरिवाना

१ हजार भ्रष्टाचार गर्नेलाई १ करोड २० लाख जरिवाना

काठमाडौं: संसारका केही देशहरूमा भ्रष्टाचारप्रति पूर्ण शून्य सहनशीलता नीति लागू गरिएको छ। जापान पनि त्यस्ता मुलुकहरूमध्ये एक हो, जहाँ सानो भ्रष्टाचारले पनि ठूलो मूल्य चुकाउनुपर्छ।

यस्तै एउटा घटना हालै जापानमा घट्यो, जसले सिस्टममा भ्रष्टाचार गर्नेलाई कडा सन्देश दिएको छ। एएफपी समाचार एजेन्सीका अनुसार, क्योटो शहरका एक बस चालकले जम्मा १ हजार जापानी येन (करीब ९७० नेपाली रूपैयाँ) व्यक्तिगत रूपमा राखेको आरोप लागेपछि उनलाई १ करोड २० लाख जापानी येन (करीब १ करोड १६ लाख नेपाली रूपैयाँ) बराबरको पेन्सन गुमाउनुपर्‍यो।

उक्त चालकले सन् १९९३ देखि २९ वर्षसम्म इमान्दारीपूर्वक बस चलाएका थिए। तर सन् २०२२ मा ५८ वर्षको उमेरमा, उनले यात्रुबाट प्राप्त भएको १ हजार येनको भाडा मेसिनमा हाल्नुको सट्टा आफ्नै खल्तीमा राखेका थिए, जुन बसमा जडित क्यामेराले रेकर्ड गर्‍यो। त्यतिबेला बसमा ५ जना यात्रु सवार थिए र कुल १,१५० येन तिरेका थिए।

प्रारम्भमा चालकले आरोप अस्वीकार गरे पनि भिडियो प्रमाणपछि उनी दोषी ठहरिए। त्यसपछि उनलाई जागिरबाट बर्खास्त गरियो र जीवनभरको पेन्सनसमेत खोसियो। उनले यो निर्णयविरुद्ध मुद्दा दायर गरे, जसमा तल्लो अदालतले उनीप्रति सहानुभूति देखाउँदै सजाय अत्यधिक भएको ठहर गर्‍यो।

तर पछि जापानको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्ट्याउँदै क्योटो शहरको निर्णयलाई सदर गर्‍यो। सर्वोच्च अदालतको भनाइ थियो, “यस किसिमका कार्यहरूले सार्वजनिक सेवा प्रणालीको भरोसा गुमाउँछ।”

यो घटनालाई लिएर सामाजिक सञ्जालमा मतविभाजन देखिएको छ। केहीले टिप्पणी गरेका छन्, “उनले गरेको गल्ती सानो थियो, सजाय भने अत्यधिक भयो। २९ वर्षको इमान्दारितालाई पनि ध्यानमा राखिनुपर्थ्यो।” तर अर्कातर्फ कतिपयले भनेका छन्, “यो भ्रष्टाचारको सुरुआत हो। चाहे सानो होस् या ठूलो, यस्ता गतिविधि सुरुदेखि नै रोकिनुपर्छ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका