Friday, April 17, 2026
Homeस्वास्थ्य र जीवनशैलीस्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशक वाजेदबीच वार्ता

स्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशक वाजेदबीच वार्ता

काठमाडौं, असार १३: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) मा नेपालले प्रस्ताव गर्न लागेको श्रमिक स्वास्थ्यसम्बन्धी एजेण्डालाई प्रभावकारी बनाउन संगठनसँग सम्वाद र समन्वय तीव्र बनाएका छन्।

थाइल्याण्डको बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा आयोजित क्षेत्रीय बैठकका क्रममा मन्त्री पौडेलले डब्लुएचओकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा. साइमा वाजेदसँग भेट गर्दै, नेपाली श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई अन्तर्राष्ट्रिय एजेण्डा बनाउने प्रयासमा सहयोग र समर्थन जुटाउने विषयमा छलफल गरे।

“हाम्रा धेरै श्रमिक विदेशमा रोजगारीमा छन्। उनीहरूको स्वास्थ्य समस्या आज हाम्रो साझा चिन्ता बनेको छ,” मन्त्री पौडेलले भने, “सबै श्रमिक राष्ट्रहरूको साझा समस्याका रूपमा यसलाई उठाउन गम्भीर गृहकार्य आवश्यक छ।”

डब्लुएचओको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले आगामी महासभामा “श्रमिकहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी रोजगारदाताले लिनुपर्छ” भन्ने प्रस्ताव पेश गर्ने तयारी गरिरहेको छ। यस प्रस्तावलाई अन्तर्राष्ट्रिय समर्थन दिलाउन नेपालले कूटनीतिक पहलहरू तीव्र बनाएको हो।

छलफलको क्रममा क्षेत्रीय निर्देशक वाजेदले नेपाली प्रस्तावले महत्त्वपूर्ण एजेण्डा उठाएको बताउँदै यसमा सहयोग र समन्वय गर्न डब्लुएचओ सधैं तत्पर रहने प्रतिबद्धता जनाइन्।

यही सन्दर्भमा, मन्त्री पौडेलले हालै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र नियमित भर्चुअल स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी पनि दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका