काठमाडौँ: स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए ।
जहाँ हालैको बाढीले ठुलो क्षति पुर्याएको छ । मङ्गलबार राति र बुधबार बिहानैदेखि आइसोलेटेड डिप्रेसन एट हाई लेभलबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले यी क्षेत्रहरूलाई नराम्ररी प्रभावित गरेको छ ।
-स्न्ह्विा/न्युज एजेन्सी नेपाल


