Wednesday, June 3, 2026
Homeअर्थ र ब्यापारसुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो

सुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो

सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  ।

शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका