Friday, April 17, 2026
Homeराजनीतिसुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त

धनगढी:सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी पदबाट बर्खास्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए। तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट गत जेठ ४ गते मन्त्री नियुक्त भएका चौधरीले राजीनामा दिन अस्वीकार गर्दै अटेरी देखाएपछि उनलाई पदबाट हटाइएको हो।

कृषि मन्त्री रहेका बेला अनुदानमा पावर टिलर वितरण गर्ने नाममा किसानहरूसँग रकम असुल गर्ने समूहसँग चौधरीको नाम जोडिँदै आएको थियो। सोही प्रकरणमा संलग्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की सुशीला खड्कासहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

चौधरीलाई बर्खास्त गरेसँगै मुख्यमन्त्री शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका