Wednesday, February 12, 2025
Homeकला/साहित्य'सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !'

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार !
तेरो पानीजहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट- सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

-प्रस्तुत कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका