Wednesday, May 21, 2025
Homeराजनीतिसरकारसँग संसदको सामना गर्ने आँट छैनः माधव नेपाल

सरकारसँग संसदको सामना गर्ने आँट छैनः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई संसदको सामना गर्ने साहस नभएको आरोप लगाएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार समस्याको समाधानका लागि संसदमा छलफल र बहस गर्नबाट पछि हटेको टिप्पणी गरे।

अध्यक्ष नेपालले सरकार एकदलीय शासनतर्फ उन्मुख भइरहेको गम्भीर आरोप लगाउँदै अहिलेको शासन शैलीले सबैलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोजेको धारणा व्यक्त गरे।

उनले संसदलाई छलेर अध्यादेश ल्याउने सरकारको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अलोकतान्त्रिक कदमको संज्ञा दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका