Friday, May 15, 2026
Homeराजनीतिसंघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान विराटनगरमा

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान विराटनगरमा

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले आफ्नो उद्देश्य, आवश्यकता र औचित्यबारे जनस्तरमा जानकारी दिन विराटनगरमा जनजागरण अभियान आयोजना गर्न लागेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा सोमबार विराटनगरको अतिथि सदनमा हुने कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपा प्रचार–प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

मोर्चाले भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा पनि जनजागरण अभियान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका