Friday, July 3, 2026
Homeअन्तराष्ट्रियविमान दुर्घटनामा पूर्व मेटल ब्यान्ड ड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका

विमान दुर्घटनामा पूर्व मेटल ब्यान्ड ड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका

काठमाडौं: अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एक निजी विमान दुर्घटनाग्रस्त हुँदा प्रसिद्ध संगीत एजेन्ट डेभ शापिरोको ज्यान गएको छ।

शापिरो ‘साउन्ड ट्यालेन्ट ग्रुप’ का सह-संस्थापक थिए र ‘सम ४१’, ‘स्टोरी अफ द इयर’ र ‘पियर्स द भिल’ जस्ता चर्चित रक ब्यान्डहरूसँग आबद्ध थिए।

दुर्घटनामा मेटल ब्यान्ड ‘द डेभिल वियर्स प्राडा’ का पूर्व ड्रमर डेनियल विलियम्सको पनि मृत्यु भएको आशंका गरिएको छ। मिडिया रिपोर्टअनुसार, उनले उडान अघि सामाजिक सञ्जालमार्फत विमानको फोटो पोस्ट गरेका थिए।

विमान दुर्घटनाले सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा रहेको एक घर पूर्णरूपमा ध्वस्त बनाएको छ भने वरपरका करिब दसवटा भवनमा क्षति पुगेको छ। सडकमा जलेका गाडीहरू र तिनीहरूको भग्नावशेष छरिएका छन्। दुर्घटनामा अन्य आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

साउन्ड ट्यालेन्ट ग्रुपले बीबीसीलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रा सह-संस्थापक, सहकर्मी र साथीको निधनले हामी गहिरो शोकमा छौं। पीडित परिवारहरू र यस घटनाबाट प्रभावित सबैप्रति हाम्रो समवेदना छ।”

उड्डयन कम्पनीले दुर्घटनामा आफ्ना तीन कर्मचारीको मृत्यु भएको पुष्टि गर्दै शापिरो पनि तिनैमध्ये एक रहेको जनाएको छ। यद्यपि, अन्य मृतकहरूको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन।

सान डिएगोका अधिकारीहरूले हालसम्म दुई जनाको मृत्यु पुष्टि गरेका छन्। उता, दुर्घटनाको अनुसन्धान गरिरहेको अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) ले मृतकको कुल संख्या यकिन भइनसकेको बताएको छ। अधिकारीहरूले हालसम्म कसैको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका