Saturday, January 18, 2025
Homeराजनीतिवर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन

वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित जलपान कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले संसद् नियमित रूपमा नबोलाई अध्यादेशमार्फत शासन चलाउनुले सरकारको सर्वसत्तावादी प्रवृत्ति प्रष्ट भएको बताए।

अध्यक्ष लिङ्देनले देशलाई अध्यादेशको बाटोमा धकेल्ने सरकारको नियत स्पष्ट भएको धारणा राख्दै बहुदलीय व्यवस्था र प्रजातन्त्रलाई कमजोर पार्न खोजिएको आरोप लगाए। उनले सरकारका गलत प्रवृत्तिहरूविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरे।

त्यसैगरी, उनले राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिनुलाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै आगामी वर्ष सरकार आफैँले यो दिवस मनाउनुपर्ने सुझावसमेत दिए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न मन्त्री, दलका नेताकार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका