Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीलहानमा पाँच सय शय्याको मुटु तथा मधुमेह अस्पताल निर्माण हुँदै

लहानमा पाँच सय शय्याको मुटु तथा मधुमेह अस्पताल निर्माण हुँदै

सिरहा: लहान नगरपालिका–४ मा पाँच सय शय्याको अत्याधुनिक मुटु तथा मधुमेह अस्पताल निर्माण हुने भएको छ। नेपाल हृदय रोग निवारण सङ्घको पहलमा जर्मनीका दुई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था— ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ को रु दुई अर्ब सहयोगमा अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको हो।

अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा. सञ्जयप्रसाद साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा निर्माण हुने अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। “आगामी पाँच वर्षभित्र अस्पतालको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ,” उहाँले बताउनुभयो।

हाल नगरपालिकाले प्रदान गरेको सार्वजनिक जग्गामा अस्थायी रूपमा दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेदेखि ओपीडी सेवा सुरु गरिएको छ, जसको औपचारिक उद्घाटन सोमबार सम्पन्न भएको छ। लहान नगरप्रमुख महेशप्रसाद चौधरी र विश्वप्रसिद्ध मुटु शल्यचिकित्सक डा. कुमुद धितालले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले लहानमा ‘कार्डियो र डायबेटिक सेन्टर’ सञ्चालनमा आउनु लहानका बासिन्दाका लागि गौरवको विषय भएको बताउँदै, अस्पताल सञ्चालनपछि उपचारका लागि धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका