काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति भंग भएको छ ।
रास्वपा स्रोतका अनुसार कुलमान पक्षले पार्टी एकताका क्रममा वरिष्ठ उपसभापतिको पदसँगै पार्टीको नाम परिवर्तनको प्रस्ताव गरेपछि सहमति टिक्न नसकेको हो । उक्त प्रस्तावलाई लिएर दुवै पक्षबीच सहमति जुट्न नसकेपछि एकता प्रक्रिया रोकिएको बताइएको छ ।
यस विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) समेत सहभागी भएका पछिल्ला छलफलहरू पनि निष्कर्षविहीन भएका छन् । लगातारको वार्तापछि पनि साझा बिन्दुमा पुग्न नसक्दा अन्ततः एकता सहमति भंग भएको रास्वपा स्रोतले जनाएको छ ।


