Wednesday, May 21, 2025
Homeसामाचारराराको सतह घटेको आशंका

राराको सतह घटेको आशंका

रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’

समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्छन् । पर्याप्त हिमपात नहुँदा ती खोलानाला सुकेका छन् । मुर्माका ६५ वर्षीय जुद्ध रोकायाले राराको किनार पनि पहिलेभन्दा तल गएको बताए ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका