Monday, May 25, 2026
Homeअन्तराष्ट्रियराजा बनेपछि सकारात्मक परिवर्तन ल्याउने युवराज विलियमको भनाइ

राजा बनेपछि सकारात्मक परिवर्तन ल्याउने युवराज विलियमको भनाइ

लण्डन । वेल्सका युवराज विलियमले आफू राजा बनेपछि बेलायती राजतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन्। एप्पल टिभी प्लस शो ‘द रिलक्टेन्ट ट्राभलर’ का लागि अभिनेता युजिन लेभीसँगको अन्तर्वार्तामा उनले यस्तो विचार व्यक्त गरेका हुन्।

राजदरबार स्रोतले विलियमको यो भनाइ अहिलेसम्मकै सबैभन्दा खुला भएको जनाएको छ। आफ्नो भविष्यको भूमिकाबारे सोधिएको प्रश्नमा उनले भने, “परिवर्तन मेरो एजेन्डामा छ भन्नु सुरक्षित हुन्छ। राम्रोको लागि परिवर्तन, र म त्यसलाई अँगाल्छु, मलाई त्यो परिवर्तन मन पर्छ। म डराउँदिनँ, परिवर्तन ल्याउने विचारले मलाई उत्साहित बनाउँछ।”

उनले यो परिवर्तन ‘अत्यधिक कट्टरपन्थी’ नहुने तर आवश्यक हुने स्पष्ट पारे। विन्डसर क्यासलको भ्रमण गराउँदै गर्दा उनले परम्पराको महत्त्वमा जोड दिए तर राजतन्त्रलाई सान्दर्भिक राख्न प्रश्न सोध्न नडराउने बताए। उनका अनुसार, “परम्परालाई हेरेर यो आजको लागि पनि उपयुक्त छ कि छैन भन्ने प्रश्न गर्न मलाई मन पर्छ।”

युवराज विलियमले भाइ ह्यारीको सन्दर्भ उल्लेख गर्दै, आफ्ना आमाबुवाले झेलेको जस्तो तीव्र छानबिनको अवस्थामा फर्कन नपरोस् भन्ने आशा व्यक्त गरे। साथै उनले आफ्नी पत्नी र बुबाले गत वर्ष सबै कुरालाई राम्ररी सम्हालेकोमा गर्व व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका