Monday, February 17, 2025
Homeसामाचारमोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उहाँको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उहाँका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिनुभयो ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उहाँ लामो सयमदेखि रक्तचापको औषधि खाइरहनु भएको थियो ।

उहाँ नेकपा एमाले को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका तीन छोरा र श्रीमती हुनुहुन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका