काठमाडौं: मानव तस्करीको आरोपमा पक्राउ परेका एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो।
उनलाई आइतबार नै विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। काठमाडौं ल्याएलगत्तै प्रहरीले अधिकारीलाई म्याद थपको लागि अदालतमा पेश गरेको थियो।


