काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल लाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ।
सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी कसुरमा पक्राउ परेका उनीहरूविरुद्ध अनुसन्धानका लागि विशेष अदालत ले उक्त अनुमति दिएको हो।
बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले उनीहरूलाई थप हिरासतमा राख्ने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण विभाग ले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सँगको समन्वयमा भट्टलाई चैत १९ गते र शंकर ग्रुपसँग आबद्ध अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो।



