Friday, February 7, 2025
Homeअन्तराष्ट्रियभारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

काठमाडौं: भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध केरला औषधि नियन्त्रण विभागले पक्राउ पूर्जी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, औषधि ऐन उल्लङ्घन गरेको आरोपमा केरला औषधि नियन्त्रण विभागले उनीहरूमाथि मुद्दा दायर गरेको छ। आरोपअनुसार, औषधि र जादुमय उपचारसम्बन्धी अपत्तिजनक विज्ञापन ऐन, १९५४ को उल्लङ्घन गरिएको छ।

यो ऐनले औषधि वा उपचारका चामत्कारिक लाभका भ्रामक दाबी गर्न प्रतिबन्ध लगाउँछ। अदालतले रामदेवलाई पेशीमा उपस्थित हुन निर्देशन दिए पनि उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो।

सार्वजनिक स्वास्थ्यसँग जोडिएका यस्ता ठूला संस्थाहरूको गतिविधिलाई गम्भीर रूपमा लिएर अदालतले मुद्दा अघि बढाएको छ। पतञ्जली आयुर्वेदका मुख्य अनुहारका रूपमा बाबा रामदेव र आचार्य बालकृष्णले उत्पादन प्रचारमा देखाएको जिम्मेवारीबारे यो मुद्दाले थप प्रश्न उठाएको छ।

यस कानुनी प्रक्रियाले स्वास्थ्यसम्बन्धी उत्पादनहरूको प्रचारप्रति निगरानी कडा बनाउने र उल्लङ्घनको कार्यान्वयनमा थप प्रभावकारी उपायहरू ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका