Friday, September 18, 2026
Homeराजनीतिबेलायतमा भीषण गर्मीको कहर : दुई महिनामै २,७०० जनाको मृत्यु

बेलायतमा भीषण गर्मीको कहर : दुई महिनामै २,७०० जनाको मृत्यु

एजेन्सी। मे र जुन महिनामा बेलायतको इङ्ग्ल्याण्ड र वेल्समा आएको दुई चरणको भीषण गर्मी (हीटवेभ) का कारण करिब २,७०० जनाको मृत्यु भएको एक अध्ययनले देखाएको छ।

यो अध्ययन इम्पेरियल कलेज लन्डन, मेट अफिसलन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन ले संयुक्त रूपमा गरेका हुन्।

अनुसन्धानअनुसार अत्यधिक तापक्रमका कारण प्रत्यक्ष तथा गर्मीसँग सम्बन्धित स्वास्थ्य जटिलताबाट यी मृत्यु भएका हुन्। अध्ययनले मानव गतिविधिबाट उत्पन्न जलवायु परिवर्तन ले गर्मीका लहरलाई अझ तीव्र र घातक बनाएको निष्कर्ष निकालेको छ।

इम्पेरियल कलेज लन्डनकी जलवायु तथा मौसम अनुसन्धानकर्ता क्लेयर बान्र्स ले बेलायत अहिले खतरनाक स्तरको गर्मीको सामना गरिरहेको बताइन्। उनका अनुसार अहिलेको तापक्रम वृद्धवृद्धा वा दीर्घरोगीका लागि मात्र होइन, स्वस्थ व्यक्तिहरूका लागि पनि गम्भीर स्वास्थ्य जोखिमको विषय बनेको छ।

अनुसन्धानकर्ताहरूले जलवायु परिवर्तनका प्रभाव बढ्दै जाँदा यस्ता चरम गर्मीका घटना अझ बारम्बार र घातक बन्न सक्ने चेतावनी दिएका छन्। (सीसीटीभीप्लस)

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका