Friday, June 26, 2026
Homeअर्थ र ब्यापारबढ्यो अण्डाको मूल्य

बढ्यो अण्डाको मूल्य

चितवन: सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य वृद्धि गरिएको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले लागत वृद्धि र बढ्दो मागलाई ध्यानमा राख्दै मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार, मध्यम अण्डा प्रतिक्रेट (३० वटा) रु ३९०, ठूलो अण्डा रु ४१०, र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु ४२५ कायम गरिएको छ। यसअघि मध्यम अण्डाको मूल्य रु ३५०, ठूलो अण्डा रु ३७०, र एक्स–एल अण्डा रु ३८५ थियो। यो मूल्य फार्मस्तरको हो।

अध्यक्ष पोखरेलका अनुसार अण्डाको माग बढ्नुका साथै उत्पादन लागतमा वृद्धि भएकाले मूल्य समायोजन गर्नुपरेको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका