Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियबंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किदो: ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किदो: ३५ जनाको मृत्यु, देशभर कर्फ्यु

काठमाडौं : बंगलादेशमा आरक्षण विरोधी आन्दोलन हिंसामा बद्लिदै गएपछि सरकारले देशभर कर्फ्यु घोषणा गरेको छ ।

सो आन्दोलनमा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिर दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ । तर यो आन्दोलनले अहिले हिंसामा बद्लिएको छ।

राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका