Sunday, June 7, 2026
Homeअपराध र घटनापत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं:जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार बयान तथा थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश दिएको हो।

पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि साइबर ब्युरोको प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

साइबर ब्युरोमा दर्ता गरिएका उजुरीअनुसार, पाठकले सामाजिक सञ्जालमा प्रकाशित सामग्रीमार्फत एक व्यक्तिको तस्बिर प्रयोग गर्दै पाँचतारे होटलसँग राजनीतिक व्यक्तित्वलाई जोडेर बदनियतपूर्ण आशयबाट घृणा र चरित्र हत्या भएको उजुरी परेको थियो।

उनीविरुद्ध ऐनअनुसार अधिकतम एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय मागदाबी गरिएको थियो।

पाठक बिहीबार बिहान स्वयं अदालतमा उपस्थित भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका