Thursday, December 11, 2025
Homeसुन्दर नेपालनोभेम्बरमा १ लाख १६ हजारभन्दा बढी पर्यटक आगमन, भारत शीर्ष स्रोत देश

नोभेम्बरमा १ लाख १६ हजारभन्दा बढी पर्यटक आगमन, भारत शीर्ष स्रोत देश

काठमाडौँ — सन् २०२५ को नोभेम्बर महिनामा नेपालमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकमा यस महिनामा पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि भएको देखाइएको छ।

सबैभन्दा धेरै पर्यटक भारतबाट १८,९९५ जना आएका छन्। त्यसपछि क्रमशः

संयुक्त राज्य अमेरिका — ११,२५४

चीन — ७,८७१

बेलायत — ७,१८९

बंगलादेश — ५,६५३

अष्ट्रेलिया — ५,३९३

श्रीलंका — ४,८३१

म्यानमार — ४,४८४

फ्रान्स — ४,२११

जर्मनी — ४,१३४
पर्यटक नेपाल आएका छन्।

क्षेत्रगत हिसाबले हेर्दा—

दक्षिण एशिया — ३०,८७०

एसियाका अन्य मुलुक — २८,६१३

युरोप — ५,८९१

अमेरिका — १३,६७८

मध्यपूर्व — १,८०२

अफ्रिका — ४१२

अन्य मुलुक — ६,२६९
पर्यटक आएका छन्।

सन् २०२५ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक नेपाल प्रवेश गरेका छन्।
अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ पर्यटक भित्रिएका थिए, जुन मुख्य पर्यटकीय याम मानिन्छ।
सेप्टेम्बरमा ७८ हजार र अगस्टमा ८८ हजार ६८० पर्यटक आएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका