Monday, April 20, 2026
Homeप्रवासनेपाली जनप्रगतिशिल मञ्च बहराइनद्वारा एमसीसीको विरोध (ज्ञापनपत्रसहित)

नेपाली जनप्रगतिशिल मञ्च बहराइनद्वारा एमसीसीको विरोध (ज्ञापनपत्रसहित)

नेपाली जनप्रगतिशिल मञ्च बहराइनले एमसीसीको विरोध गरेको छ । मञ्चका अध्यक्ष युवराज केसी लगायतले बहराइनका लागि नेपाली कार्यबाहक राजदूतलाई ज्ञापनपत्र बुझाउँदै एमसिसीका अपमानजनक शर्तहरु खारेज गर्न माग गरेका छन् ।

‘हामी नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसिसी सम्झौताको जोडदार बिरोध गर्न चाहान्छौँ ।  किनभने यो सम्झौता नेपालको स्वतन्त्र सार्वभौमसत्ता र स्वाभिमानको विरुद्ध छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘एमसिसीसँग जोडिएका शर्तहरु नहटाएसम्म सम्झौताको बहिष्कार गरिनु पर्छ भन्ने हाम्रो मान्यतामा दृढ भएको जानकारी यस ज्ञापन पत्र मार्फत गराउन चाहान्छौँ ।’

आफूहरु अमेरिकी सहयोगको विरुद्धमा नभएपनि शर्तबद्ध भएर गरिने कुनै पनि सहायता नेपालको हितमा हुँदैन भन्नेमा सजग रहेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय  र परराष्ट्र मन्त्रालयलाई समेत गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका