Friday, July 3, 2026
Homeराजनीतिनेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान देउवा निवासमा बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान देउवा निवासमा बस्दै

काठमाडौं: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी हालसम्मको प्रगतिबारे विस्तृत छलफल हुने छ। उक्त विषयमा महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समिति पदाधिकारीहरूलाई जानकारी गराउनेछ।

साथै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग सम्बन्धित अध्यागमन विभागसम्बन्धी पछिल्लो विवादबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका