Thursday, December 11, 2025
Homeप्रवासअमेरिकानेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

नेपाली अर्गानिक चियाको अमेरिकी बजारमा माग बढ्दो

अमेरिकाको न्यूयोर्कमा आयोजित १५ औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीहरुले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली टि र नेपाली कफी ८८४८ नामका कम्पनीहरुको चिया ग्राहकहरुले स्वाद लिन पाएका थिए । नेपालको न्युयोर्कस्थित कन्सुलेट जनरलको कार्यालयले महोत्सवमा भाग लिनका लागि समन्वय गरेको थियो ।

कार्यवाहक कन्सुलर जनरल विष्णु गौतमले प्रदर्शनीमा सहभागिताले नेपालको पहाडी भेगमा उत्पादित चिया तथा कफीले अन्तर्राष्ट्रिय बजारको पहुँच वृद्धि गर्न मद्दत गर्ने बताए । “चिया तथा कफीका लागि अन्तर्राष्ट्रिय बजार निकै प्रतिस्पर्धी छ, त्यसका लागि नेपालमा यस व्यवसायमा लाग्नुभएका व्यवसायीहरुले अर्गानिक उत्पादनमा ध्यान दिन जरुरी देखिन्छ ।”

अमेरिकामा विगत छ वर्षदेखि नेपालमा उत्पादित चियाको प्रवद्र्धन तथा बजार व्यवस्थापन गर्दै आएका नेपाल टि एलएलसीका संस्थापक निश्चल बाँस्कोटाले महोत्सवमा सहभागिता जनाएर नेपाली चियाको प्रवद्र्धनमा मद्दत पुगेको बताए । अमेरिकाका विभिन्न राज्यमा आयोजना हुने चिया तथा कफीसम्बन्धी प्रदर्शनीहरूमा समेत सहभागिता जनाउँदै आएका बाँस्कोटाले नेपालको अर्गानिक चियाको राम्रो बजार भएको र यसमा उपभोक्ताको माग बढ्दै गएको बताए ।

“हामीले अमेरिकाको बजारमा नेपालका कृषकहरुले उत्पादन गरेका अर्गानिक चियालाई सिधै उपभोक्तासम्म पुर्याउनका लागि पहल गरिरहेका छौँ”, उनले भने, “विश्व बजारमा चियामा उच्च प्रतिस्पर्धा छ तर नेपाली माटोको चियाले अन्तर्राष्ट्रिय अवार्डसमेत पाएकाले उपभोक्ता माझ पुर्याउन सहज महसुस गरेका छौँ ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका