Friday, February 7, 2025
Homeअन्तराष्ट्रियदक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ

काठमाडौँ: दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल बुधबार बिहान सउलस्थित निवासबाट पक्राउ परेका छन्। बिबिसीका अनुसार उनलाई भ्रष्टाचार र विद्रोहसम्बन्धी आरोपमा विशेष छानबिन टोलीले नियन्त्रणमा लिएको हो।

यसअघि पनि युनलाई पक्राउ गर्न प्रयास गरिए पनि कानुनी प्रक्रियामा बाधा परेका कारण सफलता मिलेको थिएन। पछिल्लो पटक अदालतले पक्राउ वारेन्टको अवधि विस्तार गरेपछि भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएका हुन्।

युन सुक योलमाथि गत डिसेम्बरमा सैन्य शासन लागू गर्न खोजेको र विद्रोह गरेको आरोप लगाइएको छ। युनको नेतृत्वमा भएको सम्भावित सत्ता कब्जाको प्रयासको व्यापक आलोचना भइरहेको थियो।

युनलाई पक्राउ गर्न प्रहरीले व्यापक तयारी गरेको थियो। सउलस्थित उनको निवासबाहिर समर्थक र विरोधीहरूको ठूलो भीड जम्मा भएको थियो। भीडलाई नियन्त्रण गर्न एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। समर्थकहरूले यो कदमलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै विरोध गरेका छन् भने विरोधीहरूले यसलाई ‘कानूनी न्यायको विजय’ भनेका छन्।

युन सुक योललाई पदबाट हटाउने विषयमा संसदमा महाभियोग प्रक्रिया अघि बढाइएको छ। कानुन व्यवसायीहरूले यस प्रकारको धरपकडलाई दक्षिण कोरियाली जनताको लोकतान्त्रिक मण्डेटमाथिको विश्वासघात भन्दै आलोचना गरेका छन्।

दक्षिण कोरियामा पछिल्ला वर्षहरूमा उच्चस्तरीय नेताहरूले भ्रष्टाचार र शक्ति दुरुपयोगका मुद्दाहरूमा जेल सजाय भोग्नुपरेको इतिहास छ। युन सुक योलको गिरफ्तारीले देशमा राजनीतिक अस्थिरता थप गहिर्याउने अनुमान गरिएको छ।

युनमाथि सैन्य शासन लागू गर्ने प्रयास, भ्रष्टाचार, र सार्वजनिक सम्पत्तिको दुरुपयोगका गम्भीर आरोप लगाइएको छ। यदि उनी दोषी ठहरिए, उनीमाथि लामो जेल सजायको सामना गर्नुपर्नेछ। तर समर्थकहरूले यो पक्राउलाई राजनीतिक प्रतिस्पर्धाको प्रतिफल भनेका छन्।

यो गिरफ्तारीसँगै दक्षिण कोरियाको राजनीतिक परिदृश्यमा गहिरो प्रभाव पर्न सक्ने विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका