Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियदक्षिण कोरियाका चर्चित अभिनेता पार्कको ३२ वर्षको उमेरमा निधन

दक्षिण कोरियाका चर्चित अभिनेता पार्कको ३२ वर्षको उमेरमा निधन

सोल, दक्षिण कोरिया:  चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ। ३२ वर्षीय पार्कको मृत्यु कार्डियक अरेस्टका कारण भएको जानकारी प्राप्त भएको छ।

कोरियाली सञ्चार माध्यमका अनुसार, पार्क मीन जे चीनमा बिदा मनाउन गएका थिए र त्यहीँ उनको निधन भएको बताइएको छ।

उनको परिवार र एजेन्सीले सामाजिक सञ्जालमार्फत दुखद समाचार सार्वजनिक गरेका छन्। उनका अंतिम संस्कारको प्रक्रिया इवाह सोल अस्पतालमा नोभेम्बर ४ मा गरिनेछ।

पार्क मीन जेले कोरियाली ड्रामा फिल्म र सिरिजमा उल्लेखनीय काम गरेका थिए। उनी विशेष गरी कोरियाली ड्रामा सिरिज ‘आइडल: द कूप’का लागि चर्चित थिए। यसका अतिरिक्त उनले ‘लिटल वुमन’, ‘नम्बर्स’, ‘कोरियन–खितन वार’, र ‘कल इट लभ’ जस्ता चर्चित ड्रामा श्रृंखलामा पनि भूमिका निर्वाह गरेका छन्।

उनले हालै ‘स्न्याप एन्ड स्पार्क’ नामक ड्रामामा पनि अभिनय गरेका थिए।

पार्क मीन जेको असामयिक निधनले कोरियाली मनोरञ्जन उद्योगलाई ठूलो धक्का पुर्‍याएको छ, र उनका प्रशंसक र साथी कलाकारहरूले उनको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्दैछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका