Thursday, June 4, 2026
Homeस्वास्थ्य र जीवनशैलीथप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

थप २३५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप २३५ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गराएका ९ हजार ८४ नमूनामा सो संख्यामा संक्रमण देखिएको हो।

७ हजार ८८५ नमूनाको पीसीआर  र ११ सय ९९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट २२४ र एन्टीजेनबाट ११ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार शुक्रबार कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ। यस्तै शुक्रबार थप २१२ जना डिस्चार्ज भएका छन्।

२४ जनाको भेन्टिलेटरमा र ८९ जनाको आइसीयूमा उपचार भइरहेको छ। यस्तै, २२८ जना संस्थागत आइसोलेसनमा र ४ हजार ६५१ जनाको होम आइसोलेसनमा  रहेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा ४८ सय ७९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घन्टामा १ लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका