Sunday, April 12, 2026
Homeराजनीतितीन संसदीय समितिका बैठक आज: बैंक, हवाई सेवा र सामाजिक विषयमा छलफल

तीन संसदीय समितिका बैठक आज: बैंक, हवाई सेवा र सामाजिक विषयमा छलफल

काठमाडौं, १९ असार: आज प्रतिनिधिसभाका तीनवटा संसदीय समितिहरूका बैठकहरू बस्ने कार्यक्रम रहेको छ। अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, र महिला तथा सामाजिक मामिला समितिका बैठकहरू बिहान ११ बजेका लागि बोलाइएको छ।

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग विस्तृत छलफल गरिनेछ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का सन्दर्भमा विषय विशेषज्ञहरूद्वारा प्रस्तुति दिइनेछ र त्यसपछिको छलफल गरिनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने विविध समसामयिक विषयमा विचारविमर्श हुने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका